- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeफिचरकोरोनाबाट सजक हुन अपिल

कोरोनाबाट सजक हुन अपिल

- Advertisement -spot_img

प्रदेश टुडे
घोराही, ४ चैत ।

घोराही उपमहानगरपालिकाले कोरोनालाई त्रासको रूपमा नभई सजक हुन अपिल गरेको छ । नगरको विपद् व्यवस्थापन समितिको बसेको बैठकले कोरोना भाईरसको संक्रमण जाँच तथा सचेतिकरणमा स्वास्थ्यकर्मीहरूलाई परिचालन गर्ने निर्णय गर्दै यस्तो अपिल गरेको हो ।

आपतकालिन अवस्थाबाहेक अन्य अवस्थामा स्वास्थ्यकर्मीहरूलाई बिदा नदिने बैठक निर्णय गरेको छ ।

नेपालका छिमेकी देशहरूसँगै विश्वका डेढ सय देशहरूमा फैलिएको कोरोना भाईरसको संक्रमणलाई ध्यान दिदै उपमहानगरले आफ्ना स्वास्थ्य–कर्मीहरूलाई सुत्केरी र किरियापुत्री बाहेक अन्य अवस्थामा बिदा नदिने निर्णय गरेको हो ।

बैठकले तत्कालै स्वास्थ्य जाँचको उपकरण खरिद गरी पश्चिममा नारायणपुर र पूर्वमा कुईरेपानीमा घोराही क्षेत्रमा प्रवेश गर्नेहरूको अनिवार्य स्वास्थ्य जाँच गर्नेसमेत बैठकले निर्णय गरेको छ ।

बैठकमा नगर प्रमुख नरूलाल चौधरीले कोरोनासहित कुनै पनि रोगका विषयमा उपमहानगर गम्भीर रहेको बताउँदै स्वास्थ्यको विषय ध्यान दिन सबैलाई आग्रह गरे ।

खानपान, सरसफाई, भेटघाट र आनीबानीमा स्वास्थ्यकर्मीहरूको सुझावलाई मनन् गर्नसमेत उनले अपिल गरे ।

कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका प्रमुख सुनिता पौडेलले पूर्वतयारीको नाममा होसियारी अपनाउनुपर्ने देखिएको तर त्रासको रूपमा नलिन आग्रह गरिन् ।

वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक शक्तिराम डाँगीले विश्वभरी पैmलिरहेको प्रकोपको सामना होसियारी र सचेतना जगाएर गर्नुपर्ने स्थिति आएको बताए ।

घोराही उपमहानगरको विभिन्न स्वास्थ्य संस्थाहरूमा १ सय १० जना स्वास्थ्यकर्मीहरू कार्यरत रहेका छन् । कार्यक्रमको सहजीकरण शाखा प्रमुख उमेश शर्माले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here