- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरनमस्तेमा फर्किए बोहरा

नमस्तेमा फर्किए बोहरा

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, ४ चैत ।

नमस्ते राप्ती यातयात प्रालिका संस्थापक उपाध्यक्ष पुन प्रालिमै फर्किएका छन् । प्रालि स्थापनासँगै डेढ वर्षसम्म उपाध्यक्षको जिम्मेवारीमा रहेका ओमकार बोहरा केही समय पहिले त्रिसिद्धेश्वरी राप्ती यातायतामा गएको थिए ।

उनी पुनः नमस्तेमै फर्किएपछि प्रालिले तुलसीपुरमा कार्यक्रमको आयोजना गरी स्वागत गर्दे उपाध्यक्षमै पुनर्बहाली गराएको छ । प्रालिले सोमबार संस्थापक उपाध्यक्ष ओमकार बोहरालाई पुनः स्वागत गरेको छ ।

बोहराले संस्था स्थापना भएको डेढ वर्षसम्म प्रालिमा उपाध्यक्ष पदमा रहेर काम गरेका थिए । नमस्तेले कोरोना भाइरसको सन्त्रासका कारण भारतका लागि जाने बस तत्काललाई रोकेको अध्यक्ष बामदेव खनालले जानकारी दिए । विश्वभर फैलिएको कोरोनाको प्रभावका प्रालिले भारतका लागि दिने सेवा बन्द गरेको उनले बताए ।

प्रालिले सोमबार पत्रकार सम्मेलन गरी कोरोनाको रोकथामका लागि भारत जाने बसहरू केही दिनका लागि बन्द गरेको जनाएको छ ।

कोरोनाको त्रास रोकिएपछि पुनः यथावत रूपमा सेवा सञ्चालन गर्ने प्रालिका अध्यक्ष बामदेव खनालले जानकारी दिए ।

‘भारतसम्म प्रालिबाट सञ्चालन हुने बस केही समयका लागि बन्द गरेका छौँ’ उनले भने– ‘यात्रु महानुभावमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौँ ।’ अध्यक्ष खनालले प्रालिमा रहेका संस्थापन साथीहरूलाई पुनः स्वागत गर्न पाउँदा खुसी लागेको बताए ।

उपाध्यक्ष बोहराले व्यवसायीको हकहितका लागि सधै सक्रिय रहेको भन्दै पुनः पुरानै घरमा आई अझ प्रभावकारी रूपमा जाने बताए । म फेरी पुरानै घरमा फर्किएको छु, उनले भने, यही बसेर व्यवसायी साथीहरूको हित हुने देखे ।

प्रालिले अहिले दाङ, सल्यान, रूकुम, विराटनगर, काठमाडौँ, नेपालगंज लगायतका जिल्लाहरूमा यातायात सेवा दिइरहेको छ । कार्यक्रमको सहजीकरण प्रालिका कार्यालय प्रमुख सुशील न्यौपानेले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here