- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeसम्पादकीयहतार—हतार परीक्षा

हतार—हतार परीक्षा

- Advertisement -spot_img

सम्पादकीय

शैक्षिक सत्रको अन्तिम समयमा हुने वार्षिक परीक्षा यस वर्ष केही दिन पहिले नै हतार–हतार गरिन थालिएको छ । विश्वभरी कोरोनाको सन्त्रास फैलिएपछि शिक्षा मन्त्रालयको निर्देशनमा देशैभरी वार्षिक परीक्षा हतार–हतार हुन थालेको हो ।

हतारमा वार्षिक परीक्षा गर्नु त उपयुक्त होइन तर परिस्थिति अनुसार व्यवस्थापनको पनि अनिवार्य हुन्छ । अहिले विद्यालयस्तरको वार्षिक परीक्षाको गति त्यस्तै भएको छ । चैत्र ५ गतेसम्म कक्षा १–९को वार्षिक परीक्षा सक्ने गरी हतार–हतार अहिले परीक्षा सञ्चालन गरिएको छ ।

स्थानीय पालिकाहरूले अख्तियारी अनुसार आ–आफ्नो निर्णय गरेर नै परीक्षाको तालिका सार्वजनिक गरेका छन् । हरेक वर्ष चैतमा हुने वार्षिक परीक्षा यस वर्ष हतार–हतार फागुनमा सारिनुलाई केही सकारात्मक र केही नकारात्मक रूपमा हेरिएमा स्वभाविक नै हुन्छ ।

दाङका अधिकांश सामुदायिक तथा संस्थागत विद्यालयहरूले फागुन २८ गतेदेखि वार्षिक परीक्षा सुरू गरेका छन् ।

चैत पहिलो सातादेखि तोकिएको वार्षिक परीक्षा शिक्षा मन्त्रालयको निर्देशन र विश्वमा फैलिएको कोरोना भाइरसको त्रासका कारण फाुगनमा नै नै सारिएको छ । यसमा भने स्थानीय सरकारको भूमिका महत्वपूर्ण देखिन्छ ।

जिल्लामा रहेका ४२१ सामुदायिक विद्यालय र त्यति नै हाराहारीमा रहेका संस्थागत निजी विद्यालयहरूमा अध्ययनरत लाखौ बालबालिका वार्षिक परीक्षामा छन् ।

यति मात्रै हैन पालिकास्तरीय रूपमा सञ्चालन हु“दै आएको कक्षा ८ को परीक्षा समेत हतारका कारण विद्यालयले नै बनाइरहेको छ । गत वर्ष कक्षा ८ को परीक्षा धुमधामका साथ गरिएको थियो ।

नतिजा पनि सकसपूर्ण तरिकाले सार्वजनिक गर्र्दै धेरै विद्यार्थीलाई अनुत्तिर्णसमेत गराइएको थियो । गत वर्ष त्यस्तो भएको परीक्षा अहिले पनि सम्बन्धित विद्यालयले नै सञ्चालन गर्नुले वास्तविक नतिजा आउनेमा भने शंका रहनु स्वभाविक छ ।

कोरोनाको संक्रमणबाट बच्न र उच्च सतर्कता अपनाउनु राम्रो पक्ष हो । विद्यालय भनेको बढी जनसम्पर्क हुने स्थान पनि हो । त्यो तर्कले गरिएको परीक्षा मिति हेरफेर सामान्य कुरा हुन्छ । तर हतार–हतारको कामले राम्रो उपलब्धि दिनुपर्छ ।

परीक्षाको आफ्नै महत्व र अस्तित्व हुन्छ । परीक्षाको महत्वलाई बचाउनु अहिलेको चुनौती हो । विद्यार्थी उत्तीर्ण गराउने नाममा गलत कार्य गरेर परीक्षाको मर्यादामा आ“च ल्याउनु हु“दैन । हुन त एक वर्ष बढेको र जानेको कुराको मूल्यांकन ३ घण्टामा गरिनु सान्दर्भिक त हैन ।

नीति र प्रक्रिया नै त्यहि भएपछि त्यसमै सही मूल्यांकन गरिनुपर्छ । परीक्षा मर्यादा जोगाई राख्न र मूल्यांकनलाई पारदर्शी बनाउन सबै जिम्मेवार हुन आवश्यक छ । शिक्षा सरोकारवालाले ध्यान दिन पनि अपरिहार्य छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here