- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsकैलालीका युवासंगै आउने दाङका सात युवा बेलझुण्डी अस्पतालमा

कैलालीका युवासंगै आउने दाङका सात युवा बेलझुण्डी अस्पतालमा

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, २४ चैत ।

कैलालीका कोरोना संक्रमित युवासंगै भारतबाट आउने दाङका १० जना युवा मध्य ७ जनालाई अस्पतालको आइसोलेशन कक्षमा राखिएको छ । गौरीफन्टा नाका हुँदै आउने युवाहरु मध्य सोमवार विहानसम्ममा ७ जना अस्पतालमै पुगिसकेको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।


दाङका दश जना युवा पनि कैलालीका कोरोना संक्रमित युवासंगै भित्रिएको भन्ने सार्वजनिक भए पछि प्रहरी र पालिकाले खोजी गरेर सम्पर्कमा ल्याएका हुन् । उनीहरुमध्य ७ जनालाई दाङको बेलझुण्डीमा स्थापना गरिएको कोरोना विशेष अस्पतालको आइसोलेशनमा राखिएको छ ।
गौरीफन्टा नाका हुँदै आउने घोराही उपमहानगरपालिका–४ का ५ जना, लमही नगरपालिका–५ का २ जना र राजपुर गाउँपालिका–६ का २ जना, र बबईगाउँपालिका १ जना रहेका छन् ।

अहिले सबै प्रशासनको सम्पर्कमा आएको भए पनि ७ जनालाई अस्पतालमा ल्याइसकिएको छ । ३ जना आउने क्रममा रहेको प्रजिअ रिजालले बताए । र उनीहरुलाई अस्पतालमा राखिएको र परिवार र उनीहरुको सम्पर्कमा रहेकाहरुको निगरानी बढाइएको प्रहरीले बताएको छ । सम्पर्कमा आएका ७ जनालाई कोरोना विशेष अस्पतालका आइसोलेशन वार्डमा राखिएको छ । अन्य ३ जनालाई आज ल्याउने तयारी भएको प्रहरी प्रमुख एसपी जनक भट्टराईले बताए । उनले ३ जना पनि घरमा नभेटिएकाले केहि समस्या भएको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here