- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeफिचरटालटुल हुँदै राजमार्ग

टालटुल हुँदै राजमार्ग

- Advertisement -spot_img

उमा भण्डारी
तुलसीपुर, ३ चैत ।

तुलसीपुरको मुख्य बजारभित्र रहेका सडकहरू टाल्न सुरू गरिएको छ । राप्ती राजमार्गको अमिलिया –तुलसीपुर सडकखण्ड मर्मत योजनाअनुसार बजार क्षेत्रका राजमार्गमा पर्ने खाल्डा परेका सडकमा टालटुल सुरू भएको हो ।

साढे ३२ लाखको लागतमा सडकका बीच–बीचमा रहेका खाल्डाखुल्डीहरू पुरी सडकको मर्मत गर्दै कालोपत्रे गर्न थालिएको हो । दुईवटा निर्माण कम्पनीलाई जिम्मा दिएर सडक डिभिजन कार्यालय दाङले मर्मत गर्न लागेको हो ।

सडकले बजारको जीर्ण सडक मर्मत गर्न थाले पनि केही आवागमनमा केही सहज भएको छ । अमिलियाबाट तुलसीपुरको वीरेन्द्र चोकसम्मको २९ किलोमीटरभित्र २६ सय १० वर्ग मीटर सडक मर्मत हुन लागेको हो ।

दुई खण्डमा रहेको सडक वीरेन्द्र चोकबाट मर्मत सुरू गरिएको हो । खाल्डाखुल्डी पुरिएपछि बजारक्षेत्रको आवागमनमा सहजता हुन थालेको छ । यद्यपि निर्माणको गुणस्तरमा भने स्थानीयहरूले आशंका गरेका छन् ।

जीर्ण सडकका कारण दुर्घटना बढ्ने सम्भावना रहेको भन्दै सडक डिभिजन कार्यालय दाङले राप्ती राजमार्गअन्तर्गतका सडकहरूको मर्मत कार्य सुरू गरेको बताएको छ ।

सडक मर्मतका लागि विनियोजित रकम (भ्याटबाहेक) ३२ लाख ५८ हजार ७ सय ५५ ले राजमार्गअन्तर्गत तुलसीपुर–अमिलिया सडकखण्डको मर्मत कार्य सुरू गरिएको सडक डिभिजन कार्यालय प्रमुख निरज शाक्यले जानकारी दिए ।

बजारमा अनावश्यक खाल्डाखुल्डीले सवारी आवागमन तथा पैदल यात्रुले झेल्दै आएको समस्यालाई मध्यनगर गर्दै तुलसीपुर–अमिलिया सडकखण्ड अन्तर्गका खाल्डाखुल्डी पुर्ने काम भईरहेको उनले बताए ।

अहिले तुलसीपुरको मुख्य सडक ‘क’ लाईनभित्रका वीरेन्द्र चोक, बाहिनी चोक, विपी चोकलगायतका विभिन्न स्थानमा खाल्डाखुल्डी पुर्ने काम भईरहेको छ ।

‘बजेटको अभावका कारण राप्ती राजमार्गको मर्मत कार्य लामो समयदेखि अलपत्र हुँदै आएको थियो’ उनले भने– ‘अहिलेको बजेटले जहाँसम्म काम गर्न सकिन्छ त्यहाँसम्म काम गर्नेछौँ ।’

खाल्डाखुल्डीसँगै सडकका विभिन्न स्थानमा भत्किएका नालाहरूको समेत मर्मत सम्भारको काम भईरहेको छ । स्थलगत अनुगमन गरी सडकको मर्मत गर्ने भईरहेको बताए ।

आवश्यक परेका स्थानहरूमा सडकलाई कालोपत्रे गर्ने कार्यसमेत भएको उनले जानकारी दिए ।

मर्मत सम्भार तथा निर्माणको जिम्मा प्रेमधन निर्माण कम्पनीका प्रोप्राइटर सुदर्शन श्रेष्ठले ४ हजार २ सय वर्गमीटरको काम सम्पन्न भएको जानकारी दिए ।

कम्पनीले जिम्मा पाएको ५ हजार ६ सय वर्गमीटर काममध्ये २ हजार ४ सय वर्गमीटरको काम बाँकी रहेको उनले बताए ।

प्राप्त बजेटले तुलसीपुर एयरपोर्टसम्मको सडकलाई मर्मत गर्न सकिने उनी बताउँछन् । बजार क्षेत्रको सडकको अवस्था ज्यादै जीर्ण भएकाले बढी समय र लागत खर्चनु परेको उनको भनाई छ ।

‘व्यवसायीहरूको मागलाई मध्यनजर गर्दै बजारक्षेत्रको ‘क’ लाईनमा कालोपत्रे नै गरेका छौँ’ उनले भने– ‘निर्माण भएलगत्तै सडक पुनः पुरानै अवस्थाको नहोस् भनी समय बढी दिईएको हो ।’

बढी खाल्डाखुल्डी भएका र भत्किएका स्थानहरूलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको बताए । धराप अवस्थामा रहेको तुलसीपुर बजारको मुख्य सडक ‘क’ लाईनमा मर्मत सम्भारको काम भईसकेपछि आमसर्वसाधारण खुशी भएका छन् ।

सडकका बीचमा रहेका खाल्डाखुल्डी पुरिएपछि आवतजावतमा सहजता आएको भन्दै उनीहरू खुशी बनेका हुन् । काममा तिव्रता छ असार मसान्तसम्ममा मर्मतको काम पूरा हुनेछ,

कार्यालयका साइड इन्जिनियर नारायण दाहालले भने, अहिलेको कार्यक्रम खाल्डा पुर्ने मात्रै हो । त्यही काम भएको छ । त्यसबाट खाल्डा पुर्ने र नाली बनाउने काम हो । २३६ घनमीटर नालाको कलम वाल मर्मतसमेत गरिनेछ ।

२६ किमी हुलाकी सडक कालोपत्रे

यसैबीच लमही कोइलाबास सडक खण्डको २६ किलोमीटर सडक कालोपत्रे भएको छ । सडकखण्डको करिब ३३ किलोमीटरमध्ये २६ किलोमीटर सडक कालोपत्रे भएको निर्माण कम्पनी कालिका कुमार जेभीका प्रमुख प्रतिनिधि राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

सडक खण्डको सात किलोमीटर सडक कालोपत्रे हुन बाँकी रहेको छ । कालोपत्रे हुन बाँकी रहेको सडक क्षेत्रमा पनि काम तीब्र रूपमा भइरहेको छ । त्यसका लागि निर्माण कम्पनीले चार महिनाको समय प्राप्त गरेको छ ।

सन २०१७ जुन ११ बाट लमही कोइलाबास सडक निर्माणको काम थालिएको हो । गत २०१९ डिसेम्बर १० मा म्याद सकिएको थियो । चार महिना म्याद थपिएको छ ।

भारत सरकारको सहयोगमा हुलाकी सडक निर्माण भइरहेको छ । ६९ करोडको लगानीमा सडक निर्माण हुन लागेको हो । कम्पनीले कोइलाबास बजार क्षेत्र, गढवा बजार क्षेत्र र जंगलका केही स्थान मात्रै बाँकी रहेको छ ।।

तुलसीपुर–अमिलिया सडक दिउँसो बन्द हुने

राप्ती लोकमार्गअन्तर्गत तुलसीपुर अमिलिया सडकखण्ड दिउँसोको समयमा बन्द हुने भएको छ । सडक विस्तार तथा कालोपत्रे गर्नुपर्ने भएपछि चैत ४ देखि २५ गतेसम्म हरेक दिन बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म सवारी आवागमन बन्द हुने जनाइएको छ ।

सडक डिभिजन कार्यालय दाङले सार्वजनिक सूचना जारी गरी गर्दै हरेक दिन सडक विस्तार तथा कालोपत्रे गर्ने भएपछि हरेक दिन सात घण्टा सवारी आवागमन बन्द हुने जनाएको छ । जिल्ला प्रशासन कार्यालय दाङमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

सडक साँघुरो तथा कालोपत्रे समेत बिग्रेको अवस्थामा सडक डिभिजन कार्यालयले यसका लागि सार्वजनिक सूचना जारी गरेर सबैमा यस्तो जानकारी गराइएको हो ।

सडक डिभिजन कार्यालय दाङका प्रमुख निरज शाक्यले स्थानीय प्रशासनको निर्णय अनुसार सडक विस्तार तथा कालोपत्रे कार्यमा सहयोग पु¥याउने गरी दिउँसोको समयमा सडक बन्द गर्ने निर्णय भएको जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here