- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरदाङमा असिना पानी, करोडौंको क्षति

दाङमा असिना पानी, करोडौंको क्षति

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, २ चैत ।

दाङसहित पश्चिम नेपालमा शनिबार मुसलधारे असिना र पानी परेको छ । बेमौसममा परेको मुसलधारे पानीले सबैभन्दा बढी कृषि र इट्टा उद्योगमा क्षति पु¥याएको छ ।

असिना पानीले किसानले लगाएको तेलहन बालीमा लाखौँको क्षति पुगेको छ । किसानले बालीनाली भित्र्याउने बेलामा आएको असिना र पानीले कृषिमा ठूलो क्षति निम्त्याएको कृषि प्राविधिकहरूले बताएका छन् ।

पानीले बालीमा क्षति पु¥याएपछि उनीहरू चिन्तित बनेका छन् । अहिले पानी आवश्यक थिएन, कृषि अधिकृत पिताम्वर बस्नेतले भने तोरी, मसुरो, गहुँ बालीलाई बढी क्षति पु¥याएको छ ।

यो समय असिना पानी आवश्यक नै छैन, यो अवस्थामा आउनु भनेको किसान र कृषिलाई आहत दिने मात्रै हो । पानी र असिनाका कारण किसानहरूको अवस्था चौपट हुने सम्भावना देखियो कृषि अधिकृत बस्नेतले भने ।

असिना पानीले अन्नबाली सहित तरकारी खेतीमा पनि नष्ट गरेको छ । विगतका वर्षभन्दा यसवर्ष समयमै वर्षात भएपछि अन्नबालीको उत्पादन बढ्ने आशामा बसेका किसानलाई शनिबार परेको असिना पानीले निराश बनाएको छ ।

शनिबार परेको असिना पानीले गहुँबालीमा पूर्णरूपमा क्षति पुगेको तुलसीपुर–७ किसान हरि चौधरीले बताए । ‘प्रमुख बाली नै क्षति भएपछि अरू त के कुरा गर्नु र,

लगाएको मसुरो, तोरी, गहुँ, टमाटर, फुलगोभी, साग पनि असिना पानीले क्षति गरेको छ ।’ कृषिको उत्पादनका हिसाबले उर्वरभूमि मानिएको दाङमा गहु ँखेती यस वर्ष राम्रो भएपनि शनिबार परेको असिनाले उत्पादनमा ह्रास आउने देखिएको छ ।

पश्चिमी वायुको प्रभावका कारण शनिबार साँझ करिब तीन घण्टासम्म परेको असिना पानी र वर्षाले दाङसहित रोल्पा, प्युठान, सल्यान, बाँके लगायतका जिल्लामा अन्न तथा नगदेबालीमा क्षति पुगेको छ ।

शनिबारको साँझ परेको असिना पानीले पु¥याएको लाखौँको क्षतिले आफूहरू चिन्तित बनेको किसान डम्बर पुनले बताए । ‘यस वर्ष अन्नबाली उत्पादन बढ्ने आशामा थियौँ तर शनिबार परेको असिना पानीले हामीलाई निराश बनायो’ उनले भने–

‘किसान त जहिले पनि त मारमा छौँ, उत्पादन राम्रो भएको बेला भाउ जाँदैन्, भाउ राम्रो हुने मौकामा उत्पादन नै हुँदैन् । पानीको क्षेत्रको पूर्ण विवरण नआइ सकेको भए पनि ठूलै क्षति भएको कृषि प्राविधिकहरूले आँकलन गरेका छन ।

करोडौंको इट्टा क्षति

शनिबार परेको वर्षाले दाङका इट्टा उद्योगमा करोडौँको क्षति पुगेको छ । असिनासहितको वर्षाले पकाउन तयार पारिएका इट्टामा करोडौँको क्षति पुगेको दाङ देउखुरी इट्टा व्यवसायी संघका अध्यक्ष रोम वलीले जानकारी दिए ।

‘केही दिनदेखि परेको हिउँदे वर्षाले इट्टा व्यवसायी हामीहरूको उठिबास नै लाग्ने स्थिति आएको छ’ उनले भने– ‘वर्षाले मेरो मात्रै दुई इट्टा उद्योगमा दुई करोड बढीको क्षति पुगेको छ ।’

उनले इट्टा उद्योगको बिमासमेत सरकारले नगरिदिदा वर्षेनीमा आफूहरू समस्यामा परेको बताए । ‘सरकारले कम्तिमा पनि इट्टा उद्योगको बिमा गरिदिने व्यवस्था गरे केही राहत हुने थियो’ उनले भने–

‘दाङमा इट्टा उत्पादन नहुँदा जिल्ला बाहिरबाट २ नम्बर वा ३ नम्बरका इट्टा ल्याएर काम चलाउनुपरेको थियो, अहिले जिल्लामै उत्पादन हुँदा सहज भएको छ तर हाम्रा समस्या समाधानमा राज्य गम्भीर हुन सकिरहेको छैन् ।

दाङमा तुलसीपुर, घोराही, लमही लगायतका स्थानमा अहिले ३७ इट्टा उद्योग सञ्चालनमा छन् । ति उद्योगहरूमा करिब तीन अर्बको लगानी रहेको उद्योगीहरूले बताएका छन् ।

जिल्लामा उत्पादित इट्टा दाङसहित साविक राप्तीका पाँच जिल्ला सल्यान, रोल्पा, प्यूठान, रूकुम र बाँकेमा समेत बिक्री हुने गरेको छ ।

जिल्लाका ३७ इट्टा उद्योगमा करिब तीन अर्ब बढी लगानी रहेको अध्यक्ष वलीले बताए । हिउँदे वर्षले वर्षेनी करिब ६० करोडभन्दा बढी क्षति पुग्ने गरेको उनको भनाइ छ । उत्पादनमा ह्रास आउँदा इट्टाको भाउ आकासिने निश्चित रहेको उनले बताए ।

‘बजारमा अहिले प्रति इट्टा १४ रूपैयाँ रहेको २० रूपैयाँसम्म पुग्न सक्छ’ उनले भने–‘पानीले क्षति पु¥याएपछि बजारमा इट्टाको अभाव हुने निश्चित छ ।’ माग अनुसार आपूर्ति गर्नसक्ने अवस्थामा हामी छैनौँ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here