- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरदाङबाट १२ हजारले एसईई दिदै

दाङबाट १२ हजारले एसईई दिदै

- Advertisement -spot_img

जीतसागर जी.एम.
दाङ, २ चैत ।

दाङबाट यसवर्ष एसईईमा १२ हजार बढी परीक्षार्थी सहभागी हुने भएका छन् । जिल्लामा सामुदायिक र संस्थागत विद्यालयबाट गरी १२ हजार ७ सय ३६ जना परीक्षार्थी सहभागी हुने भएका हुन् ।

यही चैत ६ बाट शुरु हुने परीक्षामा नियमिततर्फ १२ हजार १ सय ५०, ग्रेड वृद्धितर्फ २ सय ९५ जना र प्राविधिकतर्फ २ सय ९१ जना परीक्षार्थी सहभागी हुन लागेको राष्ट्रिय परीक्षा बोर्ड घोराहीका प्रमुख रामलाल खड्काले जानकारी दिए ।

‘दाङमा हुने एसईईको तयारी लगभग अन्तिम चरणमा पुगेको छ’ उनले भने– ‘केन्द्राध्यक्षहलाई सचेतना प्रदान गर्न बाँकी रहेको छ ।’

उनले यस वर्षको एसईईमा जिल्लाभर ४५ परीक्षा केन्द्र निर्धारण गरिएको बताए । गतवर्ष ४४ परीक्षा केन्द्र रहेको यसवर्ष एक परीक्षा केन्द्र थप गरी ४५ परीक्षा केन्द्र निर्धारण गरिएको उनको भनाइ छ ।

‘गत वर्षको तुलनामा यस वर्ष एसईई दिने विद्यार्थीको संख्या पनि बढेको छ’ उनले भने– ‘विद्यार्थीको संख्या बढेपछि परीक्षा केन्द्र थप गरिएको हो, सकेसम्म सबै विद्यार्थीलाई पायक पर्ने गरी परीक्षा केन्द्र निर्धारण गरेका छौँ ।’

दाङमा यस वर्ष २९ नयाँ विद्यालयबाट विद्यार्थीले एसईई दिन लागेका छन् । जिल्ला गतवर्ष एसईईमा १८३ विद्यालय सहभागी भएका थिए । यसवर्षको एसईईमा २९ नयाँ विद्यालयबाट विद्यार्थीले सहभागिता जनाउने प्रमुख खड्काले बताए ।

‘गतवर्ष जिल्लाका दशवटै स्थानीय तहबाट ९१ सामुदायिक र ९२ संस्थागत विद्यालय गरी १८३ विद्यालयबाट विद्यार्थीले एसर्ईईको परीक्षा दिएका थिए’ उनले भने–‘यसवर्ष १ सय सामुदायिक विद्यालय र १ सय १२ संस्थागत विद्यालयबाट विद्यार्थीले एसईईको परीक्षा दिन लागेका छन् ।’

यस वर्षको एसईई परीक्षा यही चैत ६ देखि १७ गतेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ । बोर्डले एसईईको नियमित, ग्रेडवृद्धि तथा प्राविधिकको सार्वजनिक गरेको परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अंग्रेजी,

७ गते अनिवार्य नेपाली, ९ गते अनिवार्य गणित, १० गते विज्ञान र ११ गते अनिवार्य सामाजिक अध्ययनको परीक्षा हुनेछ ।

त्यस्तै, चैत १२ गते अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, १३ गते ऐच्छिक गािणत र परीक्षाको अन्तिम दिन १७ गते विभिन्न प्राविधिक विषयको परीक्षा तोकिएको छ ।

बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षामा यसअघि कम ग्रेड ल्याएकासमेत सहभागी हुनसक्ने बोर्डले जनाएको छ । गतवर्ष ‘सि’ वा ‘सि’ भन्दा कम ग्रेड ल्याएका परीक्षार्थीले सहभागिता जनाउने प्रमुख खड्काले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here