- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरखानेपानी टंकी निर्माण हुने

खानेपानी टंकी निर्माण हुने

- Advertisement -spot_img

सपना पौडेल
गढवा, ३ चैत ।

गढवा गाउँपालिमामा साढे ४ लाख क्षमताको ओभरहेड पानी टंकी निर्माण हुने भएको छ । खानेपानी आयोजनालाई व्यवस्थित गर्नका लागि जिल्ला खानेपानी र गाउँपालिकाको समन्वयमा

गढवाको क्याम्पस डाँडामा ओभरहेड टंकी निर्माण गरिने गढवा खानेपानी तथा सरसफाई उपभोक्ता समिति अध्यक्ष लेखबहादुर थापाले जानकारी दिए । यसका लागि समितिको छलफलले टंकी निर्माणका लागि आवश्यक निर्णयहरूसमेत गरेको छ ।

टंकी निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि अगाडि बढाउने, अधूरो कम्पाउण्ड सम्पन्न गर्ने, खानेपानी कार्यालय भवन निर्माणलाई तदारूकताका साथ पूर्णता दिने लगायतका निर्णयहरूसमेत गरेको छ । यस्तै उपभोक्ताहरूको घरमा मिटर जडान गर्ने समेत निर्णय गरेको छ ।

छलफलले कार्यलयमा सफ्टवेयर मार्फत हिसाब किताव र अभिलेख दुरूस्त गर्ने तथा समयसापेक्ष महसुल समायोजन गरी पाइप लाइन विस्तार र उपभोक्ता संख्या बृद्धि गर्ने लगायत अन्य योजनाहरू समेत सम्पन्न गर्ने निर्णय गरेको छ ।

वडा नं ६ का वडा अध्यक्ष बालचन्द्र ठकुरी हमालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष मोहन कुुमार पाण्डेय, सल्लाहकारहरू शकुुन्तला डिसी, गुणनिधि शर्मा,

रूमा अर्याल र पानी परियोजनाका भोला अधिकारीलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण हुकुमराज यादवले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here