- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरबालिबालिकासँगै अभिभावक विद्यालयमा

बालिबालिकासँगै अभिभावक विद्यालयमा

- Advertisement -spot_img

दिप्तीशिखा चौधरी
दंगीशरण, ४ चैत ।

कक्षा १ देखि ३ कक्षासम्मका बालबालिकाहरू रमाई–रमाई गृहकार्य गरिरहेको अनि अभिभावकहरू लस्करै बसेर छोराछोरीको क्रियाकलाप हेरिरहेको दृश्य ।

कक्षाकोठा रमाइलो थियो । शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी भएको अनुमान गर्न सकिन्थ्यो ।

अभिभावक पार्वती चलाउनेकी छोरी कक्षा ३ मा आफ्नो छोरीको पछाडि बसेर छोरीको पढाइ क्रियाकलापलाई नियालीरहेकी थिइन् ।

‘सबैले बोर्डिङ स्कुल राम्रो भन्छन् तर मलाई सरकारी स्कुल राम्रो लाग्यो मेडमले प्रश्न नसोध्दै छोरीले उत्तर लेखिसक्छे आजसँगै बसेर पढाको र पढेको हेर्न पाए राम्रो लाग्यो’ चलाउनेले भनिन् ।

दंगीशरण गाउँपालिका हेकुलीमा रहेको वीरेन्द्र माविमा साना कक्षाका विद्यार्थीहरूको सिकाइलाई दिगो बनाउन कक्षाकोठामा आधारित प्रारम्भिक कक्षा पठनसीप परीक्षण शुरू भएको छ ।

कक्षा पठनसीपको सोमबार गाउँपालिका शिक्षा शाखा प्रमुख विनोद अधिकारी र गाउँपालिकाका प्रवक्ता विरबहादुर वलीले अनुगमन गर्न जाँदा यस्तै दृश्य देख्न सकिन्थ्यो ।

अभिभावक खर्के थापाकी छोरी कक्षा १ मा पढ्छिन् । उनी छोरीको पढाइ बुझ्न छोरीसँगै विद्यालयसम्म आएका थिए ।

छोरी पढेको नजिकबाट हेरे र बुझेँ घरमा पनि अभिभावकले हेरविचार गर्नुपर्ने रहेछ भन्ने उनलाई लाग्यो । ‘विद्यालयमा पढाइ राम्रो छ घरमा पनि छोरीछोरीलाई समय दिनुपर्ने रहेछ भन्ने लाग्यो’ थापाले भने ।

खिर्म भण्डारी नातिनीसँगै विद्यालयमा आएर सँगै कक्षामा बसिन् । ‘सरकारी स्कुलको पढाइ त राम्रो छ किन बोर्डिङ भन्दा हुन् मान्छेले’ भण्डारीले भनिन् ।

देवा भण्डारीकी छोरी कक्षा २ मा पढ्छिन् विद्यालयमा छोरीको अनुशासन र पढाइ राम्रो रहेछ उनीसँगै बसेर अनुभव गर्न पाईन् ।

कक्षामा शिक्षिकाहरू सकभर विद्यार्थीले गल्ती नगरोस् भन्ने चाहन्थे । दोहो¥याई दोहो¥याई पढाउँथे । बोलेर पढ्ने र पढाउने शैली विद्यार्थीका लागि उपयुक्त हुन्छ शिक्षिका विन्दु शर्माले प्रतिक्रिया दिईन् ।

कक्षा १ मा शिक्षिका बृन्दा चौधरीले नेपाली विषयको सही उत्तरमा ठिक चिन्ह लगाउन सिकाउँदै थिईन भने शिक्षिका विन्दु शर्मा पाठ पढ्दै उत्तर लेख्न सिकाईरहेकी थिईन् ।

विद्यार्थीहरू ठूलो आवाजमा पाठ पढ्दै उत्तर लेखिरहेका थिए । कक्षा ३ का विद्यार्थीहरूलाई शिक्षिका फ्लोरेन्स राणाले शब्द र वाक्य पहिचान गर्न लगाई उत्तर लेख्न सिकाईरहेकी थिईन् । विद्यार्थीहरू चाख मानेर प्रश्नको उत्तर उत्तरपुस्तिकामा खोज्दै लेख्दै गरेका थिए ।

कक्षाकोठामा आधारित प्रारम्भिक कक्षा पठनसीप परीक्षणका लागि गाउँपालिका शिक्षा शाखाले दंगीशरण गाउँपालिकाका सामुदायिक विद्यालयमा साना कक्षाका विद्यार्थीहरूको कक्षा पठनसीप परीक्षणका लागि यस्तो खालको शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गरेको शिक्षा शाखा प्रमुख अधिकारीे जानकारी दिए ।

यसले साना कक्षाका विद्यार्थीहरूको सिकाइलाई दिगो बनाउन सहयोग पुग्ने उनले बताए । साना बालबालिकाको पढाइमा निखार ल्याउन प्रारम्भीक कक्षा सिप परिक्षण सञ्चालन गर्नु आवश्यक रहेको भन्दै दंगीशरणमा यस्ता किसिमको कार्यक्रमलाई प्राथमिकतामा राखिने प्रवक्ता विरबहादुर वलीले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here