- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeफिचरगर्भपतन गराउने संख्या बढ्दै

गर्भपतन गराउने संख्या बढ्दै

- Advertisement -spot_img

स्वेता थापा
दाङ, २७ फागुन ।

दाङमा गर्भपतन गराउने आमाहरूको संख्या बढ्दै गएको छ । गर्भपतन गर्न पाउने कानुनी मान्यता पाएपछि वर्षेनी गर्भपतन गराउने आमाको संख्या थपिदै गएको छ ।

दाङमा साढे दुई वर्षमा ५ हजार बढी महिलाहरूले गर्भपतन गरेका छन् । गर्भपतन गराउनेमा २० वर्षमुनिका पनि रहेका छन् ।

स्वास्थ्य कार्यालय दाङको तथ्यांक अनुसार आर्थिक वर्ष ०७४÷७५ मा १ हजार ८ सय ७७ जनाले गर्भपतन गराएका छन् ।

जसमा २० बर्ष मुनिका १ सय ८ जना रहेका छन् भने २० बर्ष माथिका १ हजार ७ सय ६९ जनाले गर्भपतन गराएको दाङ जिल्ला स्वास्थ्य कार्यालयकी पब्लिक हेल्थ नर्स सीता कवरले जानकारी दिइन् ।

ति मध्ये औषधी सेवनबाट गर्भपतन गराउने ८ सय १४ जना छन् भने सर्जिकल विधिबाट ३ सय ७६ जनाले गर्भपतन गराएको उनले बताईन् ।

त्यसैगरी गत आर्थिक वर्ष ०७५÷७६ मा झण्डै दोब्बरको संख्याले गर्भपतन गराएका छन् । गत वर्ष २ हजार ७ सय ८६ जनाले गर्भपतन गराएको तथ्यांकमा छ ।

जसमा २० बर्ष मुनिका ४ सय १३ जना भने २० बर्ष माथिका २ हजार ३ सय ७३ छन् । गत वर्ष औषधी सेवनबाट १ हजार ५८ जनाले गर्भपतन गराएका छन् भने सर्जिकल विधिबाट १ हजार ७ सय २८ जनाले गर्भपतन गराएका छन् ।

जिल्लामा चालु आर्थिक वर्षमा गर्भपतन गराउनेको संख्या ७ सय ४६ रहेको छ । चालु वर्षमा पनि २० वर्ष मुनिका ८४ जनाले गर्भपतन गराएका छन् ।

यस वर्ष जिल्लामा २० बर्ष माथिका ६६२ जना रहेको उनले बताइन् । गर्भपतनले शारीरिक समस्या ल्याउने गरेपनि अधिकांश महिला जान अन्जानमै गर्भपतन गर्ने गरेको उनको भनाइ छ । गर्भपतन गराउनेमा केही अविवाहित पनि रहेका छन् ।

कानुनमा गर्भ रहेको १२ हप्ता मुनिको गर्भपतन गराउन सक्ने प्रावधान रहेको छ । तर जबरजस्ती करणीमा परेकाहरूलाई १८ हप्तासम्मको समयमा पनि गर्भपतन गराउने प्रावधान रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here