- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsकोभिड–१९ विरुद्धको सचेतना, कालोबजारी भएमा कारवाही

कोभिड–१९ विरुद्धको सचेतना, कालोबजारी भएमा कारवाही

- Advertisement -spot_img

विजौरी, २३ चैत ।
विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरसको संक्रमणबाट जोगिन आग्रह गर्दै उपभोक्ताहरुको खाद्य अधिकारलाईसमेत व्यवस्थित गर्ने उद्देश्यले आइतबार बिजौरी उद्योग वाणिज्य संघ लागि परेको छ । त्यसक्रममा उद्योग वाणिज्यसंघको कार्यक्षेत्रभित्रका बजार अनुगमन गरिएको छ । विजौरी उद्योग वाणिज्य संघको अगुवाईमा प्रहरी तथा सञ्चारकर्मीहरुको संयुक्त टोलीले विजौरी उद्योग वाणिज्य संघ मातहतका बजार क्षेत्रको अनुगमन गरिएको हो । उपभोक्तालाई महंगो मूल्यमा सामान बिक्री वितरण गरेको पाइएमा तत्काल कारवाही गर्ने चेतावनी समेत दिइएको छ ।
अनुगमनका क्रममा विजौरी उद्योग वाणिज्य संघका अध्यक्ष प्रेमनाथ योगी, उपाध्यक्ष बालकृष्ण रेग्मी, महासचिव विदुर गौतम, सदस्यहरु रेश्मीराज खड्का, शिव खत्री, ईलाका प्रहरी कार्यालय हेमन्तपुरका प्रमुख सई इन्द्रपाल, पत्रकार महासंघ दाङका सदस्य राकेश बस्नेत, पत्रकारहरु सुनिल पोख्रेल, खेमराज रिजाललगायतको टोली सहभागी थिए । अनुगमनका क्रममा बजारमा तोकिएको समयमा मात्र दैनिक उपभोग्य सामाग्रीहरुको बेचबिखन गर्ने, यसरी बेचविखन गर्दा भिडभाड नहुने गरी सामाजिक दूरी कायम गर्ने, किनमेलमा आउँदा सवारी साधनको प्रयोग नगर्ने विषयमा उपभोक्ता र व्यापारीहरुलाई सुझाव दिइएको थियो ।
त्यसैगरी विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगिन बजार सरसफाईमा ध्यान दिने, अनिवार्यरुपमा मास्कको प्रयोग गर्ने, तोकिएको मूल्यमा दैनिक उपभोग्य सामाग्रीहरुको बिक्री वितरण गर्ने, सामान लुकाएर कालोबजारी नगराउने लगायतका विषयमा व्यवसायीहरुलाई आग्रह गरिएको थियो । त्यसैगरी दैनिक उपभोग्य अत्यावश्यक सामाग्रीहरुवाहेक अन्य व्यवसाय लकडाउन अवधिभर बन्द गर्नसमेत व्यवसायीहरुलाई आग्रह गरिएको थियो ।
लकडाउन अवधिभर अनलाइन मिटिङ
यसैबीच विश्वव्यापी महामारीकै सन्दर्भमा विजौरी उद्योग वाणिज्य संघले लकडाउन अवधिभर अनलाइन मिटिङ गर्ने निर्णय गरेको छ । सामाजिक दूरी कायम गर्ने उद्देश्यले भेटघाट र जमघटलाई अन्त्य गर्न अनलाइन मिटिङ गर्ने निर्णय भएको विजौरी उद्योग वाणिज्य संघका अध्यक्ष प्रेमनाथ योगीले बताए ।
कार्यसमितिका सबै पदाधिकारी एवं सदस्यहरुको फेसबुक पेज खोलिसकिएको जानकारी दिंदै अध्यक्ष योगीले सवैले तोकिएको समयमा अनलाइनमा आएर आ–आफ्ना धारणा व्यक्त गर्ने व्यवस्थापन मिलाइएको बताएका छन् । आवश्यक परेको समयमा भिडिओ कन्फेरेन्ससमेत गर्न उद्योग वाणिज्य संघ प्राविधिक रुपले तयार छ, योगीले भने । संघको यसअघिको बैठकले विजौरीको मुख्य बजारलाई लक्षित गरी फ्रि वाइफाई सेवासमेत सञ्चालनमा ल्याइसकेको विजौरी उद्योग वाणिज्य संघका प्रेस सल्लाहकार राकेश बस्नेतले बताए । उद्योग वाणिज्य संघको कार्यालयमा जोडिएको फ्रि वाइफाईले कम्तिमा एक किमिको दूरी क्याच गर्ने बताइएको छ ।
लकडाउन अवधिभर भाडा मिनाहा
यसैबीच विजौरी उद्योग वाणिज्य संघको हालै बसेको कार्यसमिति बैठकले गरेको निर्णयसँगै तुलसीपुर उपमहानगरपालिका—१८ दुधरास निवासी नेपाल प्रहरीका सवइन्स्पेक्टर बसन्त कुमार वली र सोहि स्थानका विकाश ठकुरी लकडाउन अवधिभरको भाडा नलिने बताएका छन् । मुलुकको विषम परिस्थितिलाई मध्यनजर गर्दै र नेपाल सरकारलगायत विभिन्न संघसंस्थाको आग्रहलाई मनन् गर्दै सटर भाडा मिनाहा गरिएको सई वलीले बताए । उनीहरुले व्यवसायीक प्रयोजनका लागि भाडामा लगाइएका दुई÷दुईवटा सटरको भाडा मिनाहा गरेका हुन् ।
त्यसैगरी विजैरी उद्योग वाणिज्य संघका अध्यक्ष प्रेमनाथ योगी, उपाध्यक्ष बालकृष्ण रेग्मी (शम्भु), महासचिव विदुर गौतम, सदस्य रेश्मीराज खड्कालगायतका घरधनीहरुले लकड ाउन अवधिभरको भाडा मिनाहा गर्ने बताएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here