- Advertisement -spot_img
Thursday, June 17, 2021
HomeUncategorizedसामुदायिक रेडियो समुदाय केन्द्रित हुनुपर्ने

सामुदायिक रेडियो समुदाय केन्द्रित हुनुपर्ने

- Advertisement -spot_img

प्रदेश टुडे
घोराही, ५ चैत । नेपालका तीनवटा सामुदायिक रेडियोबाट बंगलादेशको सामुदायिक रेडियोहरूको बारेमा अध्ययन गर्न गएका रेडियोकर्मीहरूले अनुभव आदान–प्रदान गरेका छन् । उनीहरूले बंगलादेशमा एक वर्षको अवधीमा सिकेका अनुभवहरू आदानप्रदान गरेका हुन् ।
नेपालबाट गएका रेडियोकर्मीहरूले दुई देशका सामुदायिक रेिडयोको तुलनात्मक अवस्थाको बारेमा कार्यक्रमको आयोजना गरेर अनुभव आदानप्रदान गरेका थिए । कार्यक्रममा दाङको रेडियो मध्यपश्चिमबाट सहभागी मेनका घर्तीले एक वर्षको अवधीमा बंगलादेशमा गएर सिकेका ज्ञानहरूको बारेमा जानकारी गराएकी थिईन् । घर्तीले बंगलादेशमा भएका सामुदायिक रेडियोले दिने विषयवस्तु, अवधारणालगायतका कुरा बताइन् । ‘बंगलादेशका रेडियोहरूमा समाचारभन्दा पनि धेरैजसो नाटक कार्यक्रमहरू हुन्छन्’ उनले भनिन्–‘त्यो पनि स्थानीय भाषामा स्थानीय व्यक्तिहरू नै सक्रिय हुन्छन् ।’
बंगलादेशमा रहेका सामुदायिक रेडियोहरूले विशेषगरी शिक्षा र स्वास्थ्यसँग सरोकार राख्ने विषयहरूलाई उठाउने गरेको उनले बताइन् । २० प्रतिशतमा रेडियोका कर्मचारी र ८० प्रतिशत स्वयम्सेवकले चलाएको उनले बताईन् । सामुदायिक रेडियोहरूमा बंगालदेशको सरकारले छुट्टै ऐन नियम बनाएको बताउँदै एक वर्षको अवधिमा सामुदायिक रेडियो र समुदायको सम्वन्धको बारेमा बुझ्न पाएको उनको भनाइ छ । त्यसैगरी कार्यक्रममा रेडियो धादिङका राजेश रम्तेलले समुदायमा रेडियो श्रोता क्लवहरू गठन गरी समुदायलार्ई सामुुदायिक रेडियोप्रति आकर्षण गर्ने गरेको जानकारी गराए ।
रेडियो सिन्धु सिन्धुपाल्चोकका चन्द्रकला खत्रीले सामुदायिक रेडियोहरूका लागि बंगलादेशमा छुट्टै नीतिको व्यवस्था रहेको बताइन् । बंगलादेशका सामुदायिक रेडियोहरूको तुलनामा नेपालका सामुदायिक रेडियोहरू बढी स्वतन्त्र रहेको जानकारी गराईन् । कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरूलाल चौधरीले परिवर्तनको मुख्य आधार शिक्षा र स्वास्थ्य रहेको बताए ।
अमार्क एशिया प्यासिफिक रिजनल अफिस र सामुदायीक रेडियो मध्यपश्चिम दाङको आयोजनामा भएको अनुभव आदानप्रदान कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख चौधरीले शिक्षा र स्वस्थ नागरिकबिना देश बलियो नहुने भएकाले बंगलादेशका सामुदायिक रेडियोहरूले उठाउने गरेको शिक्षा र स्वास्थ्यको कुरा नेपालका सामुदायिक रेडियोहरूले पनि अझ बढी प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
रेडियोहरू व्यवसायीकरण भएको र धेरै युवायुवतीहरूलाई रोजगारी दिदै नागरिकलाई सञ्चारसँग जोड्ने काम गरेको बताए । नेपालका सामुदायिक रेडियोले नेपालको आर्थिक, सामाजिक र राजनैतिक विकासमा समेत महत्वपूर्ण भूमिका खेलेको बताए ।
अको¥यावका जिल्ला अध्यक्ष एवं रेडियो मध्यपिश्चम सञ्चालक समितिका अध्यक्ष मधुसुदन वैद्यको अध्यक्षतामा भएको कार्यक्रम भएको हो । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन र रेडियो स्वर्गद्वारीका सम्पादक बसुन्धरा गौतमले दक्षिण एशियामै नेपालका सामुदायिक रेडियोले बेग्लै पहिचान दिन सफल भएको बताउँदै नेपालका सामुदायिक रेडियोहरू स्वतन्त्र रहेको बताएका थिए । कार्यक्रमको सहजीकरण सपना बोहराले गरेकी थिईन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here