- Advertisement -spot_img
Thursday, June 17, 2021
Homebreaking-newsकोरोना संक्रमित युवासँगै आउने दाङका १० जनाको पुष्टी

कोरोना संक्रमित युवासँगै आउने दाङका १० जनाको पुष्टी

- Advertisement -spot_img

दाङ, २३ चैत ।
कैलालीका कोरोना संक्रमित २१ वर्षिय युवासँगै आउने दाङका १० जना युवाको पुष्टी भएको छ । संक्रमित युवासँगै आउने दाङका युवामध्ये अधिकांश घोराहीका रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही–४ का पाँचजना युवा रहेका पुष्टी भएको छ । घोराही–४ का २२ वर्षिय दुईजना, १७ वर्षका एकजना, र २९ वर्षको एकजना सबै भारतको मुम्बईबाट चैत १२ गते नेपाल भित्रिएका हुन् ।
संक्रमित युवासँगैको भिडमा साविक सोनपुर–२ का १९ वर्षिय युवा पनि रहेको भेटिएको छ । यसैगरी भारतको चेन्नईबाट आएका लमही–५ का २० वर्षिय पुरुष, भारतको केरलाबाट फर्किएका सोही ठाउँकै २५ वर्षिय पुरुष पनि संक्रमित युवासँगैको भिड गौरीफन्टामा रहेको पाइएको छ ।
त्यस्तै राजपुर गाउँपालिका–६ का १९ र २६ वर्षका दुईजना युवा पनि गौरीफन्टा नाकामा चैत ११ गतेको भिडमा रहेको प्रहरीले जनाएको छ । कोरोना संक्रमित २१ वर्षीय युवा सरकारले लकडाउन घोषणा गरेपछि भारतबाट फर्किएका थिए । चैत ११ गते नेपाल प्रवेश गर्नुपर्ने माग गर्दै गौरीफन्टामा नाराबाजीमा उत्रिएको भीडमा उनीहरु पनि सहभागी रहेको पाइएको प्रहरीले जनाएको छ ।


उनीसँगै गौरीफन्टामा नाकामा रहेका ९ सय ९९ जनाले नेपाल आउन पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए । त्यसपछि मन्त्रीपरिषद् बैठकको निर्णयपश्चात् सीमामा रोकिएका ९ सय ९९ जनालाई प्रहरीले २१ वटा बसमार्फत गन्तव्य पठाएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here