- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरखांग्रा नाकामा सुरक्षा पोष्ट

खांग्रा नाकामा सुरक्षा पोष्ट

- Advertisement -spot_img

सपना बोहरा
घोराही, ६ चैत ।

नेपाल–भारत सीमा क्षेत्र रहेको दाङमा सुरक्षा पोष्ट बढाउन थालिएको छ । दशवटा नाकामा स्थापना गर्ने निर्णय गरिएअनुसार बुधबार राजपुरको खांग्रानाकामा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट स्थापना भएको छ ।

जिल्लाको सीमाना र सीमा स्तम्भको सुरक्षाको लागि पोष्ट स्थापना गर्न लागिएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए । नेपाल–भारतको खुल्ला सीमाका कारण हुने सीमा सुरक्षालगायत अपराधिक गतिविधिलाई मध्यनजर गरेर पोष्ट स्थापना गर्न लागिएको उनको भनाई छ ।

प्रत्येक पोष्टमा सशस्त्र प्रहरी निरिक्षकको कमाण्डमा एक प्लाटुन खटिने छन् । नेपाल–भारत सीमामा पोष्ट स्थापना गर्ने योजनाअनुसार बुधबार राजपुर गाउँपालिका वडा नं ६ मा सशस्त्र प्रहरी बल नेपाल बोर्डर पोष्ट खांग्रा नाकामा नयाँ बेसको उद्घाटन गरिएको छ । प्रमुख जिल्ला अधिकारी रिजालसहित सुरक्षा समितिका प्रमुखहरू पुगेर बेशको स्थापना गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी रिजालका अनुसार सशस्त्र प्रहरी निरीक्षक रूपचन्द्र थापाको नेतृत्वमा एक प्लाटुन खटाईएको छ ।

जिल्ला सुरक्षा समिति र नेपाल सरकारको योजनामा खांग्रा नाकासँगै जिल्लाका दशवटा नाकामा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट स्थापना गर्न लागिएको छ । नेपाल र भारतको खुल्ला सीमाका कारण सीमाको संरक्षणदेखि अपराध नियन्त्रण गर्ने उद्देश्यले पोष्टको स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।

त्यसैगरी खुल्ला सीमाका वारपार अपराधको नियन्त्रण, चोरी तस्करी नियन्त्रण, स्थानीय नागरिकहरूको सुरक्षाको लागि पोष्ट स्थापना गरिएको उनले बताए ।

‘जिल्ला सुरक्षा समितिको निर्णय अनुसार दशवटा नाकामा पोष्ट स्थापना गर्ने योजना बनाएका छाँै’ प्रमुख जिल्ला अधिकारी रिजालले भने– ‘स्थानीयस्तरमा भारतीय समकक्षीसँगको समन्वयमा सघाउ पुग्ने अपेक्षा लिइएको छ ।’ राजपुर गाउँपालिका वडा नं ६ को खांग्रा नाकासँगै जिल्लाका अन्य नौवटा नाकामा पनि पोष्ट स्थापना गरिने छ ।

दाङ र भारतको सीमामा पर्ने भौवा नाका, भैसाही नाका, गुरूङ नाका, पटौली नाका, मुसि नाका लगायतका दशवटा नाकाहरूमा पोष्ट स्थापना गरिने भएको छ ।

प्रत्येक पोष्टमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा एक प्लाटुन खटिाईने छ । खांग्रा नाकासँगै अन्य नाकाहरूमा पनि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट स्थापना गर्ने लक्ष्य लिइएको छ ।

खुल्ला सीमा हँुदा हातहतियारसहित तस्कर तथा अपराधिक कार्य गर्ने व्यक्तिहरू आवतजावत गर्दै आएका थिए ।

नेपालको सीमामा सशस्त्र प्रहरी बल नेपाल बोर्डर पोष्ट स्थापना नहुँदा स्थानीयले भारतीय पक्षबाट ज्यादती खेप्दै आएका थिए । नाकाहरूमा यि पोष्टहरू स्थापना भएसँगै उनीहरूको सुरक्षामा समेत विशेष ख्याल गरिने छ ।

नेपालको तर्फबाट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट नहँुदा सीमा सुरक्षामा समेत चुनौती देखिएको थियो । यी पोष्टले नेपालको सीमा तथा सीमा स्तम्भको संरक्षणदेखि स्थानीयबासीको सुरक्षाको लागि महत्वपूर्ण भूमिका हुने अपेक्षा लिइएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here