- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeमुख्य खबरकपुरकोटमा कोरोना चेकजाँच

कपुरकोटमा कोरोना चेकजाँच

- Advertisement -spot_img

शंकर के.सी.
सल्यान, ३० फागुन ।

विश्वलाई नै त्रसित बनाईरहेको कोरोना भाईरस (कोभिड १९) को सम्भावित जोखिमबाट बच्न कर्णाली प्रदेशको नाका सल्यान कपुरकोटमा स्वास्थ्य सहायकता कक्ष (हेल्थ डेस्क) स्थापना भएको छ । शुक्रबार कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रीता भण्डारीसहितको टोली कपुरकोट आएर हेल्थ डेस्क स्थापना गरेको हो ।
शुक्रबार कपुरकोट स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष मिनबहादुर सेनको अध्यक्षतामा भएको कार्यक्रममा निर्देशक भण्डारीले हाललाई स्थानीय तहका स्वास्थ्यकर्मीहरूको व्यवस्थापन गरी हेल्थ डेस्क सञ्चालन गरिने बताइन् । कपुरकोट स्वास्थ्य चौकीका ईन्चार्ज देवेन्द्र कुमार सेनले शनिबार बिहानैबाट हेल्थ डेस्कमा तीनजना कर्मचारी खटिने जानकारी दिए । कपुरकोटस्थित प्रहरी चेक प्वाइन्ट नजिकै हेल्थ डेस्क स्थापना गरिएको छ । केही दिनमै प्रदेशबाट थप जनशक्तिको व्यवस्थापन गरिने निर्देशक भण्डारीले जानकारि गराइन् ।
कर्णाली प्रवेश गर्ने प्रमुख नाका बबई, हुम्लाको हिल्सा र सुर्खेत विमानस्थलमा हेल्थ डेस्क निर्माण भइसकेको छ । खास गरेर सार्वजनिक यातायातका साधनमा आउने यात्रुहरूलाई झारेर कपुरकोटस्थित हेल्थ डेस्कमा उनीहरूको ज्वरो जाँच गरिने छ । भण्डारीले भनिन्, ‘मुख्य तथा कोरोना भाइरसका प्रमुख लक्षणहरू १००.४ डिग्री फरेनहाइट भन्दा माथि ज्वरो आउनु, सास फेर्न गाह्रो हुनु र रूघाखोकी लाग्नु भएकाले हेल्थ डेस्कमा नाकाबाट आउने यात्रुहरूको ज्वरो जाँच गर्छौँ र आवश्यक सल्लाह, सुझाव प्रदान गर्छौँ ।’
भारतबाट आउने नेपालीहरूमा कोरोना भाइरस आउन सक्ने जोखिम देखिएकाले नाकामा हेल्थ डेस्क राखिएको उनले बताइन् । भाइरस विरूद्ध रक्षा पंक्ति तयार गर्नुपर्ने अहिलेको प्रमुख आवश्यकता रहेकोमा जोड दिदै उनले स्वास्थ्यकर्मीबाट मात्रै सम्भव नभएकाले सामाजिक रूपमा लागेर कोरोना भाइरसको जोखिमलाई निम्तिन दिन नहुने निर्देशक भण्डारीले बताइन् ।
हेल्थ डेस्कले एक सय दशमलव ४ डिग्रीभन्दा माथि ज्वरो देखिए वा कोरना संक्रमित देशबाट आएका व्यक्तिलाई स्वास्थ उपचार पश्चात् घरमै छुट्टै कोठामा राख्ने व्यवस्था गरिने, गम्भीर प्रकारका बिरामी भेटिएको अवस्थामा प्रदेश अस्पतालको नयाँ भवनमा कोरोनाको लागि छुट्याइएको आइसोलेसन कक्षमा राखेर उपचार गर्ने उनको भनाई छ । साथै अन्य बिरामीहरूलाई छुट्टै वार्डमा राखेर उपचारको व्यवस्था मिलाइएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक भण्डारीले जानकारी दिइन् ।
हेल्थ डेस्क स्थापना गरेपनि जनशक्ति र उपकरणको भने अभाव देखिएको छ । कपुरकोटमा हाल एउटा मात्रै ज्वरो नाप्ने यन्त्र ल्याइएको छ । मास्क, स्यानिटाइजर मेसिन, एप्रोन, ग्लोब्सजस्ता सामग्री देशभर अभाव रहेको र केही दिनमै थप सामग्रीको ब्यवस्था गर्ने निर्देशक भण्डारीले जानकारी दिइन् ।
कार्यक्रममा कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख वृष बहादुर शाही, स्वास्थ्य सेवा टेक्निसियन सन्तमान श्रेष्ठ, जनस्वास्थ्य अधिकृत करूणा भण्डारीलगायतले कोभिड–१९ बाट कर्णालीमा त्रसित हुनुपर्ने अवस्था नरहेको तर सतर्क बन्नुपर्नेमा जोड दिएका थिए ।
नियमित रूपमा साबुन पानीले हात धुने, ज्वरोसहितको रूघाखोकीको लक्षण देखिएमा स्वास्थ्यकर्मीको परामर्श लिने, जंगली तथा घरपालुवा पशुपंछीसँग असुरक्षित सम्पर्कबाट टाढा रहने, खोक्दा वा हाछ्युँ गर्दा नाक, मुख छोप्ने, माछा, मासु र अण्डा राम्रोसँग पकाएर मात्र खानेजस्ता कार्य गरेमा कोरोनाको जोखिमबाट वच्न सकिने उनीहरूले बताएका छन् ।
कर्णाली सरकारले गत शुक्रबार शुक्रबार बबई, हुम्लाको हिल्सा, सल्यानको कपुरकोट, पश्चिम सुर्खेतको जामुक ुहिने र सुर्खेत विमानस्थल गरी पाँच स्थानमा हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरेको थियो । आवश्यकता अनुसार प्रदेशका डोल्पा, मुगु, दैलेख, कालिकोट लगायतका ठाउँबाट प्रदेशका अन्य स्थानमा समेत हेल्थ डेस्क राख्ने तयारी कर्णाली सरकारको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here