- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरखुकुरी प्रहार गरी डाँगीको हत्या

खुकुरी प्रहार गरी डाँगीको हत्या

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, ४ चैत ।

दाङमा भएको खुकुरी प्रहारबाट सल्यानको त्रिवेणी गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीका छोराको हत्या भएको छ ।

दाङको तुलसीपुर उपमहानगर–पालिका वडा नं.५ निवासी २३ बर्षीय हिरा डाँगीमाथि तुलसीपुर–६ रजौरामा सोमबार बिहान १ बजेतिर खुकुरी प्रहार भएको प्रहरीले बताएको छ ।

तुलसीपुरका अमृत खड्का लगाएको चार/पाँचजना युवाहरूको समूहले डाँगीमाथि सामान्य विवादमा खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको र उपचारका क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख हरिहरनाथ योगीले जानकारी दिए ।

घाइते डाँगीको तुलसीपुरमा प्रारम्भीक उपचारपछि राति नै थप उपचारको लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा लगिएको थियो ।

नेपालगंजमा पनि उपचार सम्भव नभएपछि हेलिकप्टर मार्फत उनलाई उपचारका लागि काठमाडाँै पु¥याइएको थियो । काठमाडौँमा उपचारका क्रममै मुत्यु भएको डिएसपी योगीले बताए ।

डाँगीको खुट्टामा खुकुरी प्रहारबाट गहिरो चोट लागेको हुँदा अत्यधिक रक्तश्राव भएको थियो । घाइते डाँगीको शरीरका अन्य भागमा पनि खुकुरी प्रहारबाट घाउहरू देखिएका छन् ।

फुटबल खेलाडी तथा नेविसंघका नेतासमेत रहेका डाँगी किन रातिमा त्यहाँ पुगेका थिए र किन उनीमाथि खुकुरी प्रहार भयो भन्ने बरे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

खुकुरी प्रहार गर्ने युवाहरूको खोजी तीव्र पारिएको प्रहरीले जानकारी दिएको छ । यस अघि पनि उरहरीमा एक युवाको खुकुरी प्रहार गरेरै हत्या गरिएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here