- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरडाँगीको श्रद्धाञ्जलीसभा

डाँगीको श्रद्धाञ्जलीसभा

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, ५ चैत।

नेपाल विद्यार्थी संघ तुलसीपुरले स्वर्गीय हिरा डाँगीको सम्झनामा तुलसीपुरमा शोकसभा गरेको छ।

सोमबार खुकुरी प्रहारबाट निधन भएका डाँगीको सम्झनामा मंगलबार श्रद्धाञ्जलीसभा गरेको हो।

नेविसंघ राप्ती बबई क्याम्पसका उपसभापतिसमेत रहेका डाँगीको निधनप्रति संघले दुःख व्यक्त गरेको छ। संघका नगर संयोजक राजिव पाण्डेको अध्यक्षतामा श्रद्धाञ्जलीसभा भएको हो।

श्रद्धाञ्जली सभामा नेपाल तरूण दल दाङका अध्यक्ष टिका घर्ती, नेपाली काँग्रेस तुलसीपुर–९ का कार्यबाहक सभापति मुक्तिप्रसाद न्यौपाने,

नेपाल विद्यार्थी संघ दाङका कोषाध्यक्ष अरूण लहरे, फुटबल युनिभर्सल क्लवका सुरज वली, परिवारका तर्फबाट दाजु भूपेश डाँगी, नेपाल दलित विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष खेमराज विक लगायतले डाँगीले पु¥याएको योगदानको चर्चा गरेका थिए।

फुटबल खेलाडीसमेत रहेका डाँगीलाई गुमाउँदा आफूहरू अत्यन्त दुखी रहेको भन्दै संघले शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ।

शोकसभामा बोल्ने वक्ताहरूले दोषीलाई कारवाही नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्। संघले डाँगीको सम्झनामा १३ दिनसम्म तुलसीपुर उपमहानगर–पालिकाभरी कुनै सार्वजनिक कार्यक्रम नगर्ने शोकसभामा पारित गरेको छ।

त्यसैगरी १३ दिनसम्म नेविसंघको झण्डा आधा झुकाउने, तुलसीपुर क्षेत्रमा रहेका विभिन्न क्याम्पसहरूमा शोकसभा गर्ने जनाएको छ। कार्यक्रमको सहजीकरण नेविसंघका नेता विदुरराज गौतमले गरेका थिए।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here