- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरप्रतिष्ठानमा आइसियु र सिटीस्क्यान

प्रतिष्ठानमा आइसियु र सिटीस्क्यान

- Advertisement -spot_img

प्रदेश टुडे
घोराही, २९ फागुन ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइसियु र सिटीस्क्यान सेवा प्रदान गर्ने भएको छ । प्रतिष्ठानले आगामी बैशाखभित्रै आइसियु र सिटीस्क्यान सेवा प्रदान गर्ने भएको हो ।

स्वास्थ्य संस्थासँग सरोकार राख्ने अमेरिकन नेपाल मेडिकल फाउण्डेसनको सहयोगमा बैशाखभित्रै आइसियु सञ्चालनमा ल्याइने सञ्चालनमा ल्याउन लागेको उपकुलपति प्राडा संगीता भण्डारीले जानकारी दिइन् ।

प्रतिष्ठानमा यसअघि नै आइसियुका लागि आएको बजेट फिर्ता भएपछि आइसियु स्थापना हुन सकेको थिएन् । आइसियुका लागि सरकारले कुनै बजेट पनि नदिदा अहिलेसम्म त्यो सेवा उपलब्ध हुन सकेको उनले बताइन् ।

अहिले आफ्नै पहलमा दङ्गाली जनताको माग अनुसार आइसियु सेवा विस्तार गर्न लागेको उनको भनाइ छ । ‘आइसियु स्थापनाका लागि यहाँका नेतृत्वको साथ रहेन, आएको बजेट पनि फिर्ता भयो’ उनले भनिन्– ‘अहिले आफ्नै पहलमा आइसियु सेवा सञ्चालन हुन लागेको छ ।’

आइसियु नहुँदा विशेष प्रकारका अप्रेसन गर्न असहज भएको छ । अब आइसियु आएमा सबैखाले जटिल अप्रेसन प्रतिष्ठानमा पाउने उनले बताईन् ।

यसैगरेर सिटीस्क्यान मेसिन पनि ल्याउने तयारी भइरहेको छ । सिटीस्क्यान मेसिन पनि ल्याउन टेण्डरसहितको प्रक्रिया सुरु भइसकेको प्रतिष्ठानकी उपकुलपति भण्डारीले जानकारी दिइन् । ९ करोड बजेटमा सिटीस्क्यान मेसिन आउन लागेको र त्यो सिटीस्क्यान मेसिन सबैभन्दा राम्रो हुने उनले बताइन् ।

यसअघि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसियुको लागि गत असार महिनामा आएको १३ करोड १९ लाख रुपैयाँ फिर्ता भएको हो । अहिले आइसियुका लागि सरकारले बजेट उपलब्ध नगराएपछि प्रतिष्ठानले आफ्नै पहलमा सञ्चालन गर्न लागेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here