- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरविपन्नलाई करोडौंका घर

विपन्नलाई करोडौंका घर

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, २ चैत ।

बंगलाचुली गाउँपालिकाले विपन्न परिवारका लागि आवास निर्माण गरेको छ । गाउँपालिकाले तीन करोड रूपैयाँको लागतमा आवास निर्माण गरेको हो ।

गाउँपालिकामा रहेका विपन्न परिवारका लागि निःशुल्क उपलब्ध गराएको हो । निर्माण गरिएका पाँच आवास क्षेत्रमध्ये हाल एक स्थानमा बसोबास सुरू भएको छ ।

संघीय सरकारको विशेष अनुदानमा २ करोड ६४ लाख र गाउँपालिकाको ३६ लाख रूपैयाँले गत वर्ष गाउँपालिकाले चार स्थानमा आवास निर्माण गरेको हो ।

प्रशासन शाखा प्रमुख गोपाल केसीका अनुसार बंगलाचुली–२ को पुरूङमा ६ वटा, ४ को जुम्लेपानीमा ६, ५ को मुर्कुटी र झेल्नेटामा ६/६ वटा र ८ को हाँसीपुरमा ६ वटा आवास निर्माण गरिएको हो । झेल्नेटामा मानिस बस्न सुरू गरेकाले बत्तीसमेत जडान गरिएको छ ।

प्रतिघर १० लाख रूपैयाँको दरले निर्माण गरिएको गाउँपालिका कार्यालयले जनाएको छ । झेल्नेटामा मानिस बस्न सुरू गरेकाले बत्तीसमेत जडान गरिएको छ ।

निर्माण गरिएका घरमा दुई परिवार बराबर एक शौचालय र तीन परिवार बराबर एक बाथरूम निर्माण गरिएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here