- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeमुख्य खबरअतिक्रमित संरचनामा डोजर

अतिक्रमित संरचनामा डोजर

- Advertisement -spot_img

प्रदेश टुडे
घोराही, ३ चैत ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अतिक्रमण गरी निर्मित संरचना हटाउन आइतबार ती संरचनाहरूमा डोजर चलाइएको छ । स्थानीय प्रशासनले अतिक्रमित संरचना हटाउन डोजर चलाएको हो ।

तत्कालिन राप्ती उपक्षेत्रीय अस्पताल हुँदादेखि नै अतिक्रमण गरी बनाइएका संरचना खाली गर्न र पूर्वाधार हटाउन पटक–पटक गरेको आग्रहलाई अटेर गरेपछि आइतबार निर्मित संरचनामा डोजर चलाउनु परेको स्थानीय प्रशासनले जनाएको छ ।

चिकित्सकको आवासीय क्षेत्रभित्रै अतिक्रमण भएका थियो । प्रतिष्ठानको हाताभित्रको जग्गा अतिक्रमणमा परेपछि अस्पतालको भौतिक पूर्वाधार बनाउन समस्या हुने देखिएको थियो ।

स्थानीय राजनीतिक दलले अस्पतालको जग्गा अतिक्रमण गरी बनाइएका टहराहरू हटाउन सार्वजनिक प्रतिवद्धता जाहेर गरेपनि त्यो कार्यान्वयन हुन नसकिरहेको बेलामा स्थानीय प्रशासनले डोजर चलाएको हो ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पनि प्रतिष्ठानको हाताभित्रको जग्गा अतिक्रमण हटाई तारबार गरेर कम्पाउण्ड गर्न निर्देशन दिइसकेको थियो ।

अख्तियारले जग्गा संरक्षण गर्न भनेकाले अतिक्रमण हटाउनका लागि पहल गर्न सबैमा प्रतिष्ठानले आग्रह गर्दै आएको थियो ।

जग्गा अतिक्रमण हुन थालेपछि प्रतिष्ठानले पार्किङ र ठेला ब्यवस्थापनका लागि जग्गा लिजमा दिएको छ ।

सरकारले बजेट दिएमा लिजमा दिइएकोमा एक महिनाको सूचना निकालेर भाडामा लगाइएको जग्गा हटाउन सकिने प्रतिष्ठानकी उपकुलपती प्राडा संगीता भण्डारीले बताइन् । जग्गा अतिक्रमण रोक्न, पार्किङ, ठेला ब्यवस्थापनका लागि प्रतिष्ठानले जग्गा लिजमा दिइएको छ ।

अतिक्रमित जग्गा हटाउन जिल्ला प्रशासन कार्यालय दाङ, जिल्ला प्रहरी कार्यालय दाङ, घोराही उपमहानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष, वडा प्रहरी कार्यालयका प्रमुख दिनेश रिमाल, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसाल,

प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाश देव, हस्पिटल टोल विकास संस्थाका अध्यक्ष चित्रकान्त आचार्यसहितको टोलीले पुगेको थियो ।

गढवामा पनि डोजर

यसैबीच मुआब्जा बुझेर पनि संरचना नहटाएपछि गढवा गाउँपालिकाले आइतबारदेखि प्रहरीको सहयोगमा डोजर चलाएर संरचना भत्काउन सुरू गरेको छ । जग्गाको मुआब्जा बुझिसकेकामध्ये ७० प्रतिशत जग्गाधनीले घर भत्काएका छन् ।

संरचना भत्काउन बाँकी ३० प्रतिशतले घर भत्काउन अटेरी गरेपछि गढवा गाउँपालिकाले प्रहरीको सहयोगमा घर तथा संरचना भत्काउन सुरू गरेको हो । हुलाकी सडकअन्तर्गतको काम आगामी असारभित्र सडक निर्माण गरी सक्नुपर्ने लक्ष्य राखिएको छ ।

गढवा बजारको सडक क्षेत्रमा घर तथा संरचना भएपछि सडक पिच गर्न समस्या परेको छ । सबैको सहमतिमा निर्णय गरेर घर भत्काएको गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here