- Advertisement -spot_img
Friday, June 18, 2021
Homeफिचरगिरी प्रदेशसभा चयन

गिरी प्रदेशसभा चयन

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, ४ चैत ।

प्रदेश नम्बर ५ को रिक्त प्रदेशसभा सदस्य पदमा दाङका शंकर गिरी चयन भएका छन् । नेपाली काँग्रेसको सिफारिसमा गिरी प्रदेशसभा सदस्य नियुक्त भएका हुन् ।

निर्वाचन आयोगको बैठकले गिरीलाई प्रदेशसभा सदस्यमा निर्वाचित भएको घोषणा गरेको छ । विपक्षी दल नेपाली काँग्रेसका नेता बलदेव शर्मा पोखरेलको निधन भएपछि प्रदेशसभामा काँग्रेसको तर्फबाट समानुपातिकतर्फ एक सदस्य पद रिक्त थियो ।

गिरीलाई सोही रिक्त पदमा नियुक्ती गरिएको हो । काँग्रेसले भने केही दिन अघि नै गिरीको नाम निर्वाचन आयोगमा रिफारिस गरेको थियो ।

निर्वाचन आयोगले गिरीलाई आइतबार निर्वाचित भएको घोषणा गरेको र छिट्टै राजपत्रमा प्रकाशित गर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।

‘आयोगबाट निर्णय भएको छ, राजपत्रमा प्रकाशित गर्ने र प्रदेश प्रमुखलाई लेखेर पठाउने काम हामी गर्छाैं’ उनले भने ।

निर्वाचन आयोगले प्रदेश प्रमुखलाई जानकारी गराएपछि प्रदेश प्रमुख कार्यालयले प्रदेशसभालाई जानकारी दिने र सभामुखबाट सपथ ग्रहण लिएपछि गिरीले प्रदेशसभामा प्रवेश पाउने छन् ।

राजनीतिक यात्रा

करिब पाँच दशकदेखि राजनीतिमा होमिएका गिरी दाङ काँग्रेसका पुराना र सक्रिय नेता हुन् । उनलाई वीपीको समाजवाद र दर्शनका अनुयायी, कुशल राजनीतिज्ञ भनेरसमेत चिनिन्छ ।

उनले २०२७ साल पुस १ गते १६ वर्षको कलिलो उमेरमा तत्कालीन राप्ती अञ्चलाधीश कार्यालयको गेटमा कालो झण्डा गाडेर सक्रिय राजनीति सुरू गरेका थिए ।

नेपालगंजदेखि दाङमा पटक–पटक गरी गिरफ्तार, हिरासत तथा नजरबन्दमा परेका गिरी पटक–पटक पार्टीको आन्तरिक गुटबन्दीको शिकार भएका छन् ।

वीपी कोइरालाद्वारा अनुमोदित २०३६ को जनमत संग्रहमा बहुदल प्रचार समिति नेपाली काँग्रेस दाङको सचिव भएका गिरी २०४० सालमै राप्ती अञ्चल केन्द्रीय सम्पर्क समितिको सदस्य भएका थिए । उनले पार्टीको नवौं, दशौं, एघारौं, बाह्रौं र १३औं महाधिवेशनमा प्रतिनिधित्व गरेका थिए ।

पार्टीको आठौँ महाधिवेशनमा उनी दाङको तत्कालीन क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापतिमा १ मतले पराजित भएका थिए भने १२औं महाधिनेशनमा नेपाली काँग्रेस दाङको सभापतिमा उम्मेदवारी दिएका थिए । दोस्रो चरणको निर्वाचनमा उनी पराजित भए ।

आगरा विश्वविद्यालयबाट इतिहास र राजनीतिशास्त्रमा स्नातक गरेका गिरी २०४० देखि २०४९ सम्म अमर माध्यमिक विद्यालय उरहरीमा प्रधानाध्यापक भई सक्रिय शैक्षिक नेतृत्वसमेत गरेका थिए ।

२०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागिता जनाएका गिरी २०५९ पछिको हरेक आन्दोलनमा नेतृत्वदायी भूमिकामा रहेका छन् । उनी काँग्रेस दाङका पूर्वसचिव पनि हुन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here