- Advertisement -spot_img
Sunday, June 13, 2021
HomeUncategorizedगुणात्मक शिक्षामा जोड

गुणात्मक शिक्षामा जोड

- Advertisement -spot_img

दाङमा नीजि र सामुदायिक गरी करिब छसय बढी विद्यालयहरू रहेका छन् । शिक्षाको उज्यालो ज्योति प्रदान गरी बालबालिकाको सुन्दर भविष्य निर्माणका लागि सबै विद्यालयले विभिन्न प्रयास गरेका छन् । घोराहीको जनज्योति विद्यामन्दिर पनि शिक्षाको गुणस्तरितामा अब्बल विद्यालय हो । विद्यालय स्थापनाको यस अवधिसम्म विद्यालयले अभिभावक तथा विद्यार्थीको मन जित्न सफल भएको छ । विद्यालयका गतिविधि, आगामी नयाँ शैक्षिक सत्रका योजना, कोरोना भाइरसको सन्त्रासले यस वर्षको विद्यार्थीमा असर प¥यो कि परेन ? लगायतका विषयमा केन्द्रित रहेर जनज्योति विद्यामन्दिरका प्रिन्सिपल पिताम्बर शाहसँग कुराकानी गरेका छौं । – सम्पादक

प्रस्तुतिः सपना बोहरा
भर्ना अभियान कसरी
सञ्चालन हुँदैछ ?
नयाँ शैक्षिक सत्रको लागि हामीले थुप्रै योजनाहरू बनाएका छौँ । विद्यालयमा धेरैभन्दा धेरै विद्यार्थीहरू लाभाम्वित बनाउने योजना बनाएको छौँ । समयसापेक्ष र गुणस्तरिय शिक्षा नै हाम्रो मुख्य प्राथमिकता हो । विभिन्न एक्सट्रा करिकुलमदेखि अन्य सैद्धान्तिक क्रियाकलाप, शैक्षिक क्रियाकलाप बनाउने कार्ययोजना बनाएका छौँ । अझै त्यसमा थपघट गर्ने गृहकार्य गरिरहेका छौँ ।
कोरोनाको त्रासले कक्षा ९ सम्मको परीक्षामा समस्या भयो ?
यो परीक्षा अलि चाडै नै भएको होे । किनभने हामी सबैलाई जानकारी भएकै कुरा हो । विश्वमा यो कोरोना भाइरसको संक्रमणले गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा एक किसिमको मानव जगत्लाई नै चिन्तित बनाएको छ । हामीलाई पनि लाग्छ नेपाल सरकारले जनताको सुरक्षाको लागि योजना बनाएको हुनुपर्छ । सबै वर्षहरूमा चैतको पहिलो हप्ताको करिब–करिब अन्तिम दिनहरू ६ वा ७ गतेबाट परीक्षा शुरू हुने गरेको थियो । अहिले आएर चैतको ५ गतेसम्म सबै परीक्षा सक्नुपर्ने बाध्याताका बीच परीक्षा सकिएको छ । यो हिसाबले यो परीक्षा त चाँडै नै हो यहाँको सन्दर्भमा ।
सबै कोर्षहरू पढाएर सकिएको थियो त ?
एकदमै । प्रायजसो निजी विद्यालयहरूले लगभग कक्षा १० (एसईई) को मंसिर महिनाभित्र नै सबै कोर्षहरू पढाएर सकिसकेका हुन्छौँ । हाम्रो त्यो अनुसारको पहिले नै विद्यालयको तालिका बनिसकेको हुन्छ । हामी त्यही अनुसार परीक्षाको तयारी गरिरहेका हुन्छौँ । यदि नभएपनि पुस महिनासम्म त सबै पाठ्यक्रममा कोर्षहरू सक्नुपर्ने हुन्छ । किनभने माघ महिनामा विद्यार्थीहरूको प्रिटेष्ट हुने गर्छ । त्यसकारण पनि हामीहरूको कोर्ष त पहिले नै सकिसकेको अवस्था हो ।


एसईईबाहेक अन्य कक्षाको विद्यार्थीहरूको कोर्ष नि ?
अन्य कक्षाहरूको पनि विद्यालयको तालिकाअनुसार फागुन महिनामा सबै कोर्षहरू रिभिजन गर्नुपर्ने नीति हो । त्यसकारणले गर्दा पनि साना कक्षाहरूको त झन् माघ महिनामै कोर्षहरू सकिएको अवस्था हो भने अन्य कक्षा फागुन महिना भरी दोहरिने हिसाबले केही कक्षाहरूको अपवादबाहेक हामीले करिब–करिब एक महिना दोहो¥याउने समय भएकाले त्यस्तो समस्या परेन । सबै कक्षाका पाठ्यक्रम समयमै सकिएको थियो । तयारी पनि राम्रो नै गराएका छौँ विद्यार्थीहरूलाई ।
के कोरोनाको डर त्रास विद्यार्थीहरूमा देखियो ?
विद्यार्थीहरूमा मनस्थितिमा केही डर त्रास चाहिँ देखिएको हो । तर हामीले चाहिँ उनीहरूलाई पनि धेरै सचेत सजग बनायाँै । अहिले मिडिया र अभिभावकहरू पनि धेरै सचेत भएकाले कोरोना भाइरसको कारणले त्रासमय वातावरण भईरहेको महसुस पाएनौँ ।
चाँडै नै परीक्षा सक्नुपर्ने सरकारले निर्देशन दिएपछि विद्यार्थीहरूमा कस्तो प्रभाव प¥यो ?
विद्यार्थीहरूमा यसले खासै त्यस्तो प्रभाव परेको जस्तो हामीलाई लागेन । बरू विद्यार्थीहरूमा सामान्यरूपमा मैले के देखेको छु भने चाँडै नै परीक्षा सकाएर लामो समयसम्म बिदा मनाउन पाईने भयो भनेर उत्साहित भएको पाएको छु । चाँडै नै परीक्षा हुने भयो भनेर विद्यार्थीहरूमा निरास नभएको मैले पाए ।
विद्यालयलाई उचाईमा ल्याउने मुख्य भूमिका कसको हुन्छ होला ?
विद्यालयलाई यहाँसम्मको ल्याउनको लागि यसमा सबै इन्टायर स्टाफ टिमहरूलाई नै जान्छ क्रेडिट जान्छ । किनभने हरेक तहमा हरेक तर्फबाट सहयोग नहुने हो भने यो सम्भव हुने थिएन् । विद्यालयलाई यहाँसम्म चिनाउनको लागि विद्यार्थी, अभिभावक, विद्यालयका कर्मचारीहरूको समान भूमिका छ । हरेक तर्फबाट सहयोग, सहकार्य नभएको भए यो सम्भव हुने थिएन् । यो डेडिकेटेड टिम सदस्य शिक्षक स्टाफ, हाम्रा अभिभावक अनि शुभचिन्तकहरू सबैको राम्रो सम्बन्ध हुनु र विद्यार्थीहरू आफैमा सेल्फ मोटिभेटेड भएको पाएका छाँै । अहिले हामी जुन सफलतामा पुगेका छाँै । यसको श्रय सबैलाई बराबरी रूपमा जान्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here