- Advertisement -spot_img
Thursday, June 17, 2021
Homebreaking-newsमहोत्सवका दर्शकलाई टिभी र आईरन उपहार

महोत्सवका दर्शकलाई टिभी र आईरन उपहार

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, ३० फागुन ।

तुलसीपुरमा माघ १० देखि २१ सम्म सञ्चालन भएको तुलसीपुर महोत्सव २०७६ का दर्शकले उपहार प्राप्त गरेका छन् ।

टिकट सौजन्य गरेको सिजी फुड्स नेपाल प्रालिले महोत्सवमा बिक्री गरेको टिकटमा लक्की ड्र मार्फत घोषणा गरेको पुरस्कार अनुसार विजेताहरुलाई पुरस्कार वितरण गरेको हो ।

बिहीबार तुलसीपुर–४ का ज्ञानबहादुर घर्तीलाई ३२ ईन्चको एलईडि टिभी र तुलसीपुर–६ निवासी पार्वती चौधरीलाई ईलेक्ट्रिक आइरन हस्तान्तरण गरिएको हो ।

वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावतको अध्यक्षतामा भएको हो । अध्यक्ष रावतले पुरस्कार विजेताहरुलाई बधाई ज्ञापन गरे ।

उनले महोत्सवमा टिकट सौजन्य र पुरस्कार स्थापना गर्ने सिजी फुड्स कम्पनीलाई धन्यवाद ज्ञापन गरे ।

अध्यक्ष रावतले महोत्सवमा भएको खर्च र आम्दानीको विवरण संकलनको काम अन्तिम चरणमा पुगेको जानकारी दिए । कार्यक्रमको सहजीकरण वाणिज्य संघका प्रेस सल्लाहकार शरद रेग्मीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here