Tuesday, April 23, 2024
Homeमुख्य खबरदोस्रो चरणको दादुरा रूबेलाविरुद्ध खोप सुरू

दोस्रो चरणको दादुरा रूबेलाविरुद्ध खोप सुरू

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, ३० फागुन ।

दाङमा बिहीबारदेखि दोस्रो चरणको दादुरा÷रूबेला रोगविरूद्ध खोप लगाउन सुरू गरिएको छ । पहिलो चरणको अभियान फागुन १६ गतेदेखि २४ गतेसम्म भएको थियो भने दोस्रो चरणको आजदेखि चैत ७ गतेसम्म सञ्चालन हुने स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

पहिलो चरणमा जिल्लाका तुलसीपुर उपमहानगरपालिका, बबई गाउँपालिका, शान्तिनगर गाउँपालिका, दंगीशरण गाउँपालिका र बंगलाचुली गाउँपालिकामा सञ्चालन भएको थियो । तुलसीपुर बाहेक सबै गाउँपालिकामा छिटफुट बालबालिकाको खोजी गरेर खोप दिने अभियान अहिले पनि जारी रहेको छ ।

यस्तै दोस्रो चरणको अभियान अन्तर्गत घोराही उपमहानगरपालिका, लमही नगरापालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा सुुरू भएको छ ।

दाङमा दुई चरणको अभियान अन्तर्गत ६१ हजार ६ सय ६६ जना बालबालिकालाई दादुरा रूबेला र ७३ हजार चार ८३ जनालाई पोलियो थोपा खुवाउने लक्ष्य राखिएको छ ।

जन्मेको ९ महिनादेखि ५ बर्ष मुनिकालाई दादुरा रूबेला र जन्मेदेखि ५ बर्षसम्मका ७३ हजार ४ सय ८३ बालबालिकालाई पोलियो थोपा खुवाउने लक्ष्या राखिएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

नेपाललाई अबको तीन बर्षभित्र पूर्णरूपमा दादुरा रूबेला रोगको निवारण गर्ने तयारीका साथ खोप अभियान सुरू भएको हो ।

ज्वरोसँगै शरीरमा राता फोकाहरू आउने लक्षण दादुराको हुन्छ भने हाडजोर्नी सुन्निने, रक्तश्राव हुने र मष्तिस्कमा असर पार्ने जस्ता रूबेलाको लक्षण हुने स्वास्थ्यकर्मीहरू बताएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here