- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरभेरी नदीमा जलयात्रा अध्ययन

भेरी नदीमा जलयात्रा अध्ययन

- Advertisement -spot_img

इन्द्र बुढाथोकी
सल्यान, २ चैत ।

भेरी नदीमा जलयात्रा सम्भाव्यता अध्ययन गरिएको छ । बनगाड कुपिण्डे नगरपालीकाको वडा नं. २ राइराबाट भेरी नदीमा नगरपालिकाकै वडा नं. १ सल्लीबजार अम्रासम्म शनिबार जलयात्रा ¥याफ्टिङ परिक्षण गरिएको हो ।

कर्णाली ¥याप्टिङ एडभेन्चर प्रालिले दुईवटा ¥याप्टिङ वोटमा २० जना यात्रु बोकेर भेरी नदीमा जलयात्राको परिक्षण गरेको छ ।

साथै नगरको उक्त क्षेत्र भेरी नदी किनारमा होमस्टे र कटेजहरूको खोल्नको लागि स्थान अध्ययन पनि गरिएको छ । पर्यटनसँगै निक्कै महत्व बोकेको भेरी नदिमा ¥याप्टिङ झनै पर्यटकहरूका लागि राम्रो गन्तव्य मानिन्छ ।

बनगाड कुपिण्डे नगरपालिकाको पहलमा ¥याफ्टिङ जलयात्राको लागि शनिबार उक्त ठाउँमा ¥याफ्टिङ परिक्षण गरिएको हो ।

बनगाड कुपिण्डे नगरपालिका नगर उपप्रमुख मञ्जु यरी, नेकपा नगर अध्यक्ष किर्तीबहादुर राना, सचिव गञ्जमान बुढालगायत नगरपालिका कर्मचारी, व्यापारी,

समाजसेवी र पर्यटन व्यवसायी, लगायतको टोलीले भेरी नदीमा ¥याप्टिङको परिक्षण गरेको हो । जल यात्राको लागि जोखिम वहन कम गर्ने साधन हेलमेट, प्याडल र ज्याकेटलगायतको टोली भेरी नदीमा ¥याप्टिङ गरिरहेको दृश्य भेरी नदी किनारका स्थानीयले रमाईलो गरी हेरिरहेका थिए ।

नगरको पर्यटन प्रवद्धनसँग जोडिएको भेरी नदीमा ¥याप्टिङ अत्यन्तै सम्भावना बोकेको व्यवसायका रूपमा चिनिएको छ ।

भेरी नदीमा पर्यटन प्रवद्र्धनको लागि ¥याप्टिङ नगरको अर्को आयस्रोतका रूपमा लिन सकिने नगरपालिकाको भनाई छ ।

सानी भेरी र ठूली भेरी जलयात्रा सम्भाव्यता अध्ययन टोलीको आयोजनामा जलयात्रा सञ्चालन गरिएको थियो ।

यात्रामा सहभागी नेकपा नगर अध्यक्ष किर्तीबहादुर रानाले यसलाई अब पर्यटनसँग जोड्नुपर्नेमा जोड दिए । यसमा पर्यटन व्यवसायसँगै दैनिक सञ्चालन गर्नुपर्ने सुझाव दिए ।

गगन राजी, मानव सोनाहा, टिकाराम देवकोटा, धनसरी राजी, दिपक यरि, शकर यरि, बल बहादुर राजी र कालुराम चौधरीलगायतले रिवर गाइड सञ्चालन गरेका थिए ।

नगरले योजना बनाई यो कामलाई पनि प्राथमिकतामा राखेको छ । बनगाड कुपिण्डे नगरको क्षेत्रभित्र भेरी नदीमा यो व्यवसायी फस्टाउने पर्यटन व्यवसायी देवराम जैसीको भनाइ छ ।

नगरले यो क्षेत्रमा योजना बनाई काम गरे फाइदा हुने जनाएको छ । पहिलो चरणमा बिहीबार नगरको भेरी पुलदेखि सीमाना रैकर धारापानीसम्मको ¥याप्टिङ परिक्षण गरिएको शनिबार पुनः दोस्रो चरणमा राइरादेखि अम्रासम्मको ¥याफ्टिङ अध्ययन अवलोकन गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here