Monday, March 25, 2024
Homeफिचरसिटी हस्पिटलद्वारा सफल शल्यक्रिया

सिटी हस्पिटलद्वारा सफल शल्यक्रिया

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, ४ चैत ।

तुलसीपुरमा रहेको सिटी हस्पिटलले जटिल प्रकृतिका चारवटा शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ । अस्पताललले एकैदिनमा चारजना व्यक्तिको शल्यक्रिया गरेको हो ।

अस्पताल प्रशासनका अनुसार तुलसीपुर–५ निवासी १५ वर्षिय बालकको अण्डकोषको शल्यक्रिया गरिएको छ ।

अस्पतालका सर्जन डा. सुशील खनिया नेतृत्वमा डा. सगुन शर्मा (एनेस्थोसियोलोजिष्ट) लगायतका चिकित्सक टोलीले बटारिएर नष्ट हुन लागेको अण्डकोषको सफल शल्यक्रिया गरेको हो । समयमै हस्पिटल ल्याइएको हुँदा ती बालकको अण्डकोष बचाउन सम्भव भएको वरिष्ठ सर्जन डा. खनियाले बताए ।

यस्तै अस्पतालले तुलसीपुर–१६ निवासी शोभा बस्नेतको एपेन्डीसाईटीसको शल्यक्रिया गरेको छ । एपेन्डीसाईटीस फुटेर गम्भीर अवस्थामा हस्पिटल ल्याइएकी बस्नेतकोे करिब दुई घण्टा लगाएर शल्यक्रिया गरिएको हो ।

त्यस्तै प्यूठान निवासी २८ वर्षीय युवक निमबहादुर घर्तीको पनि फुटेको एपेन्डिक्सको सफल शल्यक्रिया गरिएको छ । अस्पतालले सोही दिन गढवा गाउँपालिका वडा नं. ६ निवासी १९ वर्षिय मोहन भण्डारीको भाँचिएको हातको शल्यक्रिया गरेको छ ।

हाडजोर्नी रोग विशेषज्ञ डा. सवल कृष्ण गैरे नेतृत्वको चिकित्सक टोलीले भाँचिएको हातको सफल शल्यक्रिया गरेको अस्पताल प्रशासनले जानकारी दिइएको छ ।

उपचारका लागि प्यूठानबाट आएका घर्तीको एपेन्डिक्स परफोरेशन हुँदा पेटको भित्री भागमा प्वाल परेको थियो ।

अत्याधिक औषधी सेवनका कारण स्वास्थ्य अवस्था निकै जटिल रहेका घर्तीको साढे एक घण्टा लगाएर शल्यक्रिया गरिएको अस्पतालका निर्देशन हेमराज बस्नेतले जानकारी दिए ।

अस्पतालमा केही दिन पहिले दुई महिलाहरूको एक्टोपीक प्रेग्नेन्सी (नलीमा गर्भधारण) को सफल शल्यक्रिया गरिएको थियो ।

स्थानीयस्तरमै जटिल प्रकृतिका मानिने रोगहरू उपचार एवं शल्यक्रिया सम्भव हुन थालेपछि स्थानीयहरू खुशी भएका छन् । स–साना समस्या लिएर जिल्ला बाहिर जान नपर्ने भन्दै स्थानीयहरू खुशी भएका हुन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here