- Advertisement -spot_img
Thursday, June 17, 2021
Homebreaking-newsस्वास्थ्य चौकीमा कोरोना भाइरस सामाग्री

स्वास्थ्य चौकीमा कोरोना भाइरस सामाग्री

- Advertisement -spot_img

इन्द्र बहादुर बुढाथोकी
सल्यान, २३ चैत ।

सल्यान बनगाड कुपिण्डे नगरपालिका सबै स्वास्थ्य चौकीहरुमा कोरोनासम्बन्धी सामाग्री पु¥याएको छ । नगरपालिका सातवटा स्वास्थ्य चौकीमा बामे स्वास्थ्य चौकी बामे, बाझकोट स्वास्थ्य चौकी च्युरा, घाजरीपिपल स्वास्थ्य चौकी घाजरीपिपल, देवस्थल स्वास्थ्य चौकी देवस्थल, माझकाडा स्वास्थ्य चौकी माझकाँडा, जयतपानी स्वास्थ्य चौकी जयतपनी र निगाल्चुला स्वास्थ्य चौकीमा पिपिइ ३÷३ वटाको दरले सबैलाई र ढोरपिपल र थापाचौर शहरी स्वास्थ्य केन्द्र १÷१ वटा पिपिइ वितरण गरिएको नगर स्वास्थ्य शाखा प्रमुख बासुदेव पोखरेलले जानकारी दिएका छन् ।
शाखा प्रमुख पोखरेलका अनुसार सबै स्वास्थ्य चौकीहरुमा पिपिइ, मास्क, सेन्टिलाइजर, क्लोरिन झोल, ग्लोवस, स्वास्थ्य सुरक्षाका उपकरणसहित कोरोनासम्बन्धी अति आवश्यक सामाग्री लिएर स्वास्थ्य चौकीमा पु¥याएको बताए । स्वास्थ्य चौकी अनुगमनमा नगर प्रमुख गोविन्द कुमार पुन, उपप्रमुख मञ्जु यरी, स्वास्थ्य शाखा प्रमुख बासुदेव पोखरेल रहेका थिए । स्वास्थ्य चौकीको अवस्था बुझ्न, गतिविधि बुझ्न, निर्देशन दिन, कति बिरामी आए कस्तो छ कोरोनाको अवस्था बुझ्न र स्वास्थ्यकर्मीहरुको मनोबल बढाउन अनुगमनलाई तिब्रता दिएको नगर उपप्रमुख यरीले जानकारी दिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here