- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsनेपालमा घर, पानी भारतको

नेपालमा घर, पानी भारतको

- Advertisement -spot_img

श्रीराम दहित
कोइलाबास, ३० फागुन ।

दाङको कोइलाबास नाकामा वर्षौंदेखिको पिउने पानीको समस्या समाधान हुन सकेको छैन । पाँच सय घरपरिवार रहेको कोईलाबास नाका र डाँडागाउँका बासिन्दा पानीकै लागि भारतको भर पर्नुपर्ने अवस्था छ । उनीहरूले गर्मीसमय शुरू भएसँगै भारतमा पानी ल्याउनुपर्ने बाध्यता वषौँदेखि छ ।

खानेपानीलाई नागरिकको मौलिक अधिकारको रूपमा राखे पनि कोइलाबासका स्थानीय आधारभूत खानेपानीबाट वञ्चित भएका छन् ।

कोइलाबासमा खानेपानीको समस्या भएको दशकौँ बितेपनि समस्या समाधानका लागि उचित पहल हुन नसकेको स्थानीयको गुनासो छ ।

दाङको मुख्य प्रवेशद्वारको रूपमा रहेको ऐतिहासिक कोइलाबास नाका दुई सय वर्षभन्दा पुरानो नाका हो तर कोइलाबासमा खानेपानीको समस्या वषौँदेखि समाधान हुन सकिरहेको छैन् ।

दाङसहित सल्यान, प्यूठान, रोल्पा र रूकुम जिल्लाको व्यापारीक केन्द्रको रूपमा परिचित कोइलाबास बजारमा अहिले एकमात्र भण्डारी किराना पसल अस्तित्वमा रहेको छ । खाने, बस्ने सुविधा भएको एकमात्र नारायणी होटल रहेको छ । कोइलाबासीहरूका लागि पर्याप्त पसल तथा होटल खुल्नु नखुल्नु ‘न हर्ष न विस्मात’ केही छैन ।

स्थानीय सत्यप्रसाद घिमिरेले तीन पुस्ताले भारतको पानी पिउँदै आएको बताए । ‘हाम्रो तीन पुस्ताले एउटै दुखेसो खानेपानीको समस्या सुन्ने सुनाउने गरियो, तर हामी नेपालीहरू भएरपनि नेपालको पानी पिउन पाएका छैनौँ’ उनले भने– ‘आखिर नेपाली भएर भारतको पानी कहिलेसम्म पिउनुपर्ने बाध्यता हुन्छ होला त ?’

राणादेखि गणतन्त्रसम्म देश आइपुग्यो शुद्ध पिउने पानीको अभावमा ऐतिहासिक कोइलाबासको अस्तित्व सकिन लागेको अर्का स्थानीय बन्दना मलहोत्राले बताईन् ।

‘खानेपानीको सुविधा नहुँदा कोइलाबासको बस्ती नै कम हुँदै गएको छ, उनले भनिन्– ‘पानी खोज्दै अन्यत्र जाँदा बस्ती नै सकिन लागेको छ ।’ कोइलाबासमा अहिले नेपाल सरकारको दर्जन बढी सरकारी कार्यालयहरू अस्तित्व भग्नावशेष मात्रमा देख्न सकिन्छ ।

घरेलु मदिरा उत्पादन र उपभोग अत्यधिक रहेको र शान्ति सुरक्षाको प्रमुख समस्या रहेको प्रहरी चौकी कोइलाबासका प्रमुख प्रहरी सहायक निरीक्षक नन्दराम केसीले बताए ।

प्रहरी चौकी कोइलाबास र सीमा प्रहरी चौकी कोइलाबास दुई कार्यालयमा जम्मा जनशक्ति चारजना मात्र रहेको तत्कालीन नेकपा मावोवादी द्वन्द्वका कारण ध्वस्त गरिएका प्रहरी चौकी लगायतका सरकारी कार्यालयहरू पुनर्निर्माण नहुँदा शान्ति सुरक्षा र अन्य सेवा प्रवाह गर्न कठिन रहेको उनले बताए । कोइलाबासको समग्र समृद्धिका गाउँपालिका लागेको उपाध्यक्ष शान्ति चौधरीले बताइन् ।

द्वन्द्वकालिन ध्वस्त संरचना निर्माणसँगै शुद्ध पिउने पानी सर्वसुलभ बनाउने योजनामा गाउँपालिका रहेको गढवा गाउँपालिका उपाध्यक्ष चौधरीले बताइन् ।

भौगोलिक दृष्टिले दुर्गम अभावग्रस्त कोइलाबास, मुसी, खबरी लगायतका नाकामा शान्ति सुरक्षा, शुद्ध पिउने स्वास्थ, शिक्षा, बाटोघाटो पुलपुलेसा प्राथमिकीकरण गरी निर्माण पुनर्निर्माण गर्न गाउँपालिका आवश्यक बजेट विनियोजन गरेको चौधरीले बताइन् ।

कोरोना जाँच गर्न भन्सार नाकामा खटिएकी स्वास्थ्य चौकी कोइलाबासमा कार्यरत अहेव गीता बेलवासेले बताईन् । ‘नागरिकलाई शुद्ध पानीले हात धुन भनिन्छ पिउने शुद्ध पानी छैन’

उनले भनिन्–स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको शुद्ध पिउने पानीको व्यवस्थापनमा खानेपानी मन्त्रालयले तुरून्त ध्यान दिनुपर्छ ।’

सात किलोमिटर दूरीमा रहेको भारतीय बजार बलरामपुरबाट खाद्यान्न खरिद गरी ल्याउन जति सहज छ त्योभन्दा कठिन छ भारतीय सीमा प्रहरी एसएसबिसँग स्वाभिमान गुमाएर कहिलेसम्म पिउने पानीको भिख माग्नु नाम नभन्ने सर्तमा सशस्त्र सीमा प्रहरीमा कार्यरत एक जवानले बताए ।

‘सम्बन्धित निकायले लाज मान्नुपर्छ’ उनले भने– ‘विश्वको दोस्रो धनी देश नेपालका नागरिक पिउने पानीको भिख कहिलेसम्म माग्ने ?

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here