- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरराहत वितरणमा स्थानीय तहसंग समन्वय गर:प्रजिअ

राहत वितरणमा स्थानीय तहसंग समन्वय गर:प्रजिअ

- Advertisement -spot_img

सपना बोहरा
दाङ, २३ चैत ।
प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले राहत वितरण गर्ने ब्यक्ति संघसंस्थाले सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर मात्रै वितरण गर्ने निर्देशन दिएका छन् । कोरोना महामारीको प्रकोपका कारण दाङ जिल्लामा असहज अवस्थामा रहेका विभिन्न गाउँ बस्तीहरुमा आर्थिकस्तर कमजोर रहेका नागरिकहरुको विवरण सम्बन्धित स्थानीय तहका वडा कार्यालयहरुबाट तयार पार्ने काम भइरहेकाले एकद्वार प्रणालीमार्फत जान र समन्वय गर्न अनुरोध गरेका हुन् ।

विपन्न परिवारका बस्तीमा सामुहिक रुपमा राहत वितरण गर्न जाँदा कोभिड–१९ भाइरसको संक्रमण हुने जोखिम देखिएको हँुदा सम्बन्धित स्थानीय तहसँग समन्वय गर्नु उत्तम हुने भएकाले यो यस्तो अनुरोध गरिएको उनले बताए । थोरै खाद्यान्न केही थान स्यानिटाइजर साबुन र मास्क वितरण गर्ने र हुलमा फोटो खिच्ने प्रवृत्ति बढ्दै गएको देखियो, प्रमुख जिल्ला अधिकारी रिजालले भने, लकडाउनको पालना गरेर सभ्य नागरिकको परिचय दिन अनुरोध गर्दछु ।

आफ्नो प्रचार र राहत वितरणको नाममा कोरोना फैलाउने भूमिका त खेलिरहनु भएको छैन भन्ने बारेमा गम्भीर भएर सोच्न आग्रह गरेका छन् । विपन्न नागरिकहरुका लागि सहयोग उपलब्ध गराउन चाहेमा सम्बन्धित स्थानीय तहसँग समन्वय गर्नुहुन अनुरोध छ उनले भने । राहत वितरण्को नाममा राहतभन्दा बढी ब्यक्तिहरु सहभागी हुने र सामाजिक दूरीलाई बेवास्ता गरेकाले चौथर्फी विरोध हँुदै आएको अवस्थामा प्रमुख जिल्ला अधिकारी रिजालको यस्तो आग्रह आएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here