Saturday, March 15, 2025
Homebreaking-newsविपद् कोषमा यातायात प्रालिको १ लाख ५७ हजार

विपद् कोषमा यातायात प्रालिको १ लाख ५७ हजार

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर,२३ चैत ।
कोरोना संक्रमणको विपदमा परेकाहरुको उद्दार, सहयोग र राहतका लागि तुलसीपुर उपमहानगरपालिकाले स्थापना गरेको कोरोना विपद् कोषमा यस क्षेत्रका यातायात व्यवसायीहरुले संयुक्त रुपमा आर्थिक सहयोग गरेका छन् । तुलसीपुर क्षेत्रमा प्रधान कार्यालय रहेका ५ वटा विभिन्न यातायात प्रालीहरुले १ लाख ५७ हजार ७ सय ७५ सहयोग गरेका हुन ।
कोषमा त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमालले ५५ हजार ५ सय ५५, दाङ्ग टे«क्टर तथा यातायात ढुवानी सेवाका अध्यक्ष चिन्तामणी आचार्यले २५ हजार ५ सय ५५, अम्बिकेश्वरी सार्वजनिक राप्ती यातायात प्रालि अध्यक्ष ज्ञानवहादुर वस्नेतले, २५ हजार ५ सय ५५ , साना मालवाहक यातायात ढुवानी सेवाका अध्यक्ष भुवन भुषालले २५ हजार ५ सय ५५ र तुलसीपुर यातायात प्रालिका अध्यक्ष पवनराज वुढाथोकीलेले २५ हजार ५ सय ५५ सहयोग गरेका छन् ।
उपमहानगरपालिकाले ५० लाख रकम जम्मा गरेर स्थापना गरेको कोषमा सहयोग गर्ने क्रम निरन्तर जारी रहेको छ । नेकपाका नेता तथा वौद्धिक व्यक्तित्वको छवि वनाएका लामिछानेले कोरानाको समयमा कसैले पनि अभाव झेल्न नपरोस् भनेर सहयोग गरेको वताए । नेपाल इन्भेष्टमेन्ट वैकमा रहेको विपद् व्यवस्थापन कोषको ०३१०१०४०२५१८६० नम्वरको खातामा रकम जम्मा गरेर कोषलाई सहयोग गर्न सकिने उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले वताए । उपमहानगरपालिकाले कोरोना सचेतना, क्वारेन्टाइन निर्माण, विपन्नलाई राहत वितरण लगायतका विभिन्न कामहरु गरिरहेको छ । आपतको समयमा सहयोग गर्नका लागि नगरप्रमुख पाण्डेले सबैलाई आव्ह्वान समेत गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here