- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरकोरोना जाँचका लागि हेल्पडेस्क

कोरोना जाँचका लागि हेल्पडेस्क

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, ३० फागुन ।

तुलसीपुर उपमहानगरपालिकाले कोरोना चेकजाँचका लागि दुई स्थानमा हेल्पडेस्क राख्ने भएको छ । उपमहानगरको ८१औँ कार्यपालिकाको बैठकले कोरोना भाईरस संक्रमणको क्रासले आम नागरिकमा त्रास फैलिएको भन्दै हेल्पडेस्क सञ्चालन गर्ने निर्णय गरेको हो । उपमहानगरले वडा नं. १३ का दुई स्थानमा भाइरस जाँचका लागि हेल्पडेस्क राख्न लागेको हो ।

उपमहानगरले भारतबाट आउने यात्रुहरूलाई लक्षित गरी वडाको दमारगाउँ र विमान सेवा प्रयोग गर्ने यात्रुहरूलाई लक्षित गरी तुलसीपुर विमानस्थलमा डेस्क राख्ने निर्णय गरेका तुलसीपुर उपमहानगरपालिकाका नगर प्रवक्ता सूर्यबहादुर डाँगीले जानकारी दिए ।

कोरोनाको त्रास आम नागरिकमा दिनप्रतिदिन बढ्दै गएकाले अहिले दुई स्थानमा मात्र डेस्क सञ्चालन गरिएको तुलसीपुर उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख ओमप्रकाश न्यौपानेले बताए । डेस्कमा थर्मल गनले ज्वरो नापिने छ ।

स्वास्थ्य जाँचको समयमा कोरोनाको आशंका लागेमा राप्ती प्रादेशिक अस्पतालमा रहेको आइसोलेसन वार्डमा राखी उपचार गरीने उनले बताए । आवश्यक परेको समयमा अन्य स्थानमा पनि कोरोना भाइरस चेकजाँचका लागि हेल्पडेस्क सञ्चालन गर्न सकिने उनले बताए ।

विभिन्न निकायको अनुगमन गरिने

यसैबीच तुलसीपुर उपमहानगर–पालिकाले उपभोक्ता हितका लागि विभिन्न निकायहरूको अनुगमन गर्ने भएको छ  ।

उपमहानगरपालिकाले उपभोग्य वस्तुमा हुने मिसावट, कृत्रिम अभाव, चर्को मूल्य बृद्धि र सेवा प्रभावलाई मध्यनजर गर्दै स्वास्थ्य प्रतिष्ठानसँगै विभिन्न निकायहरूको अनुगमन गर्ने तयारी गरेको हो । बिहीबार तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

स्वास्थ्य प्रतिष्ठानमा औषधिको मूल्यमा एकरूपता र स्वाथ्यवद्र्धक औषधिको बिक्री वितरण, उपभोग्य वस्तु, विभिन्न सेवाप्रदायक निकायको सेवालगायतका विषयमा अनुगमन गरिने उपभोक्ता हित संरक्षण शाखाका अधिकृत रेवा रावतले जानकारी दिईन् ।

बैठकले नेपालको संविधानले आमउपभोक्ताको अधिकारको बारेमा जानकारी लिन र दिन पाउने व्यवस्था गरेको भन्दै करिब १४ वटा स्थानमा अधिकार सम्बन्धी होर्डिङ बोर्ड निर्णय गरेको छ ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा भएको बैठकमा जनप्रतिनिधि, मानवअधिकारकर्मी, समाजसेवी र सम्बन्धित निकायका सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here