- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरघोराही १४ को सार्वजनिक सुनुवाई

घोराही १४ को सार्वजनिक सुनुवाई

- Advertisement -spot_img

प्रदेश टुडे
घोराही, २ चैत ।

घोराही उपमहानगरपालिका वडा नम्बर १४ ले दोस्रो चौमासिकको सार्वजनिक सुुनुवाई गरेको छ । बागेश्वरी असल शासन क्लव बासको सहजीकरणमा वडा कार्यालयले शनिबार दोस्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो ।

वडाका, उपमहानगरका, प्रदेशका गरी ७७ वटा योजनाहरूमध्ये अहिलेसम्म २३ वटा सम्पन्न भएको, २६ वटा सञ्चालनमा रहेको र २८ वटा सम्झौताको प्रकृयामा रहेको वडा अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिए ।

यसैगरी, वडा कार्यालयले १ सय ८१ जन्मदर्ता, ४७ विवाह दर्ता, ५२ मृत्यु दर्ता, ९३ वटा बसाई–सराईका घटनाहरू दर्ता भएको जनाएको छ ।

साथै ४ सय ६३ व्यवसाय दर्ता एवं नवीकरण, १ सय १९ नागरिकता सिफारीस, १ सय ९ वटा नाता प्रमाणित सिफारिस, १० वटा जग्गा नामसारी, विद्युत जडान सिफारीस ३६ र घर बाटो प्रमाणित ९२ वटा भएको जानकारी दिइएको छ ।

वडा कार्यालयले चालु आर्थिक वर्षको ८ महिनामा ७९ लाख ६६ हजार ४ सय रूपैयाँ राजस्व संकलन उठेको जनाएको छ ।

कार्यक्रममा वडाका टोल प्रतिनिधिहरूले सडक कालोपत्रे दिगो बन्नुपर्ने, नालामा ढक्कन हुनुपर्ने, पार्किङसहित ट्राफिक व्यवस्थापन उचित हुनुपर्ने,

सार्वजनिक जग्गाको उचित संरक्षण हुनुपर्ने, केवुल र विद्युतीय तारहरूलाई भूमिगत बनाउनुपर्ने, लागूऔषध नियन्त्रण गर्नुपर्ने लगायतका सुझाव दिएका छन् ।

कार्यक्रममा नगर प्रमुख नरूलाल चौधरी नगरबासीले छनोट गरेका योजना पूरा गर्नतर्फ आफूहरू रहेको बताए ।

नगरको विकास आधार नै टोल विकास संस्थाहरू भएको भन्दै गाउँबस्तीका नागरिकहरूको चाहनाअनुसार काम गरिरहेको उल्लेख गरे ।

त्यसैगरी उपप्रमुख सीता सिग्देल न्यौपानेले नगरको चौतर्फि विकासमा आफूहरू प्रतिबद्ध रहेको र टोल विकास संस्थाहरूको सहयोग महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा उपमहानगरका पूर्वाधार महाशाखा प्रमुख युवराज पौडेल, ट्राफिक प्रहरी प्रमुख प्रेम रेग्मी, वडा प्रहरी प्रमुख दिनेश रिमाललगायतले सबैको सहकार्यबाट नगरलाई समृद्ध बनाउन सकिने बताए ।

भएकालाई थप प्रभावकारी बनाउने र सुधार गर्नुपर्ने क्षेत्रलाई सहकार्यमार्फत अघि बढाए सबै क्षेत्र सुधार गर्न सकिने उनीहरूको भनाई छ । कार्यक्रमको सहजीकरण वासका अध्यक्ष नविन अभिलाषीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here