- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeफिचरविद्यालयमा चुनाव ठिक होइन्

विद्यालयमा चुनाव ठिक होइन्

- Advertisement -spot_img

पछिल्लो समयमा सामुदायिक विद्यालयमा राजनीतिक खिचातानी बढ्दै गएको छ । विद्यालय व्यवस्थापन समिति छान्नको लागि दलगत रूपमा निर्वाचनसमेत हुन थालेका छन् । शैक्षिकथलोमा राजनीति हुन उचित हो त ? यसै विषयमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीका सल्लाहकार तथा नेकपाका नेता जीवन गौतमसँग प्रदेश टुडे संवादमा कुराकानी गरेका छौं । प्रस्तुतिः सपना बोहरा

के मा व्यस्त हुनुहुन्छ ?

पार्टीको काम, विद्यालयको काममा व्यस्त छु ।

बढी समय कसलाई दिनुभएको छ ?

पार्टीलाई आवश्यक पर्दा पार्टीलाई, स्कुललाई आवश्यक पर्दा स्कुललाई । मन्त्रालयमा आवश्यक पर्दा मन्त्रालयलाई यसरी नै व्यवस्थापन गरिरहेको छु ।

विद्यालय व्यवस्थापन समितिमा आउन कति सहज छ ?

जतिबेला म स्कुलमा आए । अध्यक्ष हुने भन्ने उद्देश्यसहित आएको थिएन् । एउटा भेलामा अतिथिका रूपमा आएको थिए । तर परिस्थिति त्यस्तै प¥यो ।

सहमतिमा व्यवस्थापन समिति बनाऔँ भन्ने छलफल चल्यो । त्योभन्दा पहिले दुई कार्यकाल यहाँको चुनाव भएको थियो । सकेसम्म स्कुलहरूमा चुनाव हुनुहँुदैन् ।

किनभने स्कुल सामाजिक संघसंस्थाहरू जस्ता सबैमा सबै राजनीतिक दलहरू मिलेर जान्यो सक्यो भने परिवर्तन सम्भव छ । स्कुलहरूको परिवर्तन सम्भव छ ।

विद्यालयमा चुनाव गराउनु ठीक हो ?

वास्तवमा यो ठिक होइन् । सामुदायिक विद्यालयको व्यवस्थापन समिति बनाउदा खेरी निर्वाचन गराउने पक्षको मान्छे होइन् । तर हामी लोकतान्त्रिक विधिभित्र भएको कारणले विधि मै निर्वाचन गर्न पाइन्न भनेर लेख्न नमिल्ने ।

हामीमा राजनीतिक संस्कार त्यति धेरै विकास भएन् । जसको कारणले गर्दा प्रत्येक कुरामा राजनीतिक दलहरूले जहाँ पनि आफ्नै नेतृत्व खोज्ने र त्यसको प्रभाव चाहिँ चुनावमा पार्ने कोणबाट बढी प्रेरित भयौँ कि भन्ने लाग्छ ।

त्यो कारण गर्दा सहमति नहुने । एकातिर अभिभावक भेला भईरहेको छ, अर्कोतिर राजनीतिक दलहरू वार्तामा बसिराख्ने अनि सहमति गर्न नसक्ने ।

अभिभावकको भेलाबाट चुनावको मिति घोषणा हुने जुन परिपाटीको विकास भईरहेको छ । सामुदायिक विद्यालयको शिक्षाको रूपान्तरणमा यो राम्रो लक्षण होइन् ।

विद्यालयमा राजनीति अभिभावकले चाहेको की राजनीतिक दलले ?

प्रस्तुत हुने बेलामा त अभिभावकलाई प्रस्तुत गरिन्छ हेर्नुुस् । मुख्य कुरामा त राजनीतिक दलहरूले सहमति गर्न चाह्यो भने सहमति हुन्छ ।

अधिकांश अभिभावकहरू भोट हाल्न नगएको तथ्यांक छ, यसले त अभिभावक विद्यालयमा राजनीति चाहदैनन् भन्ने देखिदैन् र ?

त्यसो त म भन्दिन् । राजनीतिबाट मुक्त समाज नै छैन् । सबै मान्छेहरू कुनै न कुनै राजनीतिमा छन् । दलीयरूपमा कति कार्यकर्ता हुन् कति कार्यकर्ता होइनन् ।

त्यो अर्को पाटो होला । तर मैले भनेको स्कुलको निर्वाचनमा कही ४० प्रतिशत, कहि ५० प्रतिशत चाहिँ भोट खस्ने गरेको छ सामान्यतया ।

मतको प्रतिशतलाई मात्रै हेर्नेभन्दा पनि अभिभावकले भोट चाहेका रहेछन् भन्ने रूपले व्याख्या गर्न पनि सकिएला । मूलरूपमा स्कुलको व्यवस्थापन समिति बनाउनको निमित्त राजनीतिक दलहरूले सहमति गर्नसकेमा निर्वाचन हुँदैन् ।

यहाँ राजनीतिक दलहरूबीचको सहमति हुन नसकेको कारणले अभिभावक भेलाबाट सर्वसम्मतरूपमा नेतृत्व छानिदैन् । अनि त्यसपछि कहाँ जान्छभन्दा निर्वाचनमा जान्छ ।

समितिमा पार्टीकै जिम्मेवार व्यक्ति आउनु जरूरी छ र ?

मेरो कुरा त के छ भन्नु हुन्छ भने २०४६ पछाडि नेपालमा जब शिक्षामा निजीकरण र व्यापारीकरण मौलायो । मुख्यतः २०४८ सालमा नेपाली काँग्रेसको सरकार बन्यो र त्यसले उदारीकरणको नीति लिएर आयो ।

त्यसपछि निजी स्कुल खोल्ने प्रावधानहरू खुकुलो बन्दै गए । अन्त्यमा कम्पनी ऐनअन्तर्गत शिक्षामा व्यापार गर्न पाउने व्यवस्था ल्यायो । त्यस पछाडि सामुदायिक स्कुलहरू बिग्रिदै गए । निजी स्कुलहरू मौलाउँदै आए ।

तपाई घोराहीमा हेर्नुस् २०४८ सालपछि के भयो ? कम्युनिष्टहरूले दिपशिखा खोले काँग्रेसहरूले शान्तिसुधा खोले । काँग्रेसका छोराछोरी शान्तिसुधा पढाउन लैजाने, कम्युनिष्टले छोर छोरी दिपशिखा पढाउन लैजाने ।

यो ढंगले विद्यालय आईसकेपछि पद्योदय नमुना मावि, भरतपुर, रझेना माविजस्ता विद्यालयका गुणस्तरहरू खस्किदै जान थाल्यो ।

त्यसकारण सामुदायिक विद्यालयहरू रूग्न बन्दै गए । उद्योगजस्ता भए । आज हामीले पढाइका सबै कोर्ष त पूरा ग¥यौँ, अब देशलाई समृद्धतर्फ लैजाने हो ।

समृद्ध भनेको स्कुलहरूलाई राम्रो बनाउने हो । गरिबहरूलाई औषधीको व्यवस्था दिने हो । कृषि, सडक, विद्युतलाई राम्रो बनाउने हो ।

अब स्कुललाई कसले राम्रो बनाउन सक्छ त ? एउटा सामान्य किसानलाई स्कुल जिम्मा लगाएर स्कुल बदलिन्छ ? राजनीतिक दलहरूको नेताको काम चाहिँ के हो ? नेताहरू एउटा चुनाव लड्ने अनि चोक–चोकमा बसेर चिया खाने र गफ गर्ने हो कि ? स्कुललाई बदल्ने हो ?

सबै राजनीतिक दलहरूले एक÷एकवटा विद्यालय जिम्मा लिनुप¥यो । नेपाली काँग्रेसकाले पनि कम्युनिष्टकाले पनि । म रझेना स्कुलको व्यवस्थापन समितिको अध्यक्ष भएदेखि मलाई भन्दिनु प¥यो । यो स्कुल राजनीतिकरण भयो कि बदलियो ?

विद्यालयमा राजनीतिक हाबी हुने हो की ?

होईन् । भन्नुस् म रझेनामा तीन वर्षसम्म रहदा कति राजनीतिक हाबी भयो ? तपाई काँग्रेसका नेताहरूलाई गएर सोध्नुस् । यहीका काँग्रेसका नेताहरू विद्यालयका सल्लाहकार भएर बस्नुभएको छ । उहाँहरूलाई सोध्नुस् । राजनीति कति हाबी भयो ?

जहाँ नेताहरू चाहिँ व्यवस्थापन समितिको अध्यक्ष भएनन् त्यहाँ राजनीति छ कि छैन् हेर्नुस् ? विद्यालयमा नेताले नेतृत्व ग¥यो कि राजनीतिक ग¥यो भन्नेमा प्रश्न हो ? भरतपुरमा चुनाव किन भयो ? भरतपुरमा काँग्रेसलाई बहुमत दिदा पनि उहाँहरूले मान्नु भएन्, त्यसकारण चुनाव भयो ।

राजनीति त सबैभन्दा बढी त्यहाँ भयो नि अभिभावकको नाममा । यहाँ सर्वसम्मत भयो । कुरा चाहिँ के हो भने उद्देश्य के हो ? स्कुललाई नयाँ माध्यमबाट बदल्ने, निजीसँग प्रतिस्पर्धामा ल्याउन सक्ने ।
गरिबका छोराछोरीलाई पनि गुणस्तरीय शिक्षा दिने उद्देश्य भएन् ।

हामी अभिभावकको नाममा स्कुललाई राजनीति यो वा त्यो पार्टीले कब्जा गर्ने रणनीति बनाउन थाल्छौ । त्यसपछि त्यहाँ पार्टीको नेता जानु पर्दैन् । एउटा मान्छे उभ्याईन्छ, त्यो मान्छेको नामबाट अनि त्यहाँ हुन्छ राजनीति । विद्यालय व्यवस्थापन समितिमा नेता नै जानुभयो भने राजनीति कम हुन्छ । मेरो अनुभव चाहीँ यही छ ।

विद्यालयमा चुनाव भईरहदा कलिला विद्यार्थीहरूमा प्रभाव पर्दैन् ?

के पर्नु ? म यहाँ नेकपाको राजनीति गर्न आएको होइन् । म यहाँको अभिभावक हो ।
अधिकांश विद्यालयमा चुनाव त भयो नि ?

स्वभाविकरूमा त्यसले राम्रो प्रभाव पार्दैन् । त्यसकारण म भनि राख्या’छु । राजनीतिक दलहरूले सचेत रूपले स्कुलहरूमा व्यवस्थापन समितिको चुनाव गर्ने कुरा होइन् । सहमतिमा व्यवस्थापन समिति बनाउने संस्कृतिको विकास गर्नुप¥यो ।

यदि दाङको विकास गर्ने हो भने । विकास गर्ने त यहीका नेकपा र काँग्रेस हुन त ? अर्काले आएर त बनाईदिन्न ? शिक्षा पूर्वाधारको पनि पूर्वाधार हो । शिक्षाको विकास गर्नको लागि दाङका राजनीतिक दलहरूले एक भएर सबै स्कुलमा हस्तक्षेप गराँै ।

सबैले एक÷एकवटा स्कुलको नेतृत्व ग¥याँै । म त भन्छु नेकपाका टिकाराम खड्काले एउटा स्कुलको नेतृत्व गर्नुप¥यो । काँग्रेसका कीर्तिबहादुर खड्काले अर्को स्कुलको नेतृत्व गर्नुप¥यो ।

जीवन गौतमले एउटा स्कुलको नेतृत्व गरिरहेको छ भने दिपक गिरीले अर्को स्कुलको नेतृत्व गर्नुप¥यो । निर्मल आचार्यले एउटा स्कुलको नेतृत्व गरिरहनु भएको छ भने राजु खनालले अर्को स्कुलको नेतृत्व गरेर देखाउनुप¥यो नि ?

तपाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीको सल्लाहकारको हैसियतले शिक्षाको अवस्था कस्तो मूल्यांकन गर्नुभएको छ ?

दाङको सामुदायिक विद्यालयको क्षेत्र कमजोर बन्दै गएको छ । पछिल्लो केही वर्षयता शिक्षा जागरणको रूपान्तरण भएको छ । सबै राजनीतिक दलहरू लाग्यो भने आगामी वर्षभित्र एउटा राम्रो परिणाम दिन सक्छौँ ।

निजी विद्यालयमा राजनीति देखिदैन, तैपनि शिक्षा गुणस्तरमा माथि छ त?

निजी विद्यालय निजी बेञ्चमार्क बनेका छन्, देखिएका छन् । निजी पनि देखिने कति निजी छन् दाङमा ? त्यो मध्यका नाम चलेका र राम्रा भनेका स्कुल पनि कति हुन् ?

त्यो पनि अध्ययन गराँै । हाम्रो चाहिँ कस्तो भयो भन्नुहुन्छ भने निजी भएपछि एकोहोरो राम्रो भनेर भन्ने । हिजो १२०० विद्यार्थी पढाउने निजी स्कुल आज ३०० विद्यार्थीमा खुम्चेको विद्यालयमा पनि यही घोराहीमा छन् । विद्यार्थी नपाएर अनेक अफर दिदै हिडेका पनि छन् ।

शैक्षिक सुधारमा कसको भूमिका रहन्छ ?

मुख्य कुरा त शिक्षक ले नै हो । विद्यालय व्यवस्थापन समिति भनेको त त्यसको व्यवस्थापकीय रूपमा सहयोग गर्ने हो । शिक्षकहरूको मिहेनतले नै स्कुल बदलिने हो ।

शिक्षकहरूलाई उत्साह पैदा गरिदिने हो । जाँगर पैदा गरिदिने हो । त्यसको वातारण पैदा गरिदिने हो । शिक्षक आफैले आवश्यक भौतिक पूर्वाधार गर्नेदेखि लिएर आवश्यक श्रोत र साधन जुटाउने काममा लाग्न सक्दैन् ।

सबै मिहेनत कक्षा कोठामा । हामीले बाँकी काम भने व्यवस्थापन समिति पक्षले र राजनीतिक दलहरूले स्थानीय समुदायहरूले गरिदियौँ भने विद्यालय बदलिन सक्दछ ।

तपाई दुबै क्षेत्रमा राम्रो छवि बनाईसक्नु भएको छ, शिक्षा वा राजनीति रोज्नुप¥यो भने के रोज्नु हुन्छ ?
यो रोज्ने विषय नै होइन् । अलग–अलग विषय हुन् । राजनीतिकबाहेक मेरो कुनै काम नै भएन ।

मैले जानेदेखि नै राजनीति गरे । शुरूमा विद्यार्थी राजनीति गरे, त्यसपछि पार्टी राजनीति गरे । मेरो कुनै पेशा, व्यवसाय भनेको केही पनि छैन । यही हो राजनीति ।

मेरो उद्योग पनि छैन्, व्यापार छैन् । एउटा राजनीति गर्ने मान्छेले देश जनताको निम्ती काम गर्ने हो । त्यो अन्तर्गत एउटा सन्दर्भमा मलाई स्कुलमा आएर काम गर भन्नुभयो । काम गरिरहेको छु । मैले आफ्नै लागि पनि गरिरहेको छु किनभने यहाँ मेरो छोरी पनि पढिरहेका छन् ।

मैले जनताको लागि पनि गरिरहेको छु । एउटा स्कुल राम्रो बनाउनु भनेको देशको निम्ती एउटा योगदान दिनु पनि हो । त्यसकारण एकआपसमा जोडिएका विषय हुन् ।

तर प्रतिस्पर्धीको रूपमा एउटा वा अर्को भनेर छान्ने विषय हो जस्तो लाग्दैन् । मेरो राजनीतिको एउटा अंग पनि हो । राजनीति भनेको एउटा समाज सेवा पनि त हो नि !

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here