- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homebreaking-newsप्रदेशसभामा गिरी सिफारिस

प्रदेशसभामा गिरी सिफारिस

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, ३० फागुन ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रदेश नम्बर ५ को प्रदेशसभामा रिक्त समानुपातिकतर्फको प्रदेश सदस्यका लागि शंकर गिरीको नाम सिफारिस गरेको छ ।

नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपाबाट प्रदेश नम्बर ५ को प्रदेशसभा सदस्यका लागि शंकर गिरीको नाम सिफारिस भएको हो ।


प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य बलदेव शर्मा पोखरेलको निधन भएपछि प्रदेशसभा सदस्यको रिक्त स्थानमा काँग्रेसले बुधबार गिरीलाई सिफारिस गरेको हो ।

काँग्रेस नेता गिरी समानुपातिकको सूचिमा थिए । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेपाली काँग्रेसले प्रदेश नम्बर ५ को प्रदेशसभाको समानुपातिकतर्फ रिक्त सदस्यमा शंकर गिरीको नाम सिफारिस गरेको बताए ।

‘काँग्रेसले शंकर गिरीको नाम सिफारिस गरेको छ’, उनले भने, ‘निर्वाचन आयोगले निर्णय गरेपछि राजपत्रमा प्रकाशित गरी प्रदेश नम्बर ५ को प्रदेश सभालाई जानकारी पठाइने छ ।’

निर्वाचन आयोगले गिरीलाई प्रदेशसभा सदस्य बनाउने निर्णय गरेपछि राजपत्रमा प्रकाशित गर्ने उनले बताए ।

राजपत्रमा प्रकाशित गरेपछि मात्रै आयोगले प्रदेश नम्बर ५ को प्रदेश सभालाई गिरीको सपथका लागि पत्र पठाउने छ । यो प्रक्रिया पूरा हुन कम्तिमा एक साता लाग्नेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here