- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeसम्पादकीयएसईर्ईको महत्व

एसईर्ईको महत्व

- Advertisement -spot_img

सम्पादकीय
फलामे ढोकाको रूपमा रहेको एसएलसी परिमार्जन भएर अहिले एसईई भएको छ । अन्तिम चरणमा आएर चैत ६ गतेदेखि हुने भनेको यस वर्षको एसईई परीक्षा स्थगन भएको छ । कोरोना प्रभावका कारण परीक्षा स्थगन भएको हो । पाँच लाख विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । तत्कालको अवस्थामा एसईइको परीक्षार्थी अन्यौल हुन अवस्था आएको छ । परीक्षामा नियमित र एक्जाम्टेड गरी दुई समूह परीक्षामा सहभागी हुँदैछन । एसईईमा सहभागी हुने विद्यार्थीको संख्या अघिल्लो वर्षको तुलनामा केही बढेको देखिएको छ । दाङमा एसईई परीक्षा सञ्चालनको लागि ४५ वटा परीक्षा केन्द्र निर्धारण गरेर जिल्लाका १२ हजार सात सयजना विद्यार्थी परीक्षामा सहभागी हँुदैछन् । दुई सय सामुदायिक विद्यालय र निजी विद्यालयका विद्यार्थीहरू परीक्षामा सहभागी हँुदैछन् ।
माध्यमिक परीक्षा बोर्डले नै यस वर्ष पनि एसईईको परीक्षाको व्यवस्थापन गरेको छ । केही तयारी मात्र प्रदेशले गरेको देखिन्छ । एसईई परीक्षा सञ्चालन प्रदेशबाटै हुने भनिएको भए पनि केन्द्रबाटै सञ्चालन भइरहेका छन् भने ब्यवस्थापन प्रदेशले गरिरहेको छ । यसले संघीयताको कार्यान्वयनमा अधिकार प्रत्यायोजन गर्न सबै निकायले हात बाँधिरहेको प्रष्ट हुन्छ । एसईई प्रदेशको ब्यवस्थापनमा हुने देख्दा परीक्षाको अधिकार क्रमिकरूपले सर्ने तयारी पनि मान्न सकिन्छ । एसईई परीक्षा पहिलोपटक सातवटै प्रदेशको ब्यवस्थापनमा सञ्चालन हुने परीक्षाको अस्तित्व पनि प्रदेशमा पुगेको मान्न सकिन्छ । प्रश्नपत्र पनि प्रदेश अनुसारकै तयार पारिएको सार्वजनिक भएको छ । तर ती प्रश्नपत्र केन्द्रले नै बनाएको छ । तर त्यसका लागि प्रश्नपत्र र उत्तरपुस्तिका परिक्षणको जिम्मा पनि प्रदेशमै आउन सकेका प्रदेशको शिक्षा अधिकार देखिने छ । प्रश्नपत्र निर्माण र उत्तरपुस्तिका परिक्षणको काम भने पूर्ववत अवस्थामै केन्द्रले राख्नुले प्रदेशलाई परीक्षा सञ्चालनमा विश्वास नगरेको देखिन्छ । १२ कक्षालाई राष्ट्रिय परीक्षाको रूपमा लिए पछि एसईईलाई प्रदेशबाट सञ्चालन गर्नु उपयुक्त हुन्छ ।
नेपाल संघीय संरचनामा गएसँगै स्थानीय तहहरूले कक्षा ८ को परीक्षा आफ्नो नीति अनुसार सञ्चालन गरिरहेका छन् । स्थानीय तहले दोस्रो वर्ष कक्षा ८ को परीक्षा गरिसके । एसईई परीक्षा प्रदेशले गर्ने तयारी पनि विगतको वर्षदेखि नै भएको हो । तर अधिकार प्राप्त भएको छैन । यो वर्ष ब्यवस्थापनको जिम्मा आउनुले अबको एसईई प्रदेशबाटै हुने निश्चित देखिन्छ । परीक्षा जुन निकायले गरे पनि त्यसलाई मर्यादित, अनुसासित र सभ्य बनाउन सबै जिम्मेवार बन्नुपर्छ । परीक्षालाई मर्यादित बनाउन विद्यार्थी शिक्षक मात्रै हैन सरोकार राख्ने निकाय कटिबद्ध हुनसकेमा एसईईको मर्यादा कायम रहिरहने छ । यस पटकको एसईईमा गम्भीर हुनुपर्ने अवस्था आएको छ । कोरोनाको प्रभाव विश्वभरी फैलिरहेका बेला यसमा सचेत हुनुपर्ने भन्दै स्थगन भएको परीक्षा अन्योलमा जानु हुँदैन । विद्यार्थीहरूको निकास हुन जरूरी छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here