- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeसम्पादकीयवर्षाको सास्ती

वर्षाको सास्ती

- Advertisement -spot_img

सम्पादकीय

चैत महिला सुरू भएसँगै भइरहेको भिषण वर्षाले सास्ती दिएको छ । भिषण बर्ष र असिनाका कारण किसान र उद्योगीहरू बढी मारमा परेका छन् ।

हिउँदे वर्षाले किसानहरूलाई राहत महसुस गराउने भए पनि बाली भित्र्याउने बेलाको असिना पानीले राहात हैन आहात दिएको छ ।

व्यवसायीक रूपमा गरिएको कृषि, सामान्य किसानले उत्पादन गरेको अन्नबालीमा, जिल्लामा सञ्चालन भएका इट्टा उद्योगहरूलाई वर्षाले नराम्री थला पारेको छ ।

वास्तविक क्षेत्रको आँकलन हुन नसके पनि यो क्षेत्र असिना र पानीले पूर्णरूपमा प्रभावित बनाएकै छ ।

ब्यवसायीको गुनासोले पनि त्यो प्रष्ट पारेको छ  । पटक–पटकको वर्षाले दाङका ३७ इट्टा उद्योगमा करोडौ क्षति पु¥याएपछि सञ्चालकहरू समस्यामा भएको सार्वजनिक भएको छ ।

उद्योगमा परेको क्षतिको प्रमुख असर स्थानीय उपभोक्ताहरूमा पर्ने निश्चित छ । ब्यवसायीहरूले आफ्नो लगानी ब्यवस्थापन गर्न र क्षतिको परिपूर्ति गर्न इट्टाको भाउ बढाउने दाउमा छन् ।

हिउँदे वर्षाले वर्षेनी करोडौंको क्षति गर्ने गरेको भएपनि यो वर्ष दश वर्ष यताकै ठूलो क्षति भएको छ ।

बर्षेनी क्षति हुने तर ठूलो लगानी गरेर स्थापना भएका उद्योगहरूमा राज्यलेको दृष्टी नपर्ने र त्यसको क्षतिले व्यवसाय धरासयी हुने अवस्था आउन दिनुहुँदैन ।

ठूलो लगानीमा स्थापना भएका उद्योगहरूले आफ्नो सुरक्षाका पनि ध्यान दिन सक्नुपर्छ । क्षति भइसके पछि पछुताउने र त्यो पूरा गर्न उपभोक्तालाई मारमा पार्ने मात्रै भन्दा पनि नीतिगत रूपमा राज्यबाटै ब्यवस्थापन गर्न सके बढी राहात हुने देखिन्छ ।

उद्योगको विमाको मात्रै ब्यवस्थापन गर्नसके उद्योग सञ्चालनमा सहजता आउने छ । ब्यवसायीहरूले पनि राज्यले विमाको नीति ल्याएदिनु पर्ने माग राख्नुले यसको आवश्यकता उद्योगमा बढी रहेको छ भन्न सकिन्छ ।

बर्षौ हुने क्षतिको आँकलन गरेर सधै एउटै अवस्था उद्योगमा आउन नदिने तर्फ सबै सचेत र सजक हुनुपर्छ । दाङका उद्योगले यो क्षेत्रको सिङ्गो आवश्यकतालाई पूरा गरेको छ ।

वर्षेनी वर्षाका कारण इट्टा व्यवसायमा क्षति पु¥याउँदा व्यवसाय नै धरापमा पर्न सम्भावना रहने र लगानी बढाउन नसक्ने ब्यवसायी ब्यवसायबाट नै पलाउन हुने अवस्था प्रत्येक वर्ष देखिन्छ । व्यवसयाबाट पछि हट्नु पर्ने अवस्था नआउला भन्न सकिदैन ।

वर्षा आवश्यक हुन्छ । सहीरूपमा सही समयमा आएको वर्षाले सबैलाई राहात दिन्छ तर आवश्यकता नभएको समयमै पटक–पटक आउने वर्षासहितको असिना पानीले क्षति नै पु¥याउने हो । लगानीको सुरक्षाको वातावरण राज्यले निर्माण गरिदिनु पर्छ ।

स्थापना हुने कलकारखाना, उद्योग धन्दामा लगानी सुरक्षा र लगानीको वातावारण गर्नसके यस क्षेत्रको विकासले पनि कोल्टो फेर्ने छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here