- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरपालिकालाई काँग्रेसको सहयोग

पालिकालाई काँग्रेसको सहयोग

- Advertisement -spot_img

दुखहरण गादव
देउखुरी, २३ चैत ।

नेपाली काँग्रेस दाङ क्षेत्र नं १ दाङले गढवा गाउँपालिकाको प्रकोप ब्यबस्थापन कोषमा नगद सहयोग गरेको छ । महामारीको रुपमा फैलिएको कोरोना संक्रमणबाट बच्न सरकारले लागू गरेको लकडाउनलाई पालना गर्दै आएका दैनिक ज्यालादारी काम गरि जिवीकोपार्जन गर्ने गरीव,विपन्न तथा अति विपन्न परिवारको उद्दार, सहयोग, तथा राहतको लागि गढवा गाउपालिकाले स्थापना गरेको प्रकोप ब्यबस्थान कोषमा काग्रसले नगद २५ हजार सहयोग गरेको क्षेत्र नं १ का क्षेत्रिय सभापति भेषराज पाण्डेले जानकारी दिए ।
क्षेत्रीय सभापती भेष राज पाण्डेको नेतृत्वमा , गढवाका सभापति बालचन्द्र हमाल, निबर्तमान क्षेत्रिय सभापती अनुराग यादव, उमाकान्त पन्त लगाएतको सहभागितामा कोषको लागि रकम गाउँपालिकालाई हस्ताणतरण गरिएको हो । गढवा गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत लाल बहादुर योगीले उक्त रकम बुझेका हुन ।


राहत स्वरुप नगद बुझ्दै गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत लाल बहादुर योगीले गाउँपालिकाको बिपन्न तथा गरिब परिवारको लागि एक द्वार प्राणाली मार्फत राहात वितरण गरिने बताए ।
दाङ क्षेत्र नं १ले देउखुरीको ३ वटा गाउँपालिका र एउटा नगरपालिका गरि ४ वटै स्थानीय तह र घोराही उपमहानगरपालिका लाई २५÷२५ हजारको दरले १ लाख २५ हजार नगद राहतकोषमा सहयोग गरेको छ । राजपुर गाउपालिकामा नेपाली काग्रेस महासमिति सदस्य जानकीलाल बस्नेत, राप्ती गाउँ पालिकामा संविधान सभा सदस्य शुशिला चौधरी, लमहीनगरपालिकामा महासमिति सदस्य कर्ण बहादुर बुढाथोकी र घोराही उपमहानगरपालिकामा प्रदेश सभा सदस्य उम्मेदवार कमल किशोर घिमिरेको नेतृत्वमा गएको टोलिले राहत रकम हस्तान्तरण गरेको थियो । यस अघि काग्रेसले गढवाको मनिकापुरका आगलागी पिडितलाई खाद्यान्न सहयोग गरेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here