Saturday, April 20, 2024
Homeसम्पादकीयवनमा डढेलो जोखिम

वनमा डढेलो जोखिम

- Advertisement -spot_img

गर्मीयाम सुरू भएसँगै विभिन्न विपद्हरू सिर्जना हुने पक्का छ । नागरिकहरूले कुनै न कुनै विपदको सामना गर्नुपर्ने अवस्था आइरहन्छ । सबै सहजक हुन पनि यो समयमा जरूरी हुन्छ । समय अनुसार आउने विभिन्न विपद्ले गर्मीसँगै आगलागीको विपद् बढाउँछ ।

दाङ जिल्ला आगलागीको उच्च जोखिम जिल्ला हो । वन क्षेत्र त बढी नै डढेलोको जोखिममा छ । यो अवस्थाले सबै सजक हुनुपर्ने अवस्था आएको छ ।

सानो गल्तीले कहिले काहिँ ठूलो विपद नल्याउन भन्न सकिदैन । आउँछ भने कति विपद् प्राकृतिक रूपमै आउने गर्दा सबैलाई पीडा थपेको हुन्छ । गर्मी मौसम शुुरू भएसँगै जिल्लामा आगलागीको जोखिम बढ्दै गएकोे छ । आगलागीबाट हुुनसक्ने जोखिमलाई संयमता अपनाउन नसक्दा वन क्षेत्र उच्च जोखिममै वर्षाैदेखि छ ।

अहिले पनि ४२ हजार हेक्टर वन डढेलोको कारण क्षति पुगेको तथ्यांक सार्वजनिक भइसकेको छ । ८३ वन आगलागीको उम्च जोखिममा छन् ।

आगलागीको निश्चित समय, वर्ष र महिना दिन हुँदैन जुनकुनै बेला पनि आगलागीले विपद् निम्त्याउन सक्छ । यसमा हामी आफै सजक हुनुबाहेक अरू उपाय हँुदैन ।

यसर्थ विपद् आउन नदिन र यसबाट बच्न हामी आफै सक्रिय हुन सक्यौं भने सुरक्षित हुन्छौं । क्षतिबाट सबैलाई बचाउन सकिन्छ । जिल्लामा आउने विपद्को उचित ब्यवस्थापनका लागि केही निकायहरूले पूर्वतयारी गराउन थालेका छन् ।

वन डिभिजन कार्यालय दाङले पनि वन उपभोक्तादेखि सरोकारवाला सबैलाई यो विषयमा सजक बनाउन थालेको देखिन्छ । जोखिम न्यूनीकरणका लागि जिल्लाका वनलाई उच्च, मध्यम र सामान्य गरी तीन भागमा वर्गीकरण समेत गरेर सचेतना जगाइरहेको छ । ८३ वन डढेलोको उच्च जोखिममा परेका छन् ।

बबई गाउँपालिका र घोराही उपमहानगरपालिकाअन्तर्गत रहेका अधिकांश सामुदायिक वन र केही राष्ट्रिय वनको क्षेत्र वन डढेलोको उच्च जोखिममा देखिन्छ ।

मध्यमखालको जोखिममा ४६ र सामान्य जोखिममा ४४ राखेर विश्लेषण गरिएको छ । वन क्षेत्र डढेलोको उच्च जोखिममा भएकाले यस्ता गरिनु राम्रो हो । यति मात्रै हैन त्यो अनुसारको तयारी पनि वन सरोकारवालाले गर्र्नुपर्छ ।

दाङमा वन डढेलो शुन्य पार्न वन कार्यालयले अभियान नै चलाइएको छ । योजनासहित यो कार्यमा राख्नुले विगतभन्दा अवस्था केही सुधार हुने अपेक्षा पक्कै पनि छ ।

शुन्य वन डढेलो महाअभियान नै सञ्चालन हुनुले वनमा हुने डढेलो नियन्त्रण हुने विश्वास गर्नु स्वभाविक हुन्छ । वनले योजना ल्याएर मात्रै डढेलो शुन्य हँुदैन त्यहि अनुसारको योजना कार्यान्वयन गर्नुपर्छ । कार्यान्वयनको अभियानमा सबै वन सरोकारवालाहरू जिम्मेवार भएर लाग्नुपर्छ । वन क्षेत्रको डढेलो शुन्य अभियान सफल पार्न सक्नुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here