- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरप्याराग्लाइडिङसहितको म्युजिक फेस्टिबल हुने

प्याराग्लाइडिङसहितको म्युजिक फेस्टिबल हुने

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, ३० फागुन ।

तुलसीपुरमा प्याराग्लाइडिङ एण्ड अटो मोवाईल तथा सो म्युजिक फेस्टिबल २०७६÷०७७ हुने भएको छ ।

दाङको पयर्टकीय क्षेत्रको प्रवद्र्धनका लागि तुलसीपुरमा आगामी चैत २८ गतेदेखि बैशाख ८ गतेसम्म प्याराग्लाइडिङ एण्ड अटो मोवाइल तथा सो म्युजिक फेस्टिबल ०७६/०७७ हुन लागेको हो ।

चन्द्र सूर्य प्रालिको आयोजनामा हुन लागेको फेस्टिबलमा तुलसीपुरमा प्याराग्लाइडिङको उडान गर्ने, अल्ट्रालाइट एयरको उडान, हट एयर बेलुनको उडानसहित विभिन्न सांगीतिक कार्यक्रम हुन लागेको मेलाका संयोजक अरूण कुमार श्रेष्ठले जानकारी दिए ।

‘दाङमै प्रथम पटक प्याराग्लाइडिङ उडानसहितको मेलाको आयोजना गरेका छौँ’ उनले भने–‘फेस्टिबलमा देश तथा विदेशका कलाकारको साँगीतिक प्रस्तुतीसमेत रहने भएको छ ।’

प्याराग्लाइडिङ, अल्ट्रालाईट एयर फ्लाईट, हट एयर बेलुनमार्फत दाङसहित प्रदेश नम्बर ५ का पर्यटकीय क्षेत्रको अवलोकन गर्न सकिने उनले बताए ।

‘मेलाले दाङको पर्यटनमात्र नभई प्रदेश नम्बर ५ को पर्यटन प्रवद्र्धनमा सहयोग पुग्नेछ’ उनले भने– ‘प्याराग्लाइडिङको उडान हुनुले पनि दाङको पर्यटन विकासमा थप टेवा पुग्ने छ ।

पर्यटन प्रवद्र्धनलाई सहयोग पु¥याउने उद्देश्यले सञ्चालन हुन लागेको मेलामा प्रदेश नम्बर ५ को पहिचान झल्कने वस्तुको प्रदर्शनी तथा बिक्री,

घरेलु उद्योगबाट उत्पादित वस्तु तथा स्थानीय हस्तकला काठ, बाँस एवं माटोबाट बनेका वस्तुको प्रदर्शनी तथा बिक्री, कृषिजन्य वस्तुको प्रदर्शनी तथा बिक्री, जडिबुटी प्रदर्शनी, विभिन्न आधुनिक उपकरणहरूको प्रदर्शनी तथा बिक्री, अटो मोबाइल्स प्रदर्शनी हुने आयोजकले जनाएको छ ।

जिल्लामै पहिलो पटक आयोजना गरिएको फेस्टिबलमा विभिन्न जातजातिहरूको खानाको प्रदर्शनी तथा बिक्री वितरण, यातायातलाई यात्रुमैत्री बनाउनका लागि मजदुरलाई अभिमुखीकरण, राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीबाट उत्पादित गाडीहरू तथा मोटरसाइकलको प्रदर्शनी तथा बिक्री वितरण हुने संयोजक श्रेष्ठले बताए ।

‘हामीले आयोजना गरेको प्याराग्लाइडिङ एण्ड अटो मोवाईल तथा सो म्युजिक फेस्टिबलले घुम्न जाऔँ तुलसीपुर अभियानलाई सार्थक बनाउन महत्वपूर्ण भूमिका खेल्ने छ’ उनले भने– ‘मेलामा विभिन्न प्रविधिको प्रदर्शनीसमेत राखिने छ ।’

यस्तै मेलामा प्रदेश नम्बर ५ स्तरीय खुल्ला गायन प्रतियोगिता समेत हुने भएको छ । प्रदेश नम्बर ५ का १२ वटै जिल्लामा रहेका प्रतिभाहरूको उजागर गर्ने उद्देश्यका साथ प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा प्रथम हुनेले नगद ३ लाख, द्वितीय हुनेले १ लाख ५० हजार, तृतीय हुनेले ७५ हजार र सान्त्वना हुनेले २५ हजार प्राप्त गर्ने छ । प्रतियोगितामा लोक दोहरीबाहेक सबै विधाका गीत गाउन सकिने आयोजकले जनाएको छ ।

यसैबीच आयोजकले बिहीबार पत्रकार सम्मेलन गरी तयारी शुरू भइसकेको जनाएको छ । आयोजक संस्था चन्द्रसूर्य यातायात प्रालिका अध्यक्ष अरूणकुमार श्रेष्ठको अध्यक्षतामा पत्रकार भेटघाट भएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here