- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरपञ्चेबाजामा नयाँ पुस्ता

पञ्चेबाजामा नयाँ पुस्ता

- Advertisement -spot_img

जीतसागर जी.एम.

दाङ, ३० फागुन । प्रविधिको विकाससँगै लोप हुने अवस्थामा पुगेको पञ्चेबाजाको संरक्षणमा घोराही–१८ ढोडेनीका परियार समुदाय लागेको छ ।

बाजा बजाउँदै आफूलाई आर्थिकरूपमा सक्षम बनाउँदै लगेको परियार समुदायले बाजाको संरक्षणका लागि नयाँ पुस्तालाई समेत सिकाउन थालेको छ ।

रूकुमको तक्सेराबाट बसाई सरी आएका परियार समुदायलाई दाङमा पञ्चेबाजा बजाएर जीवन चलाउन सहज भएको छ । पञ्चेबाजाले नै आफूहरूको दैनिकी चल्ने गरेको बाजाको संरक्षणमा लागेका जीतबहादुर परियारले बताए ।

‘पञ्चेबाजा बजाएर नै हामीले आम्दानी गरिरहेका छौँ, यसैबाट छोराछोरी पढाउनेदेखि अरू दैनिकी चलाउन सहज भएको छ’ उनले भने–‘पञ्चेबाजाबाट आम्दानी राम्रो हुने देखेपछि पछिल्लो पुस्तालाई समेत सिकाउने गरेका छौँ ।’

विवाहोत्सवदेखि विभिन्न मेला महोत्सवको शोभा बढाउने पञ्चेबाजाको माग दिनप्रतिदिन बढिरहेको उनले बताए । ‘बीचमा केही समय पञ्चेबाजाको मागमा कमी आएको थियो, त्यो समयमा पेशा संकटमा पर्छ कि भन्ने लागेको थियो,

अब अहिले माग ह्वात्तै बढेको छ’ उनले भने– ‘अहिलेको मागको अवस्थालाई हेर्दा खुशी लाग्छ, कहिले त दिनमा दुई÷तीनवटा कार्यक्रम हुन्छन्, भ्याउनै मुस्किल पर्छ ।’

पछिल्लो समय पञ्चेबाजा प्रयोगको दायरा फराकिलो बन्दै गएको छ । कुनै समय विवाहमा मात्रै सीमित रहेको पञ्चेबाजा अहिले मेला, महोत्सवमा पनि बज्न थालेको छ ।

बाजाको महत्व बढेपनि बजाउने पुस्ताको भने कमि छ । विभिन्न ठाउँमा हुने मेला महोत्सवदेखि विवाहमा बाजा बजाउनेको माग बढेपछि आफूहरूको परिवार नै पञ्चेबाजा बजाउने पेशामा लागेको अगुवा मनजित परियारले बताए ।

‘पञ्चेबाजाको माग बढ्दै जान थालेपछि हामीहरू परिवार नै बाजा बजाउने पेशामा लागेका छौँ’ उनले भने– ‘बाजा बजाउनेमा मेरा छोरीदेखि नाति सबै दक्ष छन्,

छोरी ज्वाइँसहित गरेर पाँचजना पञ्चेबाजा बजाईरहेका छौँ, हामीले नौमती बाजा पनि बजाउन सक्छौँ, पञ्चेबाजा बजाउने हाम्रो सीपको माग बढ्दै गएपछि हामीलाई पनि जीवन चलाउन सहज भएको छ ।’

पञ्चेबाजा बजाएर स्वरोजगार बनेका उनीहरूको परिवार नै बाजा बाजाउने पेशामा आवद्ध छन् । घरपरिवारले नै पञ्चेबाजादेखि नौमती बाजा बजाउने सीप भएपछि आम्दानी पनि राम्रै हुने गरेको सानै उमेरमा बुवाको साथमा पञ्चेबाजा बजाउने सिकेकी रमिता परियारले बताइन् ।

‘एकदिनमा एउटा बाजाको तीन हजारसम्म लिने गरेका छौँ, यही हिसाबले कमाई पनि राम्रै छ’ उनले भनिन्– ‘घरपरिवार नै बाजा बजाउने भएपछि आम्दानी बाहिर जाने गरेको छैन् ।’

लोप हुने अवस्थामा पुगेको पञ्चेबाजा संरक्षणका लागि नयाँ पुस्तालाई पनि सिकाउन थालिएको उनले बताईन् । ‘नयाँ हाम्रा सन्ततीहरूलाई सिकाउने गरेका छौँ,

यसले पनि बाजा बजाउने पेशा अर्को पुस्तालाई हस्तान्तरण गरेको जस्तै भएको छ ।’ बाजाको माग बढ्दै गएपछि आम्दानीका लागि भौतारिनु पर्ने अवस्था नरहेको उनको भनाई छ ।

‘दुई÷चार हजारका लागि अरूसँग हात थाप्नुपर्ने अवस्था छैन्’ उनले भनिन्– ‘बाजाको संरक्षण पनि हुने र आम्दानी पनि हुने भएपछि हामीलाई सहज भएको छ,

म त धेरै ठाउँमा सम्मानित पनि भएको छु, महिला भएर पनि विभिन्न चुनौतीको सामना गर्दै उदाहरणीय काम गर्नुभएको रहेछ भनेर सम्मान गर्ने गर्दछन् ।’

कला, संस्कृति, रितिरिवाज र परम्परा बोकेको बाजा संरक्षणका लागि स्थानीय सरकारले पनि ध्यान दिनुपर्ने उनको भनाई छ । पञ्चेबाजा बजाउँदै दैनिकी चलाएका घोराही–१८ ढोडेनीको परियार समुदायले बाजा बजाउने पेशालाई निरन्तता दिने गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here