- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरवडास्तरका विपन्नलाई राहत

वडास्तरका विपन्नलाई राहत

- Advertisement -spot_img

सल्यान, २४ चैत्र ।
सल्यानको कपुरकोट गाउँपालिकाले असंगठित क्षेत्रमा कार्यरत श्रमिक तथा असहायलाई राहत वितरण कार्य जारी राखेको छ । आइतबारसम्म १ सय २८ घरपरिवारलाई राहत प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

राहत सामग्रीको दुरुपयोग नहोस् भनेर विशेष ध्यान दिइएको जनाउँदै गाउँपालिका अध्यक्ष भिमबहादुर सेनले सम्बन्धित वडा कार्यालयले पहिचान गरेका पीडितलाई राहत उपलब्ध गराइएको जनाए ।

यस अघि वडा नम्बर २, ३ र ४ मा खाद्यान्नलगायतका सामग्री वितरण गरिसकेको गाउँपालिकाले आइतबार वडा नम्बर १ र ६ का ५३ विपन्न घर परिवारलाई राहत प्रदान गरेको छ । १ नम्बर वडामा १७ र ६ नम्बर वडामा ३६ घर परिवारलाई चामल, नुन, तेल, दाल, साबुन वितरण गरिएको अध्यक्ष सेनले बताए ।

राहत वितरणको बेला हुन सक्ने भिडभाडलाई मध्यनजर गर्दै गाउँपालिकाले एक ब्यक्तिबाट अर्काे ब्यक्तिबीचको दूरी कायम गरी राहत वितरण गरेको जनाएको छ । राहतसँगै कोरोनाबाट बच्ने उपायका बारेमा पनि परामर्श गरिएको स्वास्थ्य शाखा संयोजक अरुण दाहालले जानकारी दिए ।

जनस्तरमै आएर परामर्शसँगै खाद्यान्न सामग्री पाएपछि विपन्न परिवारहरु खुसी भएका छन् । कपुरकोट–१ का कृष्ण लोहारले रोग र भोकको बेला स्थानीय सरकारले आफूहरुको पीडा बुझिदिएको भन्दै गाउँपालिकालाई धन्यवाद दिए ।

यस्तै कपुरकोट–६ सिनवाङका तुल्सी बुढाथोकीले घरमा अब के खाने हो ? भन्ने चिन्तामा परेको बेला आफ्नो वडामै आएर राहत प्रदान गर्दा हाम्रो लागि सरकार रहेछ भन्ने महसुस भएको बताईन् ।

कोरोनाको सम्भावित संक्रमणलाई रोक्न कपुरकोट गाउँपालिकाले शुरुदेखि नै विभिन्न कदमहरु चाल्दै आएको छ । वडा र टोलस्तरमा पनि सतर्कता तथा निगरानी समूह गठन गरेर विदेशलगायत शहरबाट आएका नागरिकलाई छुट्टै बस्न लगाउने जस्ता कार्य भइरहेको वडा नम्बर १ का वडा अध्यक्ष बालाराम खड्काले बताए ।

यस्तै ६ नम्बर वडामा पनि मास्क प्रयोग गर्ने, साबुन पानीले पटक–पटक हात धुने, सामाजिक दूरी कायम राख्नुपर्ने जस्ता सचेतना फैलाउने कार्य नियमित रुपमा भइरहेको वडा अध्यक्ष हेरमबहादुर बुढाथोकीले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here