- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरमर्फेसलाई पकेट क्षेत्र बनाइने

मर्फेसलाई पकेट क्षेत्र बनाइने

- Advertisement -spot_img

प्रदेश टुडे
बंगलाचुली, २७ फागुन ।

दाङको बंगलाचुली गाउँपालिकालाई पकेट क्षेत्र बनाईएको भएको छ । गाउँपालिकाको वडा नं २ लाई मर्फेसलाई घुईया, अदुवा र बेसारको पकेट क्षेत्र बनाईने भएको हो ।

सोमबार मुख्यमन्त्री ग्रामीण विकास बंगलाचुलीको आयोजनामा भएको छलफलका अवसरमा गाउँपालिका उपाध्यक्ष यमुना थापाले जानकारी दिईन् ।

उनले अदुवा, बेसार र घुइया उत्पादनको सम्भावना बोकेको मर्फेसलाई आत्मनिर्भर बनाउन पकड कार्यक्रमको सुरूवात गरिएको बताईन् । उनले पकेट क्षेत्र निर्माणका लागि ६ लाख ५० हजार वजेट विनियोजन भएको बताईन्  ।

यसैबीच सोमबार मर्फेसका कृषकहरूसँग अदुवा, बेसार, घुइया खेतीका बारेमा छलफल गरिएको छ । बंगलाचुली गाउँपालिकाका कृषि विकास अधिकृत दानसिंह रोकायको अध्यक्षता एवं गाउँपालिकाका उपाध्यक्ष यमुना थापाको प्रमुख आतिथ्यता र मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमका कार्यक्रम सहजकर्ता टीकाबहादुर बस्नेतको विशिष्ट आतिथ्यतामा छलफल कार्यक्रम भएको हो ।

छलफलमा कृषकहरूले परम्परागत रूपमा घुइया, बेसार र अदुवा खेती गरिरहेको भन्दै आधुनिक उपकरण र प्रविधिसँग जोड्न जरूरी रहेको बताए ।

मर्फेसबासीको आयआर्जनको मुख्यस्रोत घुइया र अदुवा भएकाले यसैबाटै गाउँको मुहार परिवर्तन गर्नुपर्ने स्थानीय खेतुलाल कामीले बताए ।

छलफलमा गाउँपालिकाका उपाध्यक्ष थापाले मर्फेसलाई आत्मनिर्भर बनाउने विषयमा गाउँपालिका सकारात्मक भएको बताईन् ।

छलफलमा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सहजकर्ता टीकाबहादुर बस्नेतले सामाजिक र आर्थिक सूचकका आधारमा पछाडि पारिएका व्यक्ति र समुदायको जीवनस्तर माथि उकास्नका लागि मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सञ्चालनमा ल्याइएको बताए ।

उनले प्रदेशका ७३ गाउँपालिकामा यो कार्यक्रम सञ्चालन हुँदै आएको बताए । प्रति गाउँपालिकाका लागि ५२ लाख बजेट विनियोजन गरिएको उनले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here