- Advertisement -spot_img
Tuesday, June 15, 2021
HomeUncategorizedहामी नपर्दासम्म भ्रष्ट, परेपछि प्रष्ट

हामी नपर्दासम्म भ्रष्ट, परेपछि प्रष्ट

- Advertisement -spot_img
आज पछिल्लो समयमा विश्व एउटा भयानक महामारी रोग जसलाई कोरोना भाइरसको नाम दिइएको छ, योबाट आक्रान्त छ, त्रसित छ, ग्रसित छ, आकुल छ र ब्याकुल छ । यसबाट बच्न अनेकौं उपाय मानवका लागि सम्प्रेषण गरिएको छ । जुन कुरा आज सिकाइएको छ र जानकारीमा ल्याइएको छ । त्यो कुरा आजकै तिथि, मिति, साल र समयका लागि मात्र होइन र थिएन पनि । आज जसरी कोरोनाको संक्रमणबाट बच्न, खाने, बस्ने, उठ्ने, हिड्ुने, डुल्ने, बोल्ने, सुत्ने, लगाउने लगायतका दिनानुदिनका दिनचर्याको बारेमा सिकाइएको छ र बताइएको छ यो आजका लागि मात्र थिएन । 

प्रदेश टुडे
मधू सूदन सुवेदी
हामीले वास्तवमै भन्ने हो भने जीवन र जगत् बुझेकै छैनौं । यदि हामीले यो कुरा बुझेको भए सायद मानव उच्च कोटीको मानव बन्ने थियौँ । मानिस जहिले पनि आफ्नो कायर कर्मलाई ख्यालै गरेको हुँदैन । दुःख परेकाले आफ्नो जीवनलाई दुःखै–दुःखको सागर ठान्दछ भने सुख भोगेकाले आफ्नो जीवनको सुखै–सुखको महल ठान्दछ । तर यस्तो कदापि होइन । मानव जीवन नै दुःख–सुख, लाभ–हानी, धनी–गरिब, शान्ति–अशान्ति, विजय–पराजय, सफल–असफल, सम्पन्न–विपन्न, उच–निच, तल–माथि, मान–अपमान, इज्जत–बेइज्जत, पुरस्कृत–तिरस्कृत, शुभ–अशुभ, लाभ–हानी, नाफा–नोक्सान, आय–व्यय, हाँसो–आँसु, खुशी–बिखुशी, होसी–बेहोसी, सहज–असहज, कडा–नरम, जटिल–कुटिल, दुर्गम–सुगम, नजिक–टाढा, आफ्नो–बिरानो, ठीक–बेठीक, असल–खराब, सकारात्मक–नकारात्मक, रोगी–निरोगी, एकल–दोकल, लोकप्रिय–अलोकप्रिय, दिन–रात, औंसी–पूर्णिमालगायत समग्र तीतो एवं मीठोको संगलस्थल हो ।
यस्तो जीवनमा सदाबहार खोज्नु र रोज्नुमा नि मूर्खता पनि हो । मानिस आफ्नो जीव्नमा सदा–सर्वदा सुखी, खुशी र सम्पन्न हुन चाहन्छ । तर यो कदापि पूरा हुँदैन । मानव जीवनमा आइ पर्ने तीन प्रकारका कष्ट र संकट छन् । जसका बारेमा यहाँ चर्चा गरौं र बुझौं । यदि मानसिले आफ्नो जीवन र जगतलाई बुझ्न कोसिस एवं प्रयास गर्ने हो यी तीन प्रकारका संकट र कष्टलाई जान्न स्वीकार्न र त्यसबाट बच्ने उपाय संस्कार सिक्न अपरिहार्य छ । सर्वप्रथम हामीले भोगेका जति पनि तीता र दुःख–कष्टपूर्ण भोगाई छन् ती दुःखद् भोगाई जीवनमा अनिवार्य छन् र तिनलाई जान्न, मान्न, ठान्न, चिन्न र त्यसबाट उपयुक्त समयमा बच्चे संस्कार सिक्न नितान्त जरूरी छ ।
अब हामी जीवनका तीन प्रकारका कष्टतर्फ लागौंः–
१) आदि दैविक (कष्ट वा दुःख)
यस अन्तर्गत देवी शक्तिमा आधारित वा प्राकृतिक प्रकोपमा आधारित दुःख पर्दछन् । जसमा भूकम्प, बाढी, पहिरो, सुनामी, आँधीबेहरी, तुफान, प्रचण्ड गर्मी, शीतलहर, असिना, पानी, बर्षा, चट्याङ लगायत मौसमी प्रकोप, जल प्रकोप, थल प्रकोप, वायु प्रकोप, वा आकाशे प्रकोप । हुनत सृष्टिमा जति पनि प्रकोप छन् ती सबै मानव धर्म र कर्ममा सञ्चालित छन् भनिएको छ । तथापि यी र यस्ता प्रकोप सृष्टि कालदेखि नै चल्दै आएका कुरा हुन् ।
२) आदि भौतिक (दुःख वा कष्ट)
यस अन्तर्गत मानव निर्मित संरचना भत्कनु, लड्नु, टुट्नु, फुट्नु, चर्किनु, मर्किनु, ध्वस्त हुनु, नाश हुनु, विनाश हुनु, रूखबाट लड्नु, भीरबाट खस्नु, पानीमा डुब्नु, नदी वा खोलामा बग्नु, लड्नु, भीरबाट खस्नु्, पानीमा डुब्नु, नदी वा खोलामा बग्नु, घरको छतबाट खस्नु, झ्याङबाट लड्नु, बाटोमा हिड्दा वा यात्रा गर्दा ठेस लाग्नु, हातखुट्टा चर्काउनु, मर्काउनु, भाँच्नु, अंग–भंग हुनु, शरीरमा घाउ चोट लाग्नु वा पृथ्वीमा निर्मित संरचनाबाट आफ्नो शरीरलाई जोगाउन र बचाउन नसक्नु वा यस्ता संरचना आकस्मिक रूपमा छेद–विछेद हुँदा संयोगले यसको चपेटामा पर्नु पनि यो एकप्रकारको कष्ट र प्रकोप हो । यो प्रकोप पनि मानवीय सचेतना र समवेदनामा आधारित नै मानिएको छ । अर्थात् यदि मानव आफ्नो धर्म र कर्ममा यथोचित ढंगले बाँधिएको छ भने ऊ यस्तो प्रकोपबाट बच्न सक्दछ र पार पाउन सक्दछ ।
३) आदि दैहिक (दुःख वा कष्ट)
यस अन्तर्गत आफ्नै शरीरमा पैदान हुने नानाथरी रोग तथा पीडालाई लिने गरिन्छ । जस्तो रूघाखोकी, काँसो, दम, वायु, गोला, ग्याष्ट्रिक, निमोनिया, एनिमिया, एजर्ली, सूज, फोडा, फुन्सी, दुरदृष्टि, अदुरदृष्टि, सुस्तश्रवण, मानसिक तनाव, थकान, डिप्रेसन, रिस, आक्रोस, छटपटी, बेहोसी, मासु पलाउने, गिर्खा देखिने, रक्तचाप, घाउ–खटिरा लगायत मानव शरीरसँग सम्बन्धित छाला, हड्डी, दिसा, रगत र पानीजन्य रोगहरू यो अन्तर्गत पर्दछन् । यसमा सबैभन्दा ठूलो कुरा मानिसको व्यक्तिगत बानी, व्यहोरा, खानपिन, आहार–विहार तथा संस्कार र संस्कृतिले ठूलो भूमिका खेलिरहेको हुन्छ । मानिसभित्रको आन्तरिक शक्ति जब क्षिण हुँदै जान्छ तब बाहिरी कुनै पनि शक्तिले शरीरमा आफ्नो असर र प्रभाव जमाउन थाल्दछ ।
मानिसभित्रको रोध–प्रतिरोध वा रोग प्रतिरोधात्मक शक्ति नै सबैभन्दा ठूलो शक्ति हो । जसलाई आजभोलि (इम्युनिटी–पावर) भन्ने गरिन्छ । यो पावरको सन्तुलन हुन सकेन भने मानव जुनसुकै बाह्यमा चलेको छ, त्यसरी नै मानव शरीर पनि चक्रिय प्रणालीमा चलेको छ । पृथ्वी जसरी पाँच तत्वले बनेको छ, मानव शरीर पनि त्यसरी नै पाँच तत्वले बनेको छ । पृथ्वी अनुकूल हुनेगरी हामीले हाम्रो शरीरलाई राख्ने र चलाउने प्रयास गर्ने हो भने पक्कै पनि हामी यो आदि दैहिक प्रकोपबाट बच्न सजिलै सक्दछौं । आज पछिल्लो समयमा विश्व एउटा भयानक महामारी रोग जसलाई कोरोना भाइरसको नाम दिइएको छ, योबाट आक्रान्त छ, त्रसित छ, ग्रसित छ, आकुल छ र ब्याकुल छ । यसबाट बच्न अनेकौं उपाय मानवका लागि सम्प्रेषण गरिएको छ । जुन कुरा आज सिकाइएको छ र जानकारीमा ल्याइएको छ । त्यो कुरा आजकै तिथि, मिति, साल र समयका लागि मात्र होइन र थिएन पनि । आज जसरी कोरोनाको संक्रमणबाट बच्न, खाने, बस्ने, उठ्ने, हिड्ुने, डुल्ने, बोल्ने, सुत्ने, लगाउने लगायतका दिनानुदिनका दिनचर्याको बारेमा सिकाइएको छ र बताइएको छ यो आजका लागि मात्र थिएन ।
मानवले यस्ता बानी र आचरण अस्तिबाट देखि नै गर्दै आउनुपर्ने थियो । मानिसले यस्ताखाले बानी, व्यहोरा हिजोदेखि नै सिक्दै आउनुपथ्र्यो । मानिसले यस्ताखाले जीवनोपयोगी गतिविधि र क्रियाकलाप भोलिका भावी सन्ततिलाई समेत सिकाइरहेको हुनुपथ्र्यो । तर विडम्बना हामीमा त्यस्तो रहेन र भएन । दुःख नपर्दासम्म र हण्डर नखादासम्म हामी यति भ्रष्ट भयो–यति भ्रष्ट भयौं जनु कुरा गरेर र भनेर साध्य नै भएन । हामीलाई समयको महत्व कहाँ र केमा ? भन्ने नै थाहा भएन । समय यति महंगो भयो यति महंगो भयो त्यो भनेर साध्य नै भएन । त्यो समय केका लागि महंगो भयो भने धन आर्जन गर्नका लागि । हामीले असली धन के हो ? त्यो पनि चिन्ने, जान्ने, मान्ने र ठान्ने फुर्सद नै भएन ।
हामीले आफ्नो स्वास्थ्य र शरीरका लागि कहिल्यै समयको हेक्का राखेनौं । हामीलाई सरसफाईको कुरा गर्दा रिस उठ्छ किनभने सरसफाई गर्न त समयको नितान्त खाँचो पर्दछ । त्यो समय निकाल्ने कसरी ? हामीलाई सबैभन्दा कम समय लाग्ने पानी पिउन होइन ? त्यो पनि हामीले नियम पु¥याएर पिएका छैनौं । अर्थात् जसरी जति समयमा पानी पिउने बानी बसाल्नुपर्ने हो तयो गरिरहेका छैनौं । एउटा ढुंगामाथि पानी पोखेसरी हामीले कुनै भाँडो या गिलासबाट पानी हाम्रो शरीरभित्र पोखिरहेका छौं । पानी खाने त फुर्सद छैन भने हामीलाई हातधुने फुर्सद छ ? पानी पिउने त फुर्सद छैन भने हामीलाई खाना चपाएर खाने फुर्सद छ ? पानी पिउने त फुर्सद छैन भने हामीलाई जीउ धुने र कपडा धुने फुर्सद छ । हामीले शरीरलाई कहिले सोच्यौं ? हामीले शरीरलाई कहिले जान्यौ ? हामीले शरीरलाई कहिले चिन्यौं ? आजै मात्र विश्वभर महामारी फैलिदा किन यति त्रसिद र ग्रसित छौँ । एकपटक गम्भीर भएर आफैले आफैलाई प्रश्न गरौं त ? हामीले आफ्नो शरीरका लागि के खराब र के असल ? भन्ने समेत हेक्का राखेनौं ।
खाना खाएर पेट भर्ने र शरीर तृप्त गर्ने र गराउने काममा त हामी संवेदनशील भएनौं भने कसरी बस्ने, कसरी उठ्ने, कसरी सुत्ने, कसरी डुल्ने, कसरी भुल्ने, कसरी सरसफाई गर्ने भन्ने कुरा निकै टाढाको कुरा हो । आखिर मर्ने भन्ने कुरामा त सबैको डर, भय, त्रास रहेछ नि ? यस अघि मर्छु भन्ने थाहा थिएन ? जन्मेदेखि मृत्यु निश्चित छ, भन्ने जानकारी थिएन ? यदि थियो भने किन जन्म र मृत्युलाई बुझेर, जीवन र जगत्लाई जानेर आफ्नो मन, बचन र कर्मलाई संस्कारतुल्य, धर्मतुल्य र कर्मतुल्य बनाउन केले रोक्यो र केले छेक्यो ? आखिर अन्तिम अवस्थामा चाहिने र सत्कर्म, सत्विचार, सत्धर्म नै रहेछ नि ? यो कुरालाई अस्ति नै जान्न किन सकिएन ? हिजो नै थाहा पाउन किन सकिएन ? आज नै प्रयोग गर्न किन सकिएन ? के हाम्रा लागि (आकाशको राहु–पातालुको केतुः) (एकपटक नपरे कसरी चेतु ?) भन्ने भनाई नै पृष्टियोग्य हो ? यदि होइन भने आज जे जस्ता कर्म गर्न भनिएका छन् र सिकाइएका छन् ती बसै सदाका लागि प्रयोगयोग्य थिए कि थिएनन् ?
रोग लागेपछि सरसफाई गर्ने कि रोग नलाग्दै त्यस्ता खानेकुरा खाइरहने ? मासिनका असल कर्म र धर्म भनेको त सृष्टिकालदेखि नै शुरू गर्नुपर्ने कुरा हो । हामी के खाने र के नखाने, हामी के गर्ने र के नगर्ने र हामीकहाँ जाने र कहाँ नजाने ? भन्ने कुरा आजमात्रैको सन्देश होइन । यदि हामीले हाम्रो स्वास्थ्इ र शरीरलाई धन ठान्यो र सम्पूर्ण श्रीसम्पत्ति, धन, दौलत, मान प्रतिष्ठा, यश, कीर्ति यावत कुरा यहाँ देहलाई बुझ्यौँ भने यो कुरा सदाका लागि नियम, कानुन, विधि, विधान, संस्कार, बानी, व्यहोरा र आचारण बन्दछन् । यदि हामी आजकै जस्तै दुःख नपर्दासम्म मस्तसँग भ्रष्ट हुने र जब दुःख पर्छ तब के गर्नुपर्ने रहेछ ? भनेर प्रष्ट हुने हो भने त्यो जब प¥यो राति, तब बुढी ताती भने सरी हुनेछ । त्यस्तो अभियानमा हामी पनि सफल हुन सक्दैनौं । किनभने बिग्रेको शरीर एकाएक बन्दैन र कमजोर शरीर एकाएक बलियो र रोगसँग लड्ने डन बन्दैन ।
हाम्रो मन त डन भयो तर तन चाहीँ डन भएन । यदि हामीभित्रको आन्तरिक शक्ति डन नहुँदासम्म हामी बाहिरको डन भनेको खोक्रो घमण्ड, खोक्रो आडम्बर र खोक्रो अहंकार मात्रै हो । जनस शरीर महामारीबाट लड्न, भिड्न र पार पाउन सक्छ त्यो शरीर नै डन हो, त्यो शरीर नै तन हो, त्यो शरीर नै धन हो, त्यो शरीर नै मन हो र त्यो शरी नै जन हो । अघिपछि भ्रष्ट भएपनि यतिबेला भने हामी प्रष्ट छौं कि हामी जसरी पनि विश्वव्यापी फैलिएको कोरोना भाइरसबाट सहजै लड्न सक्छौँ र पार पाउन सक्छौं, आशा गरौं ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here