Saturday, March 23, 2024
Homeमुख्य खबरउपभोक्ता सचेत हुनुपर्नेमा जोड

उपभोक्ता सचेत हुनुपर्नेमा जोड

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, ३ चैत ।

उपभोक्ता सचेत हुन सकेमात्र बजार अनियमितता रोक्न सकिने कार्यक्रमका सहभागीहरूले बताएका छन् । उपभोक्ताहरू अझै पनि आफ्ना हक,

अधिकारका विषयमा जानकार नहुँदा बजार अनियमितता बढ्दै गएको उनीहरूले बताए । उनीहरूले वस्तु तथा सामान खरिद बिक्रीमा हुने लापरवाहीलाई रोक्नका लागि उपभोक्तालाई अधिकारप्रति जानकार गराउनुपर्नेमा जोड दिएका छन् ।

आइतबार तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाको आयोजनामा सञ्चालित परिसंवाद कार्यक्रममा सहभागी विभिन्न निकायका सरोकारवालाहरूले यस्तो बताएका हुन् ।

उपभोक्ताहरूले सामान खरिद बिक्रीको समयमा सावधानी नअपनाउँदा बजार अनियमितता बढ्दै गएको बताएका छन् । सामान किन्दा जो कोहिले पनि राम्रोसँग चेकजाँच गरेर मात्रै किन्न सुझाव समेत दिए ।

कुनै पनि सामान किन्दा त्यसको सबै पक्षबाट गुणस्तरियता परीक्षण गर्न आवश्यक रहेको कार्यक्रमका सहभागीहरूले बताए ।

तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाले आयोजना गरेको परिसंवाद कार्यक्रममा वोल्दै सरोकारवाला निकायका व्यक्तिहरूले सामान किन्दा उपभोक्तालाई राम्रोसँग चेकजाँच गरेर मात्रै किन्न सुझाव समेत दिएका थिए ।

कार्यक्रममा उपभोक्ता अधिकार मञ्च दाङका अध्यक्ष केशव कुमार शर्माले स्थानीय सरकारमा अनुगमन र नियमनको अधिकार प्रत्यायोजन भएपनि सबैले त्यसलाई कार्यान्वयन गर्न नसकेको बताए ।

उनले कतिपय स्थानीय तहमा उपभोक्ता हित संरक्षण शाखासमेत स्थापित हुन नसकेको बताए । ‘आफूले कुन सामान किन्दै छु ? त्यो सामान गुणस्तर छ कि छैन ?

भन्ने बारे उपभोक्ता स्वयम् चनाखो हुन जरूरी रहेको बताए । ‘उपभोक्तामा कुनै पनि वस्तु किन्दा विभिन्न खालका प्रश्नहरू गर्ने बानीको विकास गर्नु आवश्यक छ’

उनले भने– ‘तर प्रायः उपभोक्ताले सामानको गुणस्तरीयताको बारेमा ख्याल नै नगरी सामान किन्ने गर्नुहुन्छ, त्यो प्रवृतिले झन् बजारमा मनोमानी बढ्ने गर्दछ ।’

यस्तै ईलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख गंगाबहादुर खत्रीले उपभोक्ताको अधिकार रक्षाका लागि कानुनका साथै नियमन गर्ने निकायको अभाव रहेको बताए ।

अनुगमन गर्ने निकाय हुन नसक्दा बजार उपभोग्य सामानमा हुने मिसावट, मूल्यबृद्धि, कालोबजारीको समयस्या बढ्दै गएको बताए । विगतको तुलनामा केही सुधार देखिए पनि कार्यान्वयन प्रभावकारी बन्न नसकेको बताए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका विवेक वञ्जाराले बजारमा प्लाष्टिकको चामल र अण्डा बिक्री हुने भ्रमपूर्ण समाचारले उपभोक्तालाई त्रासमा पारेको बताए ।

उनले विगतमा भन्दा खाद्य अनुगमनको क्रम तिव्रताका साथमा अगाडि बढेको भन्दै केही सुध्रिएको समेत दाबी गरे । ‘उपकरणको अभावले पनि कतिपय कुराको चेकजाँच गर्न सकिएको छैन, उनले भने– ‘तर पनि हामीले नमुना पठाएर परिक्षण गरिरहेका छाँै ।’

यस्तै तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव रूपबहादुर खत्री, उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाकी रेवा रावत,

उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख ओमप्रकाश न्यौपाने लगायतले व्यवसायीहरूले इमान्दार भएर सामान बिक्री गरे बजारमा कालोबजारी नहुने बताए ।

उनीहरूले उपभोक्तालाई ठग्ने व्यापारीहरूलाई कारवाहीसमेत गर्नुपर्नेमा जोड दिए । उनीहरूले बजारमा आशंका लागेमा उपभोक्ताहरूलाई खबर गर्नका लागि समेत आग्रह गरेका छन् ।

कार्यक्रमको सहजीकरण उपमहानगरपालिकाका प्रेस संयोजक बसन्त आचार्यले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here