- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeफिचरएसईईका ४५ परीक्षा केन्द्र

एसईईका ४५ परीक्षा केन्द्र

- Advertisement -spot_img

उमा भण्डारी
दाङ, ४ चैत ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनका लागि दाङमा ४५ परीक्षा केन्द्र तोकिएको छ । दाङमा यस वर्ष एक परीक्षा केन्द्र थप गरिएको छ ।

गत वर्ष ४४ परीक्षा केन्द्रमार्फत विद्यालय शिक्षा परीक्षा (एसईई) सञ्चालन हुने भएको छ । परीक्षा आगामी चैत ६ गतेदेखि सञ्चालन हुँदैछ ।

परीक्षामा जिल्लाका २ सय १२ विद्यालयका करिब १२ हजारभन्दा बढी विद्यार्थीहरू सहभागी हुँदैछन् ।

एसईई परीक्षा सञ्चालनका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्ड घोराहीले जानकारी दिएको छ ।

आगामी चैत ६ गतेदेखि सञ्चालन हुने एसईई परीक्षाका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी पूरा गरिएको राष्ट्रिय परीक्षा बोर्ड घोराहीका प्रमुख रामलाल खड्काले बताए ।

परीक्षामा निजी विद्यालयबाट १ सय १२ वटा र सामुदायिक तर्फका १ सय वटा विद्यालयबाट १२ हजार ७ सय ८१ जना विद्यार्थीहरू सहभागी हुँदैछन् ।

जसमध्ये ६ हजार ८ सय छात्रा रहेका छन् । ५ हजार ९ सय ८१ छात्र परीक्षार्थीहरू रहेका छन् । परीक्षामा नियमिततर्फ ५ हजार ६ सय ७६ छात्र र ६ हजार ४ सय ३८ छात्रा गरी जम्मा १२ हजार १ सय १४ परीक्षार्थीहरू रहेका छन् ।

त्यसैगरी गे्रड वृद्धितर्फ १ सय ३३ जना छात्र र १ सय ७१ गरी जम्मा ३ सय ४ जना परीक्षार्थीहरू परीक्षामा सहभागी हुँदैछन् ।

त्यस्तै प्राविधिकतर्फको परीक्षामा १ सय ५१ छात्र र १ सय ४१ छात्रा गरी २ सय ९२ जना विद्यार्थीहरूले एसईई परीक्षा दिन लागेको खड्काले बताए ।

परीक्षालाई व्यवस्थित र मर्यादित बनाउनका लागि सुरक्षा व्यवस्था, प्रश्नपत्रको व्यवस्थापन, उत्तरपुस्तिका व्यवस्थापन लगायत आवश्यक परीक्षा सामाग्रीहरू समेत तयारी अवस्थामा रहेको उनले बताए ।

प्रश्नपत्र सम्बन्धित परीक्षा केन्द्र नजिकैको प्रहरी प्रशासनलाई जिम्मा दिइसकेको जानकारी दिए ।

केन्द्राध्यक्षहरूलाई अभिमुखीकरण

चैत ६ गतेदेखि सञ्चालन हुने एसईई परीक्षाको पूर्वतयारीका विषयमा केन्द्राध्यक्षहरूलाई एकदिने अभिमुखीकरण गराइएको छ ।

]सोमबार राष्ट्रिय परीक्षा बोर्ड घोराहीको आयोजनामा ४५ परीक्षा केन्द्रका केन्द्राध्यक्ष, प्रहरी प्रशासन, विभिन्न प्रशासनिक निकायहरूसँग छलफल गरिएको हो ।

छलफलमा परीक्षालाई कसरी अनुशासित र मर्यादित बनाउन सकिन्छ भन्ने विषयमा छलफल गरिएको राष्ट्रिय परीक्षा बोर्ड घोराहीका प्रमुख रामलाल खड्काले जानकारी दिए ।

परीक्षामा हुनसक्ने त्रुटीहरूलाई कम गर्नका लागि सरोकारवाला निकायहरूसँग छलफल गरिएको बताए । ‘विगतमा कहिले प्रश्नपत्र नपुग्ने, उत्तरपुस्तिका नपुग्ने जस्ता समस्याहरू देखिने गरेको थियो’ उनले भने– ‘यस पटक त्यस्तो हुनेछैन ।’

उनले कुनै विषयको प्रश्नपत्र नपुग्ने र अस्पष्ट हुने जस्ता समस्याहरू अहिले एसईई परीक्षामा नहुने उनले बताए ।

त्यसैगरी परीक्षार्थीहरूलाई बाधा सिर्जना हुन नदिनका लागि सुरक्षा व्यवस्था कडा गरिएको छ । प्रत्येक परीक्षा केन्द्रमा १० देखि १५ जना सुरक्षाकर्मीहरू खटाईने छ ।

परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ । त्यसैगरी उनले सम्पूर्ण परीक्षार्थीहरूलाई डर र त्रासभन्दा बाहिर रहेर परीक्षामा सहभागी हुन आग्रह गरेका छन् ।

पछिल्लो समय आमनागरिकमा कोरोना भाइरसको त्रास फैलिएको भन्दै विद्यार्थीहरूलाई उनले यस्तो आग्रह गरेका हुन् ।

अहिलेसम्म नेपालमा कोरोनाको असर नदेखिएको उनले बताए । डर नभई सर्तकता अपनाई परीक्षामा सहभागी हुन सबै परीक्षार्थीहरूलाई अनुरोध गरेका छन् ।

प्रत्येक केन्द्रमा आइसोलेसन कक्ष

अहिले कोरोना भाइरसको त्रास छ । तर, विद्यार्थी डराउनुपर्ने अवस्था छैन । नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमण देखिएको छैन ।

तर विद्यार्थी भने सचेत हुनु आवश्यक छ । विद्यार्थीमा रूघा, खोकी, ज्वरोलगायत समस्या देखिए छुट्टै कक्षमा राखेर परीक्षा दिने व्यवस्था छ । प्रत्येक केन्द्रमा हेल्थ डेक्स र आइसोलेसन कक्ष राखिने भएकाले निर्धक्क भएर परीक्षा दिँदा हुन्छ ।

चिटिङ र होहल्ला गरे कारबाही

विद्यार्थीले वर्षभरि अध्ययन गरेको ज्ञान, सीप र अनुभव उत्तरपुस्तिकामा लेख्ने हो । प्रश्नले मागेको कुरा उत्तरपुस्तिकामा लेख्ने हो ।

परीक्षाको समयमा चिटिङ गरे, होहल्ला गरेमा विद्यार्थी कारबाहीमा पर्छन् । परीक्षा हलमा गाइड, नोट बुक, इलेक्ट्रोनिक डिभाइस लैजान रोक लगाइएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here