- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeफिचरलालपूर्जा माग्दै सुकुम्बासी

लालपूर्जा माग्दै सुकुम्बासी

- Advertisement -spot_img

उमा भण्डारी
तुलसीपुर, ५ चैत।

तुलसीपुरका विभिन्न स्थानमा बसोबास गर्दै आएका सुकुम्बासीहरूले लालपूर्जाको व्यवस्था गरिदिन सरकारसँग माग गरेका छन्।

पुस्तौँदेखि एउटै थलोमा गुजारा गर्दै आएको भएपनि अहिलेसम्म जमिनको लालपूर्जा देख्न नपाएको उनीहरूको गुनासो छ।

राज्य सञ्चालन गर्ने नेतृत्वले पटक–पटक आश्वासन मात्र दिएको भन्दै अनिवार्य रूपमा लालपूर्जा उपलब्ध गराउनुपर्नेमा उनीहरूले जोड दिएका छन्।

मंगलबार नेपाल महिला एकता समाजको आयोजनामा भएको स्थानीय निकायसँग समन्वय तथा सञ्जाल विस्तार कार्यक्रमका अवसरमा उनीहरूले यस्तो माग गरेका हुन्।

उपमहानगरका १९ वटै वडामा बसोवास गर्ने सुकुम्बासीहरूले स्थानीय निकायमार्फत आफूले भोगचलन गर्दै आएको जग्गाको लालपूर्जा उपलब्ध हुनुपर्ने माग राखेका छन्।

कर शुल्क तिर्ने वा घरको भाडा तिर्ने भन्ने विषयमा समेत सरकारको ध्यानाकर्षण हुन जरूरी रहेको उनीहरूको भनाई छ।

आर्थिक समस्या एकातिर र जग्गाको लालपूर्जा नहुँदाको अर्को समस्याले आफूहरू बर्षौदेखि अन्यायको चपेटामा पर्दै आएको तुलसीपुर ६– वरपिपल चौतारी टोल निवासी देउपुरी नेपालीले बताईन्।

ऐलानी जग्गामा बसोबास गर्दै आएकी नेपाली जग्गाको लालपूर्जा नहुँदा श्रेस्ता धनीहरूले समेत आफूलाई फरक व्यवहार गर्दै आएको बताईन्।

पूर्वाधार विकासका नाममा आफूहरूबाट शुल्क उठाउने तर सेवा सुविधा प्रदान नगर्ने जस्ता हेपाहा प्रवृति झेल्दै आएको उनले बताईन्।

‘लालपूर्जा धनीहरूले केही काम गर्नुप¥यो भने हामीलाई छुट्याएर छुट्टै समूह गठन गरी काम गर्ने, विकासे बजेट प्रयोगमा ल्याउने गर्दछन्’ उनले भनिन्–

‘के हामी स्थानीय विकासका लागि बाधक हौँ ? यदि होईन भने विकासका काममा हामीलाई पनि समेट्न जरूरी छ।’ पटक–पटक आफूहरूलाई पन्छ्याउँदै आफ्नै भूमीमा विकासे बजेट लगाउने गरेको उनको आरोप छ।

यस्तै तुलसीपुर–९ निवासी गंगा सुनारले स्थानीय सरकारले आफूहरूलाई आश्वासन मात्र दिदै आएको बताईन्।

भएको घरबासको कुनै टुङ्गो नहुँदा आफ्ना छोराछोरीलाई कसरी संरक्षण गर्ने भन्ने विषय चुनौती बन्दै गएको उनको भनाई छ।

पूर्खाले खनजोत गरेर खाएका जमिन आज आफ्ना हुन सकेका छैनन्, त्यसैमाथि सरकारले समय–समयमा डोजर लगाउने धम्की दिन्छ’ उनले भनिन्– ‘हामीले जस्तै हाम्रा छोराछोरीले पनि दुःख नपाउन भन्ने ईच्छा छ, तर खै कहिले त्यो ईच्छा पूरा हुने हो ?’

ज्याला मजदुरीका भरमा जीविकोपार्जन गर्दै आएका अन्य सुकुम्बासीहरूले पनि यस्तै समस्या भोग्ने गरेको उनीहरूको भनाई छ।

भोगचलन गर्ने भूमि हुँदाहुँदै पनि घरवासबिहीन हुने डरले कोठा भाडामा बसेर दैनिकी चलाउनुपरेको टिका सिजारी मगरले बताईन्।

यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं ६ की वडा सदस्य यमुना परियारले सरकारले सुकुम्बासीहरूको समस्या बुझ्न जरूरी रहेको बताईन्।

बर्षौँदेखि पीडा झेल्दै आएका सुकुम्बासीहरूलाई जति सक्दो चाँडो लालपूर्जा उपलव्ध गराउन आवश्यक रहेको औँल्याईन्। उनले लालपूर्जाको माग राख्दै प्रदेश सरकारलाई ज्ञापनपत्र समेत बुझाएको जानकारी दिईन्।

‘लालपूर्जाको माग गर्दै कहिले कहाँ कहिले कहाँ पुग्ने गरेका छौँ, उनले भनिन्– ‘संवेदनशील कुरालाई सरकारले बुझ्न जरूरी छ, नागरिक निर्धक्क भएर बस्न पाउनुपर्ने मेरो पनि माग हो।’

सुकुम्बासीको पीडा, समस्या र कठिनाईहरू आफूले समेत प्रत्यक्ष भोगेको बताउँदै सरकारले जग्गाको आधारमा वर्ग वर्गीकरण गरिदिए केही हदसम्म राहत पुग्न सक्ने उनको भनाई छ।

स्थानीय सरकारले यस क्षेत्रका सुकुम्बासीहरूको पहिचान गरी उनीहरूलाई व्यवस्थित गर्नका लागि योजना तथा आवश्यक प्रक्रिया अगाडी बढाईसकेको जानकरी दिईन्।

उपमहानगरका १९ वटै वडामा रहेका वास्तविक सुकुम्बासी पहिचानका लागि सर्वेक्षण गर्ने काम समेत सुरू गरिने बताईन्।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here