- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeसम्पादकीयखुला क्षेत्र जोगाऔं

खुला क्षेत्र जोगाऔं

- Advertisement -spot_img

सम्पादकीय

खाली र प्रयोग नभएको जग्गा भन्न र देख्न बित्तिकै अहिले सबैका आँखा त्यतै सोझिन्छन् । केही वर्ष यतादेखि सरकारी, ऐलानीप्रति र व्यक्तिका जग्गाको किनबेच र प्रयोग अत्यधिक बढेको छ । कतिले कानुनीरूपमा त कतिले गैरकानुनी रूपमा जग्गाको उपयोग गरिरहेका छन् ।

दाङका केही महिनादेखि जग्गाका तीन÷चारवटा विषयले बढी चर्चा पाइरहेको छ । तुलसीपुरको ग्वारखोला क्षेत्रको लगाएतको एक हजार विगाह जग्गा जनप्रतिनिधि–सहितको भू–माफियाले गरेको किनबेच र अतिक्रमण,

घोराहीको कर्मचारी मिलन केन्द्र नजिकै भएको खाद्यको नाममा रहेको र खुला क्षेत्रको रूपमा प्रयोग हुँदै गरेको जग्गा नेकपाको नेतालाई उपयोग गर्नु,

जिल्ला समन्वय समितिको खाली जग्गामा व्यवसायीक पूर्वाधार निर्माण हुनु र घोराहीका अर्काे स्थानमा व्यवसायीले कभर्ड हल बनाएको कुराले बढी चर्चा पाइरहेको छ ।

खुला दाङमा व्यवसायी र राजनीतिक दलका नेताहरूले सरकारी र सार्वजनिक जग्गामा आँखा लगाउनु र कब्जै गरेर आफू अनुकूल प्रयोग गर्नु सान्दर्भिक छैन । खुला क्षेत्र र सरकारी जग्गाको संरक्षणका लागि सबै जिम्मेवार बन्नसकेमा मात्रै यो जोगिने छ ।

सत्तामा रहने र पहुँचको भरमा सरकारी जग्गा कब्जा हुँदै आएको छ । त्यो अवस्था दाङसम्म पनि देखिएको छ । भू–माफियाहरूको चलाखीपन सरकारी जग्गामा देखिन्छ ।

उनीहरूले सरकारी र खुला क्षेत्रमै आँखा गाडेकै छन् । यो अवस्था आउनुमा सरकारले आफ्नो सम्पत्ति सुरक्षा गर्न नसक्नु नै हो । सरकारी र खुलाक्षेत्रको जग्गा कब्जा गर्न सरकारी कार्यालयहरूसँगको सेटिङ विना सम्भव छैन ।

सम्बन्धित निकायकै सेटिङमा जति भएका छन् सबै यसरी नै भएका छन् । र सल्लाहमै सरकारी जग्गा व्यक्तिसम्म पुग्ने र व्यवसायी र नेताहरूले रजाई गर्न थालेको देखिन लागेको छ । घोराही बजार क्षेत्रको सरकारी जग्गा लिजको नाममा मासिदै छ ।

सार्वजनिक जग्गा मासिदै गएको छ । सहरहरू व्यवस्थित गराउन नसकिरहेको अवस्थामा बचेका सार्वजनिक तथा सरकारी जग्गा व्यवसायको नाममा मासिनुले सहरको सौन्दर्यता नै नास गरिरहेको छ ।

सरकारको मातहातमा रहेका खाली जग्गा संरक्षण हुनुपर्छ । स्थानीय पालिका स्थानीय प्रशासनने आफ्नो क्षेत्रभित्रका सार्वजनिक जग्गाहरूको सुरक्षा गर्न सक्नुपर्छ,

बचाउन सक्नुपर्छ । त्यसमा घोषित र अघोषित तरिकाले संलग्न भएकाहरूलाई सम्बन्धित पक्षले तत्काल कारवाही गर्न सकेमा मात्रै सर्वाजनिक जग्गाभित्रको बेतिथि कम हुँदै जानेछ । नत्र प्रोत्साहन बढ्ने देखिन्छ । तसर्थ सार्वजनिक र सरकारी जग्गा बचाउनतर्फ लागौं ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here