- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरएसईई स्थगन चैतसम्म शिक्षण संस्था बन्द

एसईई स्थगन चैतसम्म शिक्षण संस्था बन्द

- Advertisement -spot_img

उमा भण्डारी
दाङ, ६ चैत ।

आजदेखि सुरू हुने भनेको माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएको छ । सरकारले कोभिड–१९ नियन्त्रणका लागि एसईई परीक्षा स्थगित गरेको जनाएको छ ।

एसईईसँगै चैत मसान्तसम्म सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णयसमेत गरेको छ । एसईई परीक्षाको तयारीमा जुटेका विद्यार्थीहरू भने परीक्षा स्थगित भएपछि अन्यौलमा परेका छन् ।

यद्यपि परीक्षा सञ्चालनका लागि दाङका सबै परीक्षा केन्द्रहरूमा उच्च सर्तकताका साथ परीक्षा सञ्चालनको तयारी गरिएको थियो ।

सरकारले पूर्वसन्ध्यामा एसईई परीक्षा स्थगित गरेपछि अभिभावक र विद्यार्थी आक्रोसित बनेका छन् । परीक्षाका सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भईसक्दा परीक्षा केही घण्टा अघिमात्र स्थगित हुनु गलत भएको घोराहीका दिपक शर्माले तर्क गरेका छन् ।

उनले शिक्षक र विद्यार्थी परीक्षा केन्द्रमा नजिक डेरा वा होटेलमा कोठा लिएर बसेको अवस्था परीक्षा स्थगित हुनु विद्यार्थीहरूमा मानसिक तनाव उत्पन्न गराएको बताए ।

‘परीक्षा केन्द्रमा सिट प्लानिङ भइसक्यो, विद्यार्थीहरू परीक्षाका लागि मनस्थिति बनाएर पढिरहेका छन् तर मेरो सरकार परीक्षा स्थगित गर्छ’ उनले भने– ‘कहिँ नभाको जात्रा हाडी गाउँमा भन्या यही हो, परीक्षा स्थगित गर्नु थियो त हिजो अस्ती नै गर्न पर्ने हो ।’

उनले समय हुँदासम्म सरकारले कानमा तेल हालेर सुतेको भन्दै सामाजिक सञ्जालमार्फत आक्रोससमेत पोखेका छन् ।

अभिभावक नविन पोख्रेलले परीक्षार्थीलाई यो निर्णयले बरबाद बनाएको बताए । यसको सबैभन्दा बढी समस्या दुर्गम क्षेत्रका परीक्षार्थीलाई परेको र परीक्षा केन्द्रको तयारीसमेत खेर गएको बताए । स्थगन सकारात्मक हो तर समयमै हुनुपथ्र्याे’ उनले भने, ‘परीक्षाको मुखमा आएर स्थगन गर्ने हैन ।

यस्तो थियो तयारी

चैत ६ गतेदेखि एसईई परीक्षा सुरू हुने भन्दै जिल्लाका सबै स्थानीय तहहरूले आफ्नो क्षेत्रभित्र रहेका परीक्षा केन्द्रहरूमा हेल्थ डेस्कको व्यवस्थापन गरेका थिए ।

आम नागरिकमा कोरोना भाइरसको क्रास फैलिरहेको समयमा परीक्षार्थीहरूले भयरहित वातावरणमा परीक्षा दिन पाउनुपर्ने भन्दै स्थानीय तहहरूले प्रत्येक परीक्षा केन्द्रहरूमा स्वास्थ्यकर्मी र आवश्यक उपकरणसहितको हेल्थ डेस्क सञ्चालन गर्ने तयारी पूरा गरिएको थियो ।

विद्यार्थीहरूले सहज वातावरणमा परीक्षा दिन पाउनुपर्ने भन्दै तुलसीपुर उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्रमा सबै एसईई परीक्षा केन्द्रमा हेल्थ डेक्स सञ्चालन गर्ने तयारी गरेको थियो ।

उपमहानगरको स्वास्थ्य शाखाले नगरभित्रका १३ वटा परीक्षा केन्द्रमा चिकित्सकसहितको हेल्थ डेक्स सञ्चालन गर्ने तयारी गरेको उपमहानगरपालिकाका नगर प्रमख घनश्याम पाण्डेले जानकारी दिए ।

उनले कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै सबै परीक्षा केन्द्रमा हेल्थ डेस्कको व्यवस्था गरिएको बताए । भाइरस संक्रमण कुनै डर र त्रासविना विद्यार्थीले परीक्षा दिन पाउनुपर्छ भनेर हामीले डेस्कको व्यवस्था गरेका थियौँ’ उनले भने–

‘परीक्षार्थीले निर्धक्क भएर परीक्षा दिनुपर्छ भन्दै उच्च सतर्कता अपनाईएको थियो ।’ प्रत्येक परीक्षा केन्द्रमा आवश्यकतानुसार विद्यार्थीहरूको चेकजाँच गरिने उपमहानगरपालिकाको तयारी थियो ।

चेकजाँचको क्रममा यदि कुनै विद्यार्थी शंकास्पद भेटिएमा उक्त विद्यार्थीलाई छुट्टै स्थानमा बसाउने व्यवस्थासमेत गरिएको थियो ।

साथै आवश्यक परेको समयमा चिकित्सकहरूको टोलीसमेत खटाई एसईई परीक्षा सम्पन्न गर्ने उपमहानगरपालिकाको तयारी रहेको थियो ।

यसैगरी घोराही उपमहानगर–पालिकाले पनि आफ्नो नगरक्षेत्र भित्रका सबै परीक्षा केन्द्रहरूमा कोरोना जाँचका लागि हेल्थ डेस्कको व्यवस्था गरेको थियो ।

उपमहानगरले नगरका १३ वटा परीक्षा केन्द्रहरूमा आइसोलेसन सहितको हेल्थ डेस्क सञ्चालन गर्ने तयारी गरेको घोराही उपमहानगरका स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले जानकारी दिए ।

प्रत्येक डेस्कमा दुईवटा स्वास्थ्यकर्मी खटाई विद्यार्थीलाई भयरहित वातावरणमा परीक्षा गराउने तयारी गरेको थियो । यसका लागि प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख, सुरक्षाकर्मीलगायतसँग आवश्यक छलफलसमेत गरी स्थानीय तह एसईईको तयारीमा जुटेको थियो ।

‘परीक्षामा सहभागी हुने कुनैपनि परीक्षार्थी डराउनु हुँदैन भन्ने मान्यताले डेस्क सञ्चालन गरेका थियांै’ उनले भने– ‘उच्च सतर्कता अपनाउँदा अपनाउँदै पनि परीक्षा स्थगित भएपछि सबै अन्यौलमा परेका छौँ ।’ यसका साथै घोराही प्रवेश हुने नारायणपुुर र कुईरेपानीमा समेत हेल्थ डेस्क सञ्चालन गरिने तयारी भईरहेको जानकारी दिए ।

त्यस्तै शान्तिनरगर गाउँपालिकाले एसईई परीक्षार्थीलाई मध्यनजर गर्दै गाउँपालिकाभित्रका परीक्षा केन्द्रहरूमा हेल्थ डेस्क सञ्चालन गर्ने भएको थियो ।

गाउँपालिकाले विपी मावि बयाले र खिलतपुर मावि परीक्षा केन्द्रमा हेल्थ डेस्क सञ्चालन गर्न लागेको थियो । गाउँपालिकाले बिहीबारदेखि वडा नं ३ पातेटाकुरामा समेत हेल्थ डेस्क सञ्चालन गरिने गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक हरी पुनले जानकारी दिए ।

तुलसीपुरबाट शान्तिनगर भित्रिने व्यक्तिमा कोरोना भाइरसको संक्रमण छ वा छैन भनी चेकजाँच गरिने उनले बताए ।

त्यसैगरी दंगीशरण गाउँपालिकाले पनि परीक्षा केन्द्रहरूमा हेल्प डेस्क सञ्चालनको तयारी पूरा गरिसकेको थियो ।

गाउँपालिकाभित्र रहेका दुईवटा परीक्षा केन्द्रमा डेस्क सञ्चालनको सम्पूर्ण तयारी पूरा गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दशरथ गिरीले जानकारी दिए । उनले श्रीगाउँ र हेकुलीमा गरी दुई स्थानमा डेस्क राख्ने तयारी गरिएको बताए ।

यस्तै जिल्लाका अन्य स्थानीय तहहरूले पनि आफ्नो क्षेत्रभित्र रहेका सबै परीक्षा केन्द्रहरूमा हेल्थ डेस्क सञ्चालनको तयारी पूरा गरेका छन् ।

कोरोनाको त्रासले विद्यार्थीहरूलाई कुनैपनि समस्या उत्पन्न नहोस् भन्दै सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क सञ्चालन गर्ने तयारी थियो । डेस्कमा सामान्य रूघाखोकीको औषधी, ज्वरो नाप्नका लागि थर्मगन, साबुन पानीको समेत व्यवस्था गरिएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here