- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरदाङ महिला जेसिजको कोरोनाबारे सचेतना कार्यक्रम

दाङ महिला जेसिजको कोरोनाबारे सचेतना कार्यक्रम

- Advertisement -spot_img

प्रदेश टुडे
घोराही, २ चैत ।

दाङ महिला जेसिजले कोरोना भाइरसविरूद्ध सचेतना एवं घरेलु मास्क सिकाई कार्यक्रम सम्पन्न गरेको छ । घोराही १४ ट्राफिक चोक नजिक रहेको खोली गाउँ तथा सुकुम्बासी टोलमा बसोबास गरेका समुदायका नागरिकलाई कोरोना भाईरसविरूद्ध सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।

दाङ महिला जेसिजका अध्यक्ष जिवा भुसालको अध्यक्षता तथा जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख प्रेमप्रसाद रेग्मीको प्रमुख आतिथ्यता एवं वडा नम्बर १४ का वडा सदस्य नैनाकुमारी चौधरीको विशिष्ट आतिथ्यतामा कार्यक्रममा स्थानीय ७० जना बढीको सहभागिता रहेको थियो ।

सचेतना कार्यक्रममा सहभागीहरूलाई जनस्वास्थ्य कार्यालय दाङका फोकलप्रसन कमल चन्द र स्वास्थ्यकर्मी पार्वता धितालले कोरोना भाइरसका लक्षणका बारेमा जानकारी गराएका थिए ।

त्यस अवसरमा भूमिअधिकार मञ्च ५ नम्बर प्रदेशका कोषाध्यक्ष रचना कुमाल, भूमिअधिकार मञ्च दाङका पूर्वअध्यक्ष निर्मला विक, त्रिभुवननगर जेसिजका अध्यक्ष माधव पौडेल, दाङ महिला जेसिजका पूर्व अध्यक्ष निर्मला गौतमले बोलेका थिए ।

कार्यक्रममा धन्यवाद ज्ञापन कार्यकारिणी उपाध्यक्ष नारायणी भण्डारीले गरेका थिए । कार्यक्रम समापन गर्दै अध्यक्ष भुसालले आगामी दिनमा सबैको सहयोग र सहकार्य मार्फत् सामाजिक कार्य गर्दै जाने बताएका थिए ।

यसअघि पनि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र यस कार्यलाई निरन्तरता दिदै लैजाने बताएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here