Friday, April 19, 2024
Homeमुख्य खबरशान्ति समाजको सजगता अभियान

शान्ति समाजको सजगता अभियान

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, ५ चैत।

कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि मानवअधिकार तथा शान्ति समाजले सजगता अभियान दाङसहित देशभर मंगलबारबाट शुरू गरेको छ। समाजले कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न सजगता अभियान शुरू गरेको हो।

शान्ति समाजले पाँचबुदे ध्यानाकर्षण पत्र प्रमुख जिल्ला अधिकारीलाई बुझाउँदै अभियानको सुरू गरेको हो।

शान्ति समाज दाङ शाखाले पनि कोरोना भाईरस नियन्त्रण रोकथामका लागि सजगता अभियान शुरू भएको जनाएको छ।

शान्ति समाजले राज्यसँग सहकार्य गर्ने, कालोबजारी रोक्न अनुगमन गर्ने, आपूर्ति ब्यवस्थालाई सहज गराउन उचित कदम चाल्न जोड दिने,

अराजकता अव्यवस्था, कानुन बिहीनताको स्थिति उत्पन्न हुन नदिन नागरिक खबरदारीका साथै नागरिक सहकार्यमा जोड दिन प्रमुख जिल्ला अधिकरीलाई ध्यानाकर्षण पत्र बुझाएको छ।

देशमा अभाव र असुरक्षाको स्थिति उत्पन्न हुन नदिन राज्य, राजनीतिक समाज, नागरिक समाजसग जोड र पूर्व सतर्कता अधिक सावधानी र सरसफाई अभियानको विस्तारमा जोड दिन प्रस्तुत ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ।

ध्यानाकर्षण पत्र शान्ति समाजका केन्द्रीय महासचिव सुशील बस्नेत, केन्द्रीय सुशासनका समितिका संयोजक निर्मल नेपाली, शाखाका कार्यबाहक सभापति तुलसीराम सुनार र सचिव निर्मला डाँगीको टोलीले प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाललाई बुझाएको हो।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here